गिजाको पिरामिड परिसर
गिजाको पिरामिड परिसर ((अरबी: أهرامات الجيزة। आइपिए: [ʔɑhɾɑˈmɑːt elˈɡiːzæ]), इजिप्टको काइरो सहरको बाहिरी भागमा रहेको पुरातात्विक स्थल हो। प्राचिन धरोहरहरू रहेको यो पिरामिड क्षेत्रमा विशाल पिरामिडहरू भनेर चिनिने तीन पिरामिड परिसरहरू, विशाल सिफिङ्क्स भनिने भीमकाय मूर्ति, धेरैवटा चिहानहरू, एउटा कामदारहरूको गाउँ र एक औद्योगिक परिसर आदि रहेका छन्। गिजाको पिरामिड परिसर लिब्यान मरुभूमीमा अवस्थित छ। प्रशिद्ध नाइल नदीबाट करीब ९ किलोमिटर (५ माइल) पश्चिममा रहेको प्राचिन नगर गिजामा रहेको यो क्षेत्र काइरो सहरको केन्द्रबाट करीब १३ किलोमिटर (८ माइल) दक्षिणपश्चिममा अवस्थित छ।
गिजाको पिरामिड परिसर | |
---|---|
أهرامات الجيزة | |
स्थान | गिजा सहर, इजिप्ट |
क्षेत्र | मध्य इजिप्ट |
निर्देशाङ्क | २९°५८′३४″उ॰ ३१°७′५८″पू॰ / २९.९७६११°N ३१.१३२७८°Eनिर्देशाङ्कहरू: २९°५८′३४″उ॰ ३१°७′५८″पू॰ / २९.९७६११°N ३१.१३२७८°E |
प्रकार | सम्पदा |
किसिम | सांस्कृतिक |
मापदण्ड | i, iii, vi |
नामाङ्कित | १९७९ (तेस्रो बैठक) |
सन्दर्भ क्रम सङ्ख्या | ८६ |