गीता बाली

भारतीय अभिनेत्री

गीता बाली (१९३०-२१ जनवरी १९६५) भारतीय चर्चित अभिनेत्री हुन् ।

गीता बाली
जन्महरकृतन कौर
सन् १९३०
अमृतसर, पञ्जाब, भारत
मृत्युजनवरी 1965 (aged 34–35)
मुम्बई, महाराष्ट्र, भारत
कार्यकाल१९५०-१९६४

सुरुवाती जीवन सम्पादन गर्नुहोस्

बालीको जन्म विभाजन हुनु अगावैको पन्जाबको अमृतसरमा हरकृतनको कौरको नाममा भएको थियो ।[१]

व्यक्तिगत जीवन सम्पादन गर्नुहोस्

१९५५ अगस्ट २३ मा उनले शामी कपूरसँग विवाह गरिन् । उनीहरूले कफि हाउस नामक चलचित्रमा सँगै काम गरेका थिए । उनीहरूका दुई सन्तान (एक छोरा र एक छोरी) छन् ।

उनको मृत्यु १९६५ जनवरी २१ मा स्मलपोक्स नामक रोगको कारणले भयो । त्यतिबेला उनी पन्जाबी चलचित्र रानोमा काम गरिरहेकी थिइन् । त्यस चलचित्रमा उनी निर्माता थिइन् ।


चलचित्रहरू सम्पादन गर्नुहोस्

उनका चलचित्रहरूमा राज कपुरको बावरे नैन (१९५०), देव आनन्दको बाजी (१९५१), शैख मुख्तरको घायल (१९५१), भगवान दादाको अल्बिला (१९५१) र झमेला (१९५३), देव आनन्दको जाल (१९५२), गुरु दत्तको बाज (१९५३) र मिस्टर इन्डिया (१९६१) रहेका छन् । उनले वचन (१९५५) चलचित्रबाट फिल्मफेयरमा उत्कृष्ट अभिनेत्रीको नोमिनेसन प्राप्त गरेकी थिइन् ।

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

  1. Adrian Room (२६ जुलाई २०१०), Dictionary of Pseudonyms: 13,000 Assumed Names and Their Origins, McFarland, पृ: 44–, आइएसबिएन 978-0-7864-4373-4, अन्तिम पहुँच २२ अप्रिल २०१२