गौँराती भीमेश्वरको मेला

हरेक वर्ष कात्तिक पूर्णीमादेखि द्वितियासम्म लाग्ने गौंराती भीमेश्वरको मेलालाई सिन्धुपाल्चोक जिल्लाको सबभन्दा ठूलो मेला मानिन्छ । पिपलडाँडा गाविस- ८ स्थित गौंराती डाँडामा अवस्थित गौंराती भीमेश्वर मन्दिर वरिपरिबाट मनोरम हिमाली दृश्यावलोकनसमेत हुने हुँदा उक्त डाँडो पर्यटकीय दृष्टिले महत्त्वपूर्ण मानिन्छ। प्राचीनकालमा घनाजंगल रहेको उक्त स्थानमा एउटा गाईले मध्यरातमा दूध चढाउने गरेको रहस्य गोठालाहरूले पत्ता लगाई दूध चढाएको ढिस्को खनेपछि ज्योतिर्मय लिङ्ग उत्पत्ति भएको र 'जसले मेरो पूजा गर्छ, त्यसको भलो हुन्छ' भनी अन्तर्ध्यान भएको जनश्रुति छ । गाईले राति दूध चढाएका कारण गौ राती र भूमि खनेर निस्केको ईश्वर भएकाले भीमेश्वर भनिएको किम्बदन्ती छ । त्यहाँ चढाइएको वि. सं. १६४२ मंसीर १५ गते उल्लेख भएको दलबहादुर कुँवर नामांकित ४ सय १७ वर्ष पुरानो ढलौटको एउटा घण्ट अहिले पनि रहेकाले त्यस ठाउँमा पूजाआजाको परम्परा सोह्रौँ सताब्दिदेखि नै हुँदैआएको अनुमान छ ।

गौंराती भीमेश्वरको मेला
प्रारम्भकात्तिक पूर्णीमा
समापनद्वितिया

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्