गाब्रिएल जेजुस

ब्राजिलियन खेलाडी

ग्याब्रियर जेजुस (जन्म: १९ डिसेम्बर १९९८) (पोर्तुगाली उच्चारण: [ɡabɾiˈɛw ʒeˈzus]), एक ब्राजिली व्यावसायिक फुटबल खेलाडी हुन जो अङ्ग्रेजी क्लब म्यानचेस्टर सिटी र ब्राजिल राष्ट्रिय फुटबल टोलीका लागि अग्रपङ्क्तिको रूपमा खेल्दछन्।[४]

गाब्रिएल जेजुस
सन् २०१८ मा जेजुस
व्यक्तिगत जानकारी
पुरा नाम गाब्रिएल फेर्नान्दु दे जेजुस[१]
जन्म मिति (1997-04-03) ३ अप्रिल १९९७ (उमेर २६)[२]
जन्म स्थान साओ पाउलो, ब्राजिल
उचाइ १.७५ मी[३]
खेल्ने स्थान(हरू) अग्रपङ्क्ति
क्लब जानकारी
वर्तमान टोली
म्यानचेस्टर सिटी
सङ्ख्या
युवा करियर
सन् २०१०–२०१२ आयाङ्गुयरा
सन् २०१३–२०१५ पालमेरस
वरिष्ठ करियर*
वर्ष टोली उपस्थिति (गोल)
सन् २०१५–२०१७ पालमेरस ६७ (२१)
सन् २०१७– म्यानचेस्टर सिटी १०३ (४२)
अन्तर्राष्ट्रिय करियर
सन् २०१५ २३ वर्ष मुनि (१)
सन् २०१५– २३ वर्ष मुनि ११ (५)
सन् २०१६– ब्राजिल ३९ (१८)
*क्लब घरेलु लिग उपस्थिति र गोल , अद्यवाधिक: २३:१६, २१ सेप्टेम्बर २०२० (युटिसी)
‡ राष्ट्रिय टोली उपस्थिति र गोल, अद्यवाधिक: २०:५३, १९ नोभेम्बर २०१९ (युटिसी)

जेजुस राष्ट्रिय फुटबल टोली र म्यानचेस्टर फुटबल क्लबका लागि उत्कृष्ट खेलाडी मध्यमा पर्दछन्। सन् २०१० मा जेजेजले १३ वर्षको उमेरमा पुर्तुगालको आयाङ्गुएरा नामक एक फुटबल क्लब मार्फत व्यावसायिक फुटबलमा प्रशिक्षण लिन सुरु गरेका थिए भने सन् २०१३ मा जेजुस पालमेरस नामक एक फुटबल क्लब मार्फत व्यावसायिक फुटबल खेलजीवनको सुरुवात गरेका थिए। सन् २०१५ मा उनलाई "काम्पिओनातो ब्रासिलेरू सेरिए आ"मा उत्कृष्ट प्रदर्शन गरेका कारण उनलाई नवआगन्तुक फुटबल खेलाडीको रूपमा मतदान गरिएको थियो भने उनले पलमेरसका लागि कोपा दु ब्राजिउ नामक एक फुटबल प्रतियोगिताको उपाधि जितका लागि उनले महत्त्वपूर्ण योगदान दिएका थिए।[५] सन् २०१६ मा पलमेसरलाई २२ वर्ष पश्चात् लिग कप जिताउन उनको महत्त्वपूर्ण योगदान रहेको थियो जसकारण उनलाई सोही वर्ष संस्करणको उत्कृष्ट खेलाडीको रूपमा चुनिएको थियो। सन् २०१७ मा उन अङ्ग्रेजी फुटबल क्लब म्यानचेस्टर युनाइटेडमा ३ करोड २० लाख युरोमा आवद्ध भएका थिए भने सिटीले सन् २०१८, सन् २०१९ को प्रिमियर लिग, सज् २०१८,१९ र सन् २०२० को इएफएल कप सहित सन् २०१९ को एफए कप पनि जित्न सफल भएको थियो। [६]

सन् २०१५ मा जेजुसले ब्राजिल २० वर्ष मुनिको राष्ट्रिय फुटबल टोलीको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय फुटबल यात्राको सुरुवात गरेका थिए भने उनले कुल ६ उपस्थितमा जम्मा १ गोल गर्न सफल भएका थिए। जेजुसले ब्राजिल युवा फुटबल टोलीका तर्फबाट कुल २१ उपस्थितिहरूमा ७ गोल गर्न सफल भएका थिए भने टोली सन् २०१५ को फिफा यु-२० विश्वकपको अन्तिममा पुग्न सफल भएको थियो। केही वर्ष युवा टोलीका लागि फुटबल खेलेका जेजुसको सन् २०१६ मा वरिष्ठ राष्ट्रिय टोलीमा पदोन्नति भएको थियो भने उनले टोलीको प्रतिनिधित्व गर्दै सन् २०१८ रूसमा आयोजित फिफा विश्वकप संस्करणमा टोलीको प्रतिनिधित्व गरेका थिए भने उनले यसबाहेक सन् २०१९ को कोपा आमेरिका नामक एक अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा पनि टोलीका तर्फबाट सहभागिता जनाएका थिए।[७] जेजुसले सन् २०१९ को अन्त्यसम्ममा राष्ट्रिय टोलीका लागि ३९ उपस्थितिहरू जनाउँदै कुल १८ गोल गर्न सफल भएका थिए।

क्लब खेलजीवन सम्पादन गर्नुहोस्

पलमेरस सम्पादन गर्नुहोस्

सन् २०१३ जुलाई १ का दिन जेजुसले ब्राजिलको तासा तासा स्थित पलमेरस नामक एक फुटबल क्लबसँगको आवद्ध पत्रमा हस्ताक्षर गरेका थिए।[८] सन् २०१३ मा व्यावसायिक फुटबलमा पर्दापण गरेका जेजुस त्यस वर्ष क्लबका लागि ४८ खेलहरूमा कुल ५४ गोल गरेका थिए जसकारण उनी त्यस वर्षका सर्वाधिक गोलकर्ता बन्न सफल भएका थिए। सन् २०१४ मा जेजुसले उक्त क्लबका लागि थप तीन वर्ष फुटबल खेल्ने गरी एक सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए। सन् २०१४ मा जेजुसले उक्त क्लबका लागि जनाएको २२ उपस्थितिहरूमा कुल ३७ गोल गर्न सफल भएका थिए।[९] सन् २०१४ अगस्ट २७ का दिन उनी पलमेरसको वरिष्ठ टोलीका तर्फबाट पर्दापण गरेका थिए भने उक्त खेलमा घरेलु टोलीले क्लुबे आत्लेतिको मिनिएरू विरुद्धको खेलमा १-० गोल अन्तरले हार बेहोरेको थियो।[१०] जेजुसले सन् २०१५ मार्च ७ का दिन क्लबका तर्लबाट काम्पिओनातु पाउलिस्ताको संस्करणमा उपस्थिति जनाएका थिए भने उक्त खेलमा क्लबले का ब्रागेन्तिनुलाई १-० गोल अन्तरले पराजित गरेको थियो भने उक्त खेल आलियान्ज पार्केमा आयोजना गरिएको थियो।[११] जेजुसले २९ अप्रिलका दिनबाट फुटबल कप खेलहरू खेल्न सुरु गरेका थिए भने उनी साम्पायु कोरिए फुतबोल क्लुबेको विरुद्ध आयोजित खेलमा सहभागी भएका थिए।

म्यानचेस्टर सिटी सम्पादन गर्नुहोस्

चित्र:MC-Shahter (5).jpg
सन् २०१७ मा जेजुस म्यानचेस्टर सिटीको तर्फबाट खेल्दै

सन् २०१६ अगस्ट ३ का दिन जेजुल अङ्ग्रेजी क्लब म्यानचेस्टर युनाइटेडमा सन् २०१७ मा आवद्ध भई सन् २०२१ सम्म उक्त क्लबमा रहने भनि घोषणा गरिएको थियो।[१२] पछि उनी ३ करोड ३३ लाख युरोमा उक्त क्लबमा आवद्ध भएका थिए।[१३] सन् २०१७ जनवरी २१ का दिन जेजुसले क्लबका लागि प्रिमियर लिगमा पहिलो उपस्थिति जनाएका थिए जहाँ उनी राहिम स्टर्लिङलाई ८२औँ मिनेटमा विस्थापित गर्दै मैदान उत्रिएका थिए।[१४] म्यानचेस्टर रङ्गशालामा टोटनह्याम हट्सपर विरुद्ध आयोजना भएको उक्त खेल २-२ को बराबरीमा टुङ्गिएको थियो।[१५] उक्त खेलको १ हप्ता पश्चात् जेजुसले क्लबका लागि आधिकारिक रूपमा पहिलो उपस्थिति जनाएका थिए जहाँ उनी ११ खेलाडीहरू मध्येका एकको रूपमा क्रिस्टल प्यालेसको विरुद्ध मैदान उत्रिएका थिए।[१६] क्रिस्टल प्यालेसको विरुद्ध आयोजित खेलमा जेजुसले स्टर्लिङलाई गोल गर्नका लागि सहायता प्रदान गरेका थिए भने उक्त खेल सिटीले ३-० गोल अन्तरले हात पर्न सफल भएको थियो।[१७] १ फेब्रुअरी २०१७ का दिन आयोजित प्रिमियर लिगको खेलमा जेजुलले वेस्टह्याम युनाइटेडको विरुद्ध गोल गर्नका लागि खेलको १७ मा गोल गर्दै खेलको ३९औँ मिनेटमा केभिन दि ब्रोइनलाई गोल गर्नका लागि सहायता प्रदान गरेका थिए।[१८] यसको साथमा उनी प्रिमियस लिगको पहिलो सुरुवाती खेलामा पहिलो गोल गर्ने र सहायता प्रदान गर्ने पहिलो खेलाडी बनेका थिए।[१९] उक्त क्लबका लागि खेलेको चौँथो खेलमा उनी घाइते हुन परेका थिए जसकारण उनले सन् २०१६-१७ संस्करणको प्रिमियर लिग छुटाउने सम्भावना देखिएको थियो।[२०] खेलमा चोट लागे पछि उनी अप्रिलमा चोट मुक्त हुँदै पुनः खेलमा फर्किएका थिए।[२१] सन् २०१६-१७ संस्करणको प्रिमियर लिगमा जेजुसले कुल ११ खेलहरूमा जम्मा ७ गोल गर्न सफल भएकन थिए भने उनले गोल गर्नका लागि ४ सहायता प्रदान गरेका थिए।[२२]

अन्तर्राष्ट्रिय खेलजीवन सम्पादन गर्नुहोस्

 
राष्ट्रिय टोलीका तर्फबाट पर्दापण गर्दै जेजुस

सन् २०१५ मा जेजुसले ब्राजिल २० वर्ष मुनिको राष्ट्रिय फुटबल टोलीको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय फुटबल यात्राको सुरुवात गरेका थिए भने उनले कुल ६ उपस्थितमा जम्मा १ गोल गर्न सफल भएका थिए।[२३] जेजुसले सन् २०१५ मा न्युजिल्यान्डमा आयोजित यु-२० फिफा विश्वकपका २० वर्ष मुनिको राष्ट्रिय फुटबल टोलीको प्रतिनिधित्व गरेका थिए भने उक्त अन्तर्राष्ट्रिय प्रतियोगितामा राष्ट्रिय टोली अन्तिम खेलमा सर्बियासँगको खेलमा पराजित हुँदै दोस्रो स्थानमा चित्त बुझाउनु परेको थियो।[२४] उनले यस प्रतियोगितामा नाइजेरिया विरुद्ध पहिलो आधिकारिक गोल गर्न सफल भएका थिए भने उक्त खेल टोलीले ४-२ गोल अन्तरले हात परेको थियो। सन् २०१६ मा उनी प्रशिक्षक दुङ्गाको नेतृत्वमा राष्ट्रिय टोली गठन गर्ने क्रममा जेजुसलाई पनि छनोट गरिएको थियो भने टोलीले संयुक्त राज्य अमेरिकामा आयोजना हुन लागेको कोपा आमेरिका सेन्तेनारिओमा सहभागिता जनाउने भएको थियो।[२५] त्यस वर्ष पछि उनी ओलम्पिक खेलका लागि ५ अग्रपङ्क्ति खेलाडीहरू मध्ये पर्न सफल भएका थिए। ओलम्पिक खेलमा जेजुसले डेनमार्कका विरुद्ध दुई गोल गर्न सफल भएका थिए भने उक्त खेल युवा राष्ट्रिय टोलीले ४-० गोल अन्तरले जित्न सफल भएको थियो। उक्त प्रतियोगिताको सेमिफाइनल खेलमा टोलीले होन्डुरसलाई पराजित गर्दै अन्तिम यात्रा तय गरेको थियो।[२६] प्रतियोगिताको अन्तिम खेलमा टोलीले जर्मनीलाई पराजित गर्दै उपाधि उचालेको थियो।

सन् २०१६ सेप्टेम्बर १ का दिन सन् २०१८ रूसमा आयोजना हुन लागेको फिफा विश्वकपको छनोट खेलमा जेजुसले वरिष्ठ राष्ट्रिय टोलीको तर्फबाट वरिष्ठ अन्तर्राष्ट्रिय फुटबल कार्यजीवनको सुरुवात गरेका थिए भने उक्त खेल इक्वेडरको विरुद्ध आयोजना गरिएको थियो जहाँ राष्ट्रिय टोलीले इक्वेडरलाई ३-० गोल अन्तरले पराजित गरेको थियो।[२७] सन् २०१८ को फिफा विश्वकप छनोटका लागि आयोजित कन्मेबोल प्रतियोगितामा जेजुस प्रतियोगिताका सर्वाधिक गोलकर्ता बनेका थिए जहाँ उनले कुल १० उपस्थितिहरूमा जम्मा ७ गोल गर्न सफल भएका थिए।[२८][२९] सन् २०१८ रूसमा आयोजना हुन लागेको फिफा विश्वकपका लागि राष्ट्रिय टोलीको गठन गर्ने क्रममा जेजुसलाई पनि अग्रपङ्क्तिको खेलाडीको रूपमा छनोट गरिएको थियो।[३०] जेजुसले उक्त अन्तर्राष्ट्रिय प्रतियोगिता अन्तर्गत सबै ५ खेलहरूमा गोल रहित उपस्थितिहरू जनाएका थिए।[३१]

सन् २०१९ मा ब्राजिलमा आयोजना हुन लागेको कोपा आमेरिका नामक एक अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि राष्ट्रिय टोलीको गठन गर्ने क्रममा जेजुसलाई पनि अग्रपङ्क्तिको खेलाडीको रूपमा छनोट गरिएको थियो।[३२] उक्त प्रतियोगितामा राष्ट्रिय टोलीले अन्तिमसम्मको यात्रा तय गरेको थियो भने उक्त प्रतियोगिताको अन्तिम खेलमा राष्ट्रिय टोलीले पेरूलाई ३-१ गोल अन्तरले पराजित गर्दै घरेलु मैदानमा केपा आमेरिकाको उपाधि उचाल्न सफल भएको थियो जुन ब्राजिलको ९औँ उपाधि जित बनेको थियो।[३३] सन् २०१९ को कोपा आमेरिकाको अन्तिम खेलमा जेजुसको खराब व्यवहार र प्रदर्शनका कारण उनले रातो कार्ड खाएका थिए भने यससँगै उनलाई कोन्मोबोल प्रतियोगिता खेल्न नमिल्ने गरी २ महिनाको प्रतिबन्ध लगाइएको थियो।[३४][३५]

कार्यकाल तथ्याङ्क सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

  1. "Updated squads for 2017/18 Premier League confirmed", Premier League, २ फेब्रुअरी २०१८, अन्तिम पहुँच १२ फेब्रुअरी २०१८ 
  2. "Gabriel Jesus: Overview", ESPN, अन्तिम पहुँच २ अक्टोबर २०२० 
  3. "Gabriel Jesus: Profile", worldfootball.net, HEIM:SPIEL, अन्तिम पहुँच २ अक्टोबर २०२० 
  4. "Man City confirm Gabriel Jesus move", Manchester City FC, १९ जनवरी २०१७, मूलबाट ९ फेब्रुअरी २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच १९ जनवरी २०१७  वेब्याक मेसिन अभिलेखिकरण ९ फेब्रुअरी २०१७ मिति
  5. Marché, Patrick (१३ जुलाई २०१६), "Brazil's two Gabriels set to light up Rio 2016 Olympic football tournament", International Olympic Committee, मूलबाट ५ अगस्ट २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच १७ जुलाई २०१६  वेब्याक मेसिन अभिलेखिकरण ५ अगस्ट २०१६ मिति
  6. "Brazil Announce 23-man World Cup Squad" 
  7. "Brazil 3 Peru 1: Brazil seals ninth Copa America title as Jesus sees red" 
  8. "Artilheiro do Paulista Sub-17, atacante Gabriel Jesus renova com o Palmeiras" (पुर्तुगालीमा), Palmeiras' official website, अन्तिम पहुँच २३ फेब्रुअरी २०१६ 
  9. Batista, Gabriel (२८ अगस्ट २०१५), "Gabriel Jesus luta para superar a timidez e lidar com fama no Palmeiras" (पुर्तुगालीमा), Estadão, अन्तिम पहुँच २३ फेब्रुअरी २०१६ 
  10. "Joia do Palmeiras, Jesus acredita ser muito cedo para jogar no elenco profissional" (पुर्तुगालीमा), Esporte Interativo, अन्तिम पहुँच २३ फेब्रुअरी २०१६ 
  11. "Em jogo do ano, torcedor faz abaixo-assinado e "exige" escalação de Joia" (पुर्तुगालीमा), Globo Esporte, अन्तिम पहुँच २३ फेब्रुअरी २०१६ 
  12. "City sign Gabriel Jesus", Manchester City F.C., ३ अगस्ट २०१६, मूलबाट १७ अगस्ट २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच १८ अगस्ट २०१६  वेब्याक मेसिन अभिलेखिकरण १७ अगस्ट २०१६ मिति
  13. Stone, Simon (३ अगस्ट २०१६), "Gabriel Jesus: Man City sign Brazilian winger from Palmeiras", BBC Sport, अन्तिम पहुँच १८ अगस्ट २०१६ 
  14. "Gabriel Jesus reflects on City debut", Manchester City Football Club, २१ जनवरी २०१७, मूलबाट २ फेब्रुअरी २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच २२ जनवरी २०१७  वेब्याक मेसिन अभिलेखिकरण २ फेब्रुअरी २०१७ मिति
  15. "Pep Guardiola hails Gabriel Jesus "the future of Man City" as £27million man bags assist in fourth round FA Cup win", The Mirror, २८ जनवरी २०१७। 
  16. "The Brazil international, who replaced Sergio Aguero in the XI against West Ham, set up the opener before scoring his first goal for his new club", Goal.com, १ फेब्रुअरी २०१७। 
  17. "Gabriel Jesus: Manchester City forward 'may be out for season'", BBC Sport, १७ फेब्रुअरी २०१७, अन्तिम पहुँच १९ फेब्रुअरी २०१७ 
  18. "Manchester City 0-0 Manchester United", BBC Sport, २७ अप्रिल २०१७, अन्तिम पहुँच २७ अप्रिल २०१७ 
  19. "Gabriel Jesus Statistics", Premier League, २१ अगस्ट २०१७, अन्तिम पहुँच २२ अगस्ट २०१७ 
  20. "AFC Bournemouth 1–2 Manchester City", BBC Sport, २६ अगस्ट २०१७। 
  21. "Manchester City 5–0 Liverpool", BBC Sport, ९ सेप्टेम्बर २०१७। 
  22. Wallace, Sam (८ मार्च २०१८), "Gabriel Jesus still playing with fear of being injured again after lay-off", The Daily Telegraph, अन्तिम पहुँच २३ अप्रिल २०१८ 
  23. "Brazil triumph in Taranaki thriller", FIFA, १ जुन २०१५, अन्तिम पहुँच २३ फेब्रुअरी २०१६ 
  24. "Gabriel Jesus fica fora da Copa América Centenário por falta de documentação" [Gabriel Jesus remains out of the Copa América Centenario due to a lack of documents] (पुर्तुगालीमा), Istoé, २८ मे २०१६, अन्तिम पहुँच २० जुन २०१६ 
  25. "Rio 2016: Neymar and Douglas Costa in Brazil Olympic squad", BBC Sport, २९ जुन २०१६, अन्तिम पहुँच २९ जुन २०१६ 
  26. "Rio Olympics 2016: Neymar scores after 14 seconds as Brazil reach final", BBC Sport, अन्तिम पहुँच १८ अगस्ट २०१६ 
  27. "Neymar's golden penalty sees Brazil to victory", FIFA, २० अगस्ट २०१६। 
  28. "Gabriel Jesus reminds how good Brazil can be in 3–0 win over Ecuador", ESPN FC, ESPN, अन्तिम पहुँच २ सेप्टेम्बर २०१६ 
  29. "Gabriel Jesus", FIFA, अन्तिम पहुँच १२ अक्टोबर २०१७ 
  30. "Top Scorers World Cup Qualification CONMEBOL 2018", Eurosport, अन्तिम पहुँच १ जनवरी २०१८ 
  31. "World Cup: Neymar named in Brazil's 23-man squad", BBC Sport, १४ मे २०१८, अन्तिम पहुँच २ जुन २०१८ 
  32. "Brazil sent packing: Kevin De Bruyne's magic fires up Belgium to knock Selecao out of World Cup", The Telegraph, ६ जुलाई २०१८। 
  33. "Brazil name Copa America squad", Football Italia, १७ मे २०१९, अन्तिम पहुँच २१ मे २०१९ 
  34. Smyth, Rob (७ जुलाई २०१९), "Brazil 3-1 Peru", The Guardian, अन्तिम पहुँच ८ जुलाई २०१९ 
  35. "Brazil: Man City's Gabriel Jesus gets two-month international ban", as.com, ८ अगस्ट २०१९, अन्तिम पहुँच २९ सेप्टेम्बर २०१९  वेब्याक मेसिन अभिलेखिकरण १५ अगस्ट २०१९ मिति

बाह्य कडीहरू सम्पादन गर्नुहोस्