गलकोट राज्य
गलकोट बागलुङ जिल्लाको ऐतिहासिक स्थल हो । यहाँ एक हजार १०० फिट अग्लो स्थानमा घुम्टेको लेक छ । यो लेकबाहेक ऐतिहासिक गलकोटे राजाको दरबार, गाजाको दह, गाइघाटको झरना, हटियाको कोतदरबार, दर्जनौं ठाउँमा रहेका गुफा, दरमखोलालगायत यहाँका आकर्षण हुन् । बागलुङ सदरमुकामदेखि १० कोष पश्चिममा रहेको गलकोट क्षेत्रभित्र १६ गाविस छन् । चौबीसी राज्य हुँदा गलकोटे राजाले शासन गरेको स्थान भएकाले पनि उक्त स्थान ऐतिहासिक हिसाबले महत्त्वपूर्ण छ । प्राकृतिक सम्पदा, भूबनोट, संस्कृति, रीतिरिवाज र जैविक हिसाबले पनि गलकोट जिल्लाको महत्त्वपूर्ण क्षेत्र मानिन्छ ।