गुठी विधेयक
गुठी विधेयक वि.सं. २०७६ बैशाख १७ मा केपी ओली नेतृत्वको सरकार भूमि व्यवस्थापन, सहकारी र गरीबी निवारण मन्त्रालयले राष्ट्रिय सभा मा दर्ता गरेको विवादास्पद विधेयक हो । [१] यसमा सबै गुठीलाई राष्ट्रियकरण गर्ने र गुठी संस्थानको सट्टा एक शक्तिशाली आयोग गठन गर्ने प्रस्ताव थियो जसले गुठी तथा धार्मिक स्थल तथा समारोहहरूलाई व्यवस्थित र नियमिन गर्दछ। प्रस्तावित विधेयक र विशेष गरी यसको [२] धारा २३ र [३] २४ धाराले [४] काठमाडौँ उपत्यकामा नेवार समुदायले व्यापक विरोध प्रदर्शन गरे [५] उनीहरूले उक्त विधेयकलाई उनीहरूको धार्मिक र सांस्कृतिक सम्पदामा हमलाको रूपमा लिए। [६] लगातारको सडक बिरोध प्रदर्शन पछि सरकारले २०७६ असार ३ मा आधिकारिक रूपमा विधेयक फिर्ता लिएको थियो,। [७] [८][९] [१०] [११] [१२]
गुठी विधेयक | |
---|---|
मिति | वि.सं. २०७६ बैशाख १७ |
स्थान | |
कारण | नेपाल सरकारद्वारा ल्याइएको गुठी विधेयक |
विधि | आन्दोलन, इन्टरनेट सक्रियता, राजनैतिक अभियान |
जन आन्दोलन पूर्व
सम्पादन गर्नुहोस्जन आन्दोलन पूर्व नेपाल मण्डलका विभिन्न स्थानहरूमा आन्दोलन चर्क्यो । [१३] पाटनमा राँको बाली जुलुस निकालियो । विभिन्न नेवाः बस्तीहरूमा आन्दोलन उठ्यो । [१४] #StopGuthiBill भनी सामाजिक संजालमा आन्दोलन भयो । [१५]
वाह वाही
सम्पादन गर्नुहोस्नेपालका विभिन्न आन्दोलनहरूमा पहिलो पटक केही मिसायल कायम गरिएको भनी यस आन्दोलनले वाह वाही पाए :
- आन्दोलनकारी आफैले उक्त क्षेत्रको सरसफाई गरे
- एम्बुलेस आउनासाथ आन्दोलनकारीहरूले त्यसलाई ठाउँ छोडिदिए
- प्रहरीलाई फूल दिइयो
- परम्परागत गाग्री (घः) मा पानी बोकी प्रहरीलाई पानी खुवाइयो [१६]
षड्यन्त्रहरू
सम्पादन गर्नुहोस्भौतिक तथा भूमी सुधार मन्त्री पद्मा अर्यालले गुथि विधयक फिर्ता लिएको भनी प्रेस विज्ञप्ती जारी गरे । तर अन्त्यमा बिना चलानी नम्बर र बिना औपचारिक छापको झुट्टा विज्ञप्ती जारी गरिएको खुलासा भयो । [१७] आन्दोलनलाई सामसुम पार्न गरिएको भनी खुलासा भएपछी आन्दोलन पश्चात उनले फेरी कुरा फेरे । [१८] [१९] [२०] [२१]
विवादहरू
सम्पादन गर्नुहोस्उक्त आन्दोलनमा पुरुषहरूको एक समूहले पारलैङ्गिक व्यक्तिहरूलाई गाली गलौज दिने शब्द प्रयोग गरी बेइजत्ती गरेको थियो । यो मुद्दा सामाजिक संजालमा पनि भाइरल भयो । यसपश्चात आयोजक समितिलाई माफीको माग गरी नेवाः कुएर समूहले प्रस विज्ञप्ती जारी गरे । यसमा साथ दिँदै सेभ नेपाः भ्याली र ट्रोल नेपाल मण्डलले पनि समर्थन गरे । आयोजन समितिबाट कुनै जवाफ भने आएको छैन । [२२]
ब्लायाक आउट
सम्पादन गर्नुहोस्जन आन्दोलनको दुई दिन पश्चात बेलुकी ७:३० देखि ८:३० बजे सम्म सबैले आफ्नो घर र टोलको बत्ती निभाइ ब्लायक आउट आन्दोलन गरेका थिए । [२३] आन्दोलनको क्रम रोकिएको छैन । गुथि विधयक खारेज नभएसम्म नरोकिने उनीहरूको चेतावनी छ । [२४]
तस्वीर दीर्घा
सम्पादन गर्नुहोस्सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "Everything you need to know about the Guthi Bill", kathmandupost.com (Englishमा), अन्तिम पहुँच २०२०-०१-१४।
- ↑ "The Rising Nepal: Guthi Bill aims to preserve and promote religion, culture", www.therisingnepal.org.np, अन्तिम पहुँच २०२०-०१-१४। वेब्याक मेसिन अभिलेखिकरण २०२०-०१-१४ मिति
- ↑ "The Rising Nepal: Guthi Bill aims to preserve and promote religion, culture", www.therisingnepal.org.np, अन्तिम पहुँच २०२०-०१-१४। वेब्याक मेसिन अभिलेखिकरण २०२०-०१-१४ मिति
- ↑ "The Rising Nepal: Guthi Bill aims to preserve and promote religion, culture", www.therisingnepal.org.np, अन्तिम पहुँच २०२०-०१-१४। वेब्याक मेसिन अभिलेखिकरण २०२०-०१-१४ मिति
- ↑ Times, Nepali, "Street vs Guthi Bill" (en-USमा), अन्तिम पहुँच २०२०-०१-१४।
- ↑ "Thousands in Nepal protest against cultural 'guthi' bill", www.aljazeera.com, अन्तिम पहुँच २०२०-०१-१४।
- ↑ "Government withdraws controversial Guthi Bill", The Himalayan Times (en-USमा), २०१९-०६-२६, अन्तिम पहुँच २०२०-०१-१४।
- ↑ गुठी सम्बन्धी कानुनलाई एकीकरण र संशोधन गर्न बनेको विधेयक,२०७५ (मिति २०७६/०३/१० मा फिर्ता भएको) वेब्याक मेसिन अभिलेखिकरण २०२०-०१-०८ मिति
- ↑ "Thousands in Nepal protest against cultural 'guthi' bill", Aljazeera।
- ↑ "Massive demonstration demanding annulment of guthi bill (PHOTOS)", Setopati।
- ↑ "Tens Of Thousands People Assembled To Protest Guthi Bill, Agitators Call For Vigilance Against The Government", Spotlight Nepal।
- ↑ "गुठी विधेयक विरूध्द नेवार समुदाय क्रोधित, Guthi Movement के हो : Alok Siddhi Tuladhar"।
- ↑ "Guthi bill protest intensifying", people review।
- ↑ "गुठी विधेयकको विरोधमा मैनवत्ति जुलुस", Online Khabar।
- ↑ "वज्राचार्यपिन्सं नं यात गुथि विधेयकया विरोध", Jheegu। वेब्याक मेसिन अभिलेखिकरण २०१९-०६-२३ मिति
- ↑ "हङकङको शैली पछ्याउँदै नेवा आन्दोलन : एम्बुलेन्सलाई बाटो, सडकको फोहर बटुलबाटुल", Pahilo Post।
- ↑ "गुठी विधेयक फिर्ता लिने मन्त्री अर्यालको निर्णय नियम विपरित", Desh Sanchar।
- ↑ "गुथि विधेयकया निर्णय १० गते । बहुमत दःसा जक लित काइ ।", Newa News।[स्थायी मृत कडी]
- ↑ "“सरकारले पुनः गुठी बिधेयक अघि बढाउछ ” : पद्मा अर्याल", Avenues TV। वेब्याक मेसिन अभिलेखिकरण २०१९-०६-२४ मिति
- ↑ "गुठी विधेयक तुहिँदैन, यो पुन: संसदमा पेश हुन्छ – मन्त्री पद्मा अर्याल", Swadesh Nepal।
- ↑ "माग पूरा भैसक्यो, गुठी विधेयक खारेज हुँदैन, सरकार पछि हट्दैनः मन्त्री पद्मा अर्याल", Dainik Nepal। वेब्याक मेसिन अभिलेखिकरण २०१९-०६-२३ मिति
- ↑ "गुथि विधयक आन्दोलनमा पारलैङ्गिक व्यक्तिहरूको बेइजती"। वेब्याक मेसिन अभिलेखिकरण २०१९-०६-२३ मिति
- ↑ "खवरदारी गर्न भूगोलपार्कमा हस्तक्षार अभियान, भोली ब्लायक आउट", Astitwa। वेब्याक मेसिन अभिलेखिकरण २०१९-०७-१० मिति
- ↑ "समाजवादी पार्टीको प्रस्ताव : सेनामा मधेसी र नेवारी रेजिमेन्ट बनाऊँ", Thaha Khabar।