गङ्गाप्रसाद उप्रेती नेपाली भाषाका शिक्षक, लेखक, साहित्यकार तथा प्राज्ञ हुन्। हालसालै उनी नेपाल प्रज्ञा प्रतिष्ठानको कूलपतिमा नियुक्त भएका छन्।

गङ्गाप्रसाद उप्रेती
Ganga Prasad Upreti
गङ्गाप्रसाद उप्रेती
गङ्गाप्रसाद उप्रेती
जन्म२००४ फागुन २७
आठराई, तेह्रथुम
पेशासाहित्य
भाषानेपाली
राष्ट्रियतानेपाली
शिक्षाएम.ए., बी.एड.

जन्म र बाल्यकाल सम्पादन गर्नुहोस्

गङ्गाप्रसाद उप्रेतीको जन्म २००४ फागुन २७ गते तेह्रथुम जिल्लाको आठराईमा भएको थियो। माता सरस्वती र पिता विष्णुप्रसादका छोरा गङ्गाप्रसादको प्रारम्भिक शिक्षा गाउँकै आठराई पोखरी विद्यालयमा भएको थियो।

साहित्यिक जीवन सम्पादन गर्नुहोस्

युवा अवस्था देखि नै प्रगतिशील स्वभावका उप्रेती प्रगतिशील साहित्यमा रूचि राख्दथे। उनले लामो समयसम्म राजनीतिक बन्दीको रूपमा जेल जीवन विताएका छन्। जेलबाट नै उनले एम. ए. र बी. एल. को अध्ययन पुरा गरेका छन्।

उप्रेती प्रगतिशील लेखक समाज (प्रलेस)सँग आबद्ध लेखक हुन्। उनी चीन अध्ययन प्रतिष्ठानसँग पनि आबद्ध छन्। उनले लामो समयसम्म विश्वभाषा क्याम्पसमा अध्यापन गर्नुको साथै त्यस क्याम्पसको क्याम्पस प्रमुखको पद समेत सम्हालेका छन्। उनी २०५३ सालमा बी.पी. क्यान्सर अस्पतालका अध्यक्ष भएका थिए।

२०६६ सालमा नेपाल प्रज्ञा प्रतिष्ठानको उपकुलपति बनेका उप्रेती २०७१ मा प्रतिष्ठानको कूलपति नियुक्त भएका छन्[१]

कृतिहरू सम्पादन गर्नुहोस्

उप्रेतीले विभिन्न साहित्यिक कृतिहरू लेखेका छन्। उनले लेखेको विदेशीलाई नेपाली भाषा सिक्न सहयोगी पु्स्तक नेपाली भाषा शिक्षण चर्चित पुस्तक हो।

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

  1. प्रज्ञा प्रतिष्ठानहरूले पाए पदाधिकारी वेब्याक मेसिन अभिलेखिकरण २०१४-०९-०८ मिति कान्तिपुर दैनिक