गणेश थापा
गणेश थापा अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का पूर्व अध्यक्ष हुन्। उनी दक्षिण एसियाली फुटबल महासंघका पूर्व-अध्यक्ष र एसियाली फुटबल महासङ्घ पूर्व उपाध्यक्ष थिए। [२]
गणेश थापा | |
---|---|
जन्म | [१] | ९ अक्टोबर १९६०
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) अध्यक्ष | |
कार्यकाल १९९५–२०१५ | |
परिवार
सम्पादन गर्नुहोस्उनका बुबा छत्रबहादुर थापा कर्णेल थिए । छत्रबहादुर थापाका तीन भाइ छोरामा गणेश थापा, दाजु रथी नेत्रबहादुर थापा र पूर्व मन्त्री कमल थापाको कान्छो भाइ हुन्। उनका पिता सेनाबाट २०१६ सालमा अवकास भएका थिए । त्यसको ६ वर्षपछि अर्थात् २०२२ सालमा स्थायी बसोवासका लागि परिवारसहित हेटौँडातिर लागे ।
पृष्ठभूमि
सम्पादन गर्नुहोस्एन्फाको अध्यक्ष हुनु भन्दा अघि थापा राष्ट्रिय फुटबल खेलाडी थिए। उनले पूर्वी बङ्गाल एफसी टिमबाट खेले।
थापा अन्तर्गत नेपाली फुटबलमा परिवर्तन
सम्पादन गर्नुहोस्- पहिले नै रोकिएको एन्फा शहीद स्मारक ए-डिभिजन लिग सुरू
- एन्फा युवा एकेडेमी बनाईयो
- युवा फुटबल मा विशेष ध्यान दिए
- नेपाली फुटबल लीग प्रणालीलाई अधिक व्यावसायिक बनाउन प्रयास गरे
- नेपाली फुटबलको विकास
- राम्रो सुविधा र खेलाडीहरूको लागि राम्रो पुरस्कार
भ्रष्टाचार मामला
सम्पादन गर्नुहोस्२००९ मा एसियाली फुटबल महासङ्घ (एएफसी)का पूर्वअध्यक्ष मोहम्मद बिन हमामको भ्रष्टाचार मामला थापाले हमामसंग १ लाख डलर को अवैध उपहार लिएको खुलासा एसोसिएटेड प्रेसले गर्यो। उक्त रकम थापाको छोरा गौरव थापाको व्यक्तिगत बैङ्क खातामा जम्मा भएको थियो। [३]
थापाले पछि दावी गरे कि उनले त्यो पैसा आफ्नो व्यक्तिगत प्रयोगका लागि सापट लिएका थिए, र यस्तो खुलासाले नेपाल र नेपाली फुटबलको छवि बिगार्न सक्दैन। [३]
नोभेम्बर २०१९ मा, फिफा आचार संहिता समितिले उनलाई १० वर्षको लागि प्रतिबन्ध लगायो। [४][५]
यो पनि हेर्नुहोस्
सम्पादन गर्नुहोस्सन्दर्भ
सम्पादन गर्नुहोस्- ↑ "President's Profile", All Nepal Football Association, अन्तिम पहुँच ९ नोभेम्बर २०१५।
- ↑ Sri Lanka Football Federation वेब्याक मेसिन अभिलेखिकरण २०१५-०९-२४ मिति
- "Ganesh Thapa no longer SAFF president", República Sports, Nepal Republic Media, ४ अक्टोबर २००९, मूलबाट ५ फेब्रुअरी २०१०-मा सङ्ग्रहित, अन्तिम पहुँच १६ जनवरी २०१०। - ↑ ३.० ३.१ "Ganesh Thapa says he'd borrowed fortune from bin Hammam", The Himalayan Times, २१ जुलाई २०१२, अन्तिम पहुँच २६ अप्रिल २०१४। वेब्याक मेसिन अभिलेखिकरण १ मार्च २०१४ मिति
- ↑ "Ganesh Thapa: Ten-year ban for Nepal FA president", BBC News, १६ नोभेम्बर २०१५, अन्तिम पहुँच १६ नोभेम्बर २०१५।
- ↑ "Fifa bans Nepal FA president Ganesh Thapa for 10 years over bribery", The Guardian, १६ नोभेम्बर २०१५, अन्तिम पहुँच १० जुन २०१६।