कुनैपनी ग्रह वा उपग्रह हरूले आफ्नो केन्द्रतिर आकर्षक गर्ने बललाई सो ग्रह वा उपग्रहको गुरुत्वबल भनिन्छ । यस ब्रह्माण्ड मा भएका हरेक आकाशिय पिण्डहरूको आआफ्नो गुरुत्वबल हुन्छ । वास्तवमा कुनै वस्तुको तौल भन्नु नै गुरुत्वबल हो । गुरुत्वबलले गर्दा नै पृथ्वीमा भएका सबै वस्तुहरूको तौल थाहा हुन्छ । कुनैपनी ग्रह वा उपग्रहको गुरुत्वबल त्यसको पिण्ड र अर्धव्याससँग निर्भर हुन्छ । गुरुत्वबललाई न्युटन (N) एकाइमा नापिन्छ ।