गर्भावस्था

बच्चा जन्मिनु भन्दा पहिले गर्भमा बच्चाको विकास हुँदै गर्दाको अवस्था।

गर्भावस्था भन्नाले स्त्री जातिको पाठेघर वा गर्भाशयमा एक वा एक भन्दा बढि सन्तान भ्रुणको रूपको रहेको अवस्थालाई जनाउँछ। सामान्यतया यो अवस्था ९ महिनासम्म रहन्छ।

गर्भावस्था
विभाग:महिलारोग शास्त्र Edit this on Wikidata

गर्भधारण प्रकृयामा पुरुष र स्त्री बीचको सम्भोग पश्चात पुरुषको शुक्राणु स्त्रीको योनिको माध्यमबाट गर्भाशयमा प्रवेश हुन्छ। गर्भाशयमा शुक्राणुले स्त्रीको अण्डलाई निषेचित गर्छ र स्त्रीको गर्भमा भ्रूणको निर्माण हुन्छ।गर्रभा अवस्था का ३ चरण छन

1. Period of Zygote: conception to 2 weeks

2.Period of Embryo: 2 weeks to 2 months

3. Period of Fetus: months to before born

According to E.B. Hurlock

भ्रुणको विका

स्वास्थ्य स्याहार

सम्पादन गर्नुहोस्

गर्भावस्थाको दौडान नियमित तवरमा डाक्टरलाई जचाउँदा आमाको मृत्यु हुने खतरा कम हुन्छ। क्लिनिक र अस्पतालहरू नियमित तवरमा जाने सुविधा नभएका देशहरूमा समेत राम्रो प्रशिक्षण पाएका सुँडिनीहरू उपलब्ध हुन सक्छन्‌।

गर्भावस्थामा स्याहार गर्दा विशेष हेरचाहको खाँचो पर्ने परिस्थितिहरूमा प्रशिक्षित कर्मचारीहरूलाई सचेत गराउन सकिन्छ। यसअन्तर्गत गर्भमा एउटाभन्दा बढी भ्रुण हुनु, उक्त रक्तचाप, मुटु र मृगौलाको समस्या, मधुमेह हुन सक्छ। कुनै-कुनै देशमा गर्भवती महिलाहरूले गर्भावस्थामा हुने धनुष्टं⁠कार विरुद्ध टिटानस टक्सोइड खोप लिन सक्छन्‌। गर्भ रहेको २६ औं देखि २८ औं हप्ता भित्र ग्रुप-बि स्ट्रेप्टोकोकसको लागि पनि परीक्षण गराउन सक्छिन्‌। तल्लो आन्द्रामा यी ब्याक्टेरियाहरू भएको खण्डमा बच्चा जन्मिने क्रममा संक्र⁠मण हुन सक्छ।

गर्भवती महिलाले स्वास्थ्यकर्मीहरूलाई आफ्नो स्वास्थ्यसम्बन्धी सबै जानकारी उपलब्ध गराउनुपर्छ। उनले नहिचकिचाई प्रश्न सोध्नुपर्छ। योनिबाट रगत बग्नु, अचानक अनुहार सुन्निनु, एकनासले बेस्सरी टाउको दुखिरहनु वा औंलाहरू दुख्नु, दृष्टि अचानक कमजोर वा धमिलो हुनु, एकदमै पेट दुख्नु, बान्ता भइरहनु, काम्नु वा ज्वरो आउनु, भ्रुणको चलहल वा तीव्रतामा फरक आउनु, योनिबाट तरल पदार्थ बग्नु, पिसाब गर्दा पीडा हुनु वा राम्ररी पिसाब फेर्न नसक्नु इत्यादि भएको खण्डमा तुरुन्तै चिकित्सकको सहयोग मागिहाल्नुपर्छ।

मद्य तथा लागूपदार्थ

सम्पादन गर्नुहोस्

आमाले मद्य र लागूपदार्थ (धूम्रपान पनि) सेवन गरेको खण्डमा बच्चा सुस्त मनस्थितिको, शारीरिक विकार र अनौठो आनीबानीजस्ता खतराहरू हुन सक्ने सम्भावना बढ्‌छ। लागूपदार्थ दुर्व्यसनी आमाका बच्चाहरूले लत छोड्‌दा देखिने लक्षणहरूसमेत देखाएका छन्‌। कोही-कोही मानिसहरूले गर्भावस्थाको बेला कहिलेकाहीं अलिकता मद्यपान गर्नु ठिकै हो भने तापनि विशेषज्ञहरू भने पटक्कै नपिउने सल्लाह दिन्छन्‌। अरू कसैले धूम्रपान गर्दा निस्कने धूवाँबाट टाढा रहन पनि गर्भवती महिलाहरू सतर्क हुनुपर्छ।

 गर्भावस्थाबारे राम्ररी थाह पाएर सम्भाव्य खतराहरूबारे विचार गरिसकेका चिकित्सकले दिएको बाहेक अरू औषधी सेवन गर्नु हुँदैन। कुनै-कुनै थप भिटामिन पनि हानिकारक हुन सक्छ। उदाहरणका लागि, धेरै भिटामिन ए सेवन गर्दा भ्रुण विकारहरू हुन सक्छ।

वजन बढ्‌नु। गर्भवती महिला अत्यन्तै वजन बढ्‌न र घट्‌न नदिन होसियार हुनुपर्छ। क्राउसेज फुड, न्युट्रिशन एण्ड डायट थेरापी-अनुसार वजन एकदमै कम भएको बच्चा जन्मिंदा, सामान्य वजनको बच्चाभन्दा मृत्यु हुन सक्ने खतरा ४० गुणा बढी हुन्छ। अर्कोतर्फ, दुई जनाको लागि खाना खाँदा वजन स्वतः बढ्‌ने नै भयो। विशेष गरी गर्भावस्थाको चौथो महिनादेखि उचित परिमाणमा वजन बढ्‌दा गर्भवती महिलाले आवश्यकताअनुसार खाना खाइरहेको कुरा प्रमाणित हुन्छ।*

स्वास्थ्य तथा ध्यान दिनुपर्ने अन्य बुँदाहरू

सम्पादन गर्नुहोस्

 पूरै शरीर नुहाउने र जीउ मात्र पखाल्ने जस्ता कामहरू सदाझैं गर्न सकिन्छ तर योनिभित्र तेज गतिले पानी छ्याप्ने उपकरण प्रयोग गर्नु हुँदैन। गर्भवती महिला रुबेला अर्थात्‌ जर्मन दादुरा पनि भनिने जीवाणु संक्रमण भएका व्यक्तिहरूबाट टाढै बस्नुपर्छ। यसबाहेक, टक्सोप्लाजमोसिस हुन नदिन राम्ररी नपाकेको मासु वा बिरालोहरूको फोहरबाट अलग्गै बस्नुपर्छ। हात धुनु अनि काँचो खानेकुरा पखाल्न नबिर्सनु अत्यावश्यक छन्‌। गर्भावस्थाको अन्तिम हप्तामा वा रक्तस्राव, संकुचन वा पहिले गर्भ तुहेको अवस्थामा बाहेक अन्यथा यौनसम्बन्ध राख्दा कुनै खतरा हुँदैन।

गर्भावस्थामा चाहिने पोषिला खानेकुरा

  • क्यालोरी–भात, रोटी, घिऊ, तेल सख्खर, चिनी
  • प्रोटिन –दाल, गेडागुडी, माछा, मासु, अन्डा, दुध
  • फोलेट–दाल, गेडागुडी, कलेजो, सुन्तला, पालुंगो, हरिया सागपात
  • आइरन– रातो मासु, गाढा हरिया सागपात, गेडागुडी ।
  • खानेकुराबाट मात्र आइरनको आवश्यकता पूर्ति नहुने भएकाले आइरन चक्की तथा फोलेट पनि सेवन गर्नुपर्छ

शारीरिक परिवर्तन

सम्पादन गर्नुहोस्

नियमित रूपमा शारीरिक सम्पर्क हुने महिलाको नियमित महिनावारी रोकिनु, बिहान वाकवाक लाग्नु वा बान्ता आउनु, छिटो–छिटो पिसाब लाग्नु, स्तन र योनिको आकार बढ्दै जाने, स्तन दुख्ने, कसै कसैको स्तन बाट सेतो पानी बग्ने, बढी मात्रामा अमिलो, पीरो खान मन लाग्ने । 

गर्भावस्थामा नियमित परीक्षण []

सम्पादन गर्नुहोस्

गर्भवती महिलाले स्वास्थ्यको अवस्था तथा पाठेघरमा हुर्कदै गरेको शिशुको अवस्था जानकारी प्राप्त गर्नका लागि गर्भ रहेदेखि शिशु नजन्माएसम्म महिलाले कम्तिमा पनि ४ पटक नजिकको स्वास्थ्यसंस्थामा गएर स्वास्थ्य जाँच गराउनै पर्छ ।

  • पहिलो जाँच : गर्भवती भएको शंका लाग्नासाथ यो जाँच गराउनुपर्छ ।
  • दोस्रो जाँच : गर्भवती भएको ५ देखि ७ महिनामा ।
  • तेस्रो जाँच : गर्भवती भएको ८ महिनामा ।
  • अन्तिम जाँच : गर्भवती भएको ९ महिनाभित्र ।

त्यसैगरी चिकित्सकको सल्लाहमा आवश्यकता अनुसार अल्ट्रासाउण्ड परीक्षण गरेमा पाठेघरमा बढ्दै गएको शिशुको अवस्था, वृद्धि विकास, पाठेघरमा रहने पानीको अवस्थाबारे थाहा पाउन सकिन्छ ।

आवश्यकताअनुसार रगतको समूह, हेमोग्लोबिन, रगतमा चिनीको मात्रा, पिसाबको परीक्षण उच्च रक्ताचापको पनि जाँच गर्नुपर्छ ।


सन्दर्भ सूची

सम्पादन गर्नुहोस्

http://wol.jw.org/ne/wol/d/r56/lp-np/102003005#h=20

  1. [१] वेब्याक मेसिन अभिलेखिकरण २०१७-०५-०३ मिति