खोकसा (बङ्गाली: খোকসা) बङ्गलादेशको कुष्टिया जिल्लाको एक उपजिल्ला हो। यो उपजिल्ला खुलना विभाग अन्तर्गत पर्दछ।[२]

खोकसा
খোকসা
खोकसा is located in बङ्गलादेश
खोकसा
खोकसा
बाङ्लादेशको नक्शामा खोकसा जिल्लाको अवस्थिति
निर्देशाङ्क: २३°४८′उ॰ ८९°१७′पू॰ / २३.८००°N ८९.२८३°E / 23.800; 89.283निर्देशाङ्कहरू: २३°४८′उ॰ ८९°१७′पू॰ / २३.८००°N ८९.२८३°E / 23.800; 89.283
देश बङ्गलादेश
विभागखुलना विभाग
जिल्लाकुष्टिया जिल्ला
क्षेत्रफल
 • जम्मा९९.१७ किमी (३८.२९ वर्ग माइल)
जनसङ्ख्या
 (सन् २०११ को राष्ट्रिय जनगणना अनुसार[१])
 • जम्मा१२९,५५१
 • घनत्व१३००/किमी (३४००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+६ (बङ्गलादेशी मानक समय)
वेबसाइटखोकसा उपजिल्लाको आधिकारिक नक्शा

भूगोल सम्पादन गर्नुहोस्

खोकसा उपजिल्ला बङ्गलादेशको दक्षिण पूर्व भागमा पर्छ भने यो उपजिल्ला २३°४४' देखि २३°५३' उत्तर अक्षांश र ८९°१५' देखि ८९°२२' पूर्वी देशान्तरणमा अवस्थित छ। खोकसा उपजिल्लाले बङ्गलादेशको कुल क्षेत्रफल मध्ये १०६.७० वर्ग किलोमिटर ओगटेको छ। यस उपजिल्लालाई पाबना सदरकुमारखाली उपजिल्लाले उत्तर, शैलकृपा उपजिल्लाले दक्षिण, पाङ्शा उपजिल्लाले पूर्व र कुमारखाली उपजिल्लाले पश्चिमबाट घेरेको छ। गडाई यस उपजिल्लाका प्रमुख नदी हो।

जनशाङ्खिकि सम्पादन गर्नुहोस्

जिल्ला विभाग प्रतिवेदनका अनुसार यस जिल्लाको कुल जनसङ्ख्या ११४१८८ रहेको छ जसमध्ये पुरुषको जनसङ्ख्या ५८१३१ छ भने महिलाको जनसङ्ख्या ५६०५७ रहेको छ। धर्मका आधारमा यस जिल्लामा इस्लाम धर्मवलम्बीको जनसङ्ख्या १००७०४ छ भने हिन्दु धर्मवलम्बीको जनसङ्ख्या १३४६९, बौद्ध धर्मवलम्बीको जनसङ्ख्या १३ र अन्य धर्मका मानिसहरूको जनसङ्ख्या २ रहेको छ।[३] पीरबाडि जामे मस्जिद, फुलबाडि जामे मस्जिद, चाँदोट जामे मस्जिद, रिजलाबट जामे मस्जिद, उथलि ब्यापारीपाडा जामे मस्जिद, मियाबाडि जामे मस्जिद, खोकसा काली मन्दिर, फुलबाडि मन्दिर आदि यस उपजिल्लाका केही प्रख्यात धार्मिक स्थलहरू हुन्। यस उपजिल्लाका ९४.९०% जनसङ्ख्याले शुद्ध पिउने पानीका लागि पानी तान्ने मोटर र धारोको प्रयोग गर्दै आएका छन् भने ०.१४% ले पोखरी, ०.८९% ले टुटी र ४.०७% ले अन्य माध्यमबाट पानीको प्रयोग गर्दै आएका छन्। यस उपजिल्लाको कुल घरहरू मध्ये २०.२५% घरहरूमा अझै पनि सुविधा सम्पन्न अर्थात पक्की सौचालय सुविधा रहेको छैन। यस उपजिल्लामा १ उपजिल्ला स्वास्थ्य संस्था, १ परिवार नियोजन केन्द्र र ९ सामुदायिक विद्यालयहरू रहेका छन्।[४]

अर्थतन्त्र सम्पादन गर्नुहोस्

यस उपजिल्लाको अर्थतन्त्र मुख्यतया कृषिमा आधारित छ। यस उपजिल्लाका अधिकांश मानिसहरू किसान हुन्। यस उपजिल्लामा मुख्यतया धान, जुट, गहुँ, उखु, मकै लगायत अन्य अन्न बालीहरू उत्पादन गरिन्छ। यस उपजिल्लामा मुख्यतया, आँप, कटहर, केरा, नरिवल, मेवा, लिची आदि उत्पादन हुँदै आएको छ। यस उपजिल्लामा धान कुटानी केन्द्र, गहुँ पिसानी केन्द्र, काष्ठ सामग्री उत्पादन केन्द्र, बरफ उद्योग, बिस्कुट उद्योग, चकलेट उद्योग, कपास तथा कपडा उद्योग तथा प्लाष्टिक सामग्री उत्पादन कारखाना रहेका छन्। यस उपजिल्लाले मुख्यतया जुट, उखु लगायत मौसमी तरकारी र अन्य फलफूलहरू निर्यात गर्दै आएको छ। यस उपजिल्लामा लोपोन्मुख रहेको आलसको तेल र कोदो पनि निम्न मात्रमा उत्पादन गरिन्छ। यस उपजिल्लामा थुप्रै हाटबजार तथा मेलाहरू सञ्चालन रहेका छन्। यस उपजिल्लामा लोपोन्मुख ठेला, गोरू गाडा र रथहरू सामान ओसारपसार तथा यातायातका साधन बन्द‌ै आएका छन्। यस उपजिल्लामा थुप्रै माछापालन केन्द्र, कुखुरापालन केन्द्र तथा दुग्ध सङ्कलन केन्द्रहरू रहेको छ।

यस जिल्लाको मुख्य आय श्रोतको बाटो भनेको कृषि र खेती हो जसमा जिल्लाकै ५१.९०% मानिसहरू संलग्न छन्। यस जिल्लाका मानिसहरू अन्य जस्तै मजदुरीमा ४.६८%, वाणिज्यमा १५.३२%, सञ्चार र यातायातमा ३.९७%, उद्योगमा १०.२३% निर्माण क्षेत्रमा १.२९%, सुविधामा ५.३५%, धार्मिक सेवामा ०.०८%, वैदेशिक रोजगारी तथा भाडामा ०.१६% र अन्यमा ६.०२% रहेका छन्।

प्रशासन सम्पादन गर्नुहोस्

प्रशासकीय खोकसा थाना सन् १९८३ मा उपजिल्लामा परिणत भएको थियो। हाल यस उपजिल्लामा ३ सङ्घ परिषद्, ७९ मौजा/महल्ला र ९२ गाउँहरू रहेका छन्। यस उपजिल्लाका सङ्घ परिषद्हरू प्रकार छन्; आमबाडीया सङ्घ परिषद्, ओसमानपुर सङ्घ परिषद्, खोकसा सङ्घ परिषद्, गोपग्राम सङ्घ परिषद्, जयन्तीहाजरा सङ्घ परिषद्, जानिपुर सङ्घ परिषद्, बेतबाडीया सङ्घ परिषद्, शिमुलिया सङ्घ परिषद् र शोमसपुर सङ्घ परिषद्।[५]

शिक्षा सम्पादन गर्नुहोस्

यस जिल्लाको कुल साक्षरता दर ३९.७% रहेको छ जसमध्ये पुरुषको साक्षरता ४३.६% छ भने महिलाको साक्षरता दर ३५.६% रहेको छ। यस उपजिल्लामा केही उत्कृष्ट शिक्षण संस्थाहरू यस प्रकार छन्; खोकसा जानिपुर पाइलट उच्च विद्यालय (सन् १९००), फुलबाडि उच्च विद्यालय (सन् १९००), सेनग्राम उच्च विद्यालय (सन् १९०७), ईश्वरदी माध्यमिक विद्यालय (सन् १९६४), खोकसा डिग्री क्याम्पस (सन् १९७२) आदि।

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

  1. গণপ্রজাতন্ত্রী বাংলাদেশ সরকার (২৭ জানুয়ারী, ২০১৫), "এক নজরে খোকসা", বাংলাদেশ জাতীয় তথ্য বাতায়ন, মন্ত্রিপরিষদ বিভাগ, এটুআই, বিসিসি ও বেসিস, मूलबाट ২৭ জানুয়ারী, ২০১৫-मा सङ्ग्रहित।  वेब्याक मेसिन अभिलेखिकरण २०१३-०९-२० मिति
  2. সিরাজুল ইসলাম ও আহমেদ এ জামাল, सम्पादक (सन् २०१२), "खोकसा उपजिल्ला", বাংলাপিডিয়া: বাংলাদেশের জাতীয় এনসাইক্লোপিডিয়া (दोस्रो संस्करण), বাংলাদেশ এশিয়াটিক সোসাইটি। 
  3. "Bangladesh Population and Housing Census 2011: Zila Report – Kushtia", Table P01 : Household and Population by Sex and Residence, Table P05 : Population by Religion, Age group and Residence, Table P09 : Literacy of Population 7 Years & Above by Religion, Sex and Residence, Bangladesh Bureau of Statistics (BBS), Ministry of Planning, Government of the People’s Republic of Bangladesh, अन्तिम पहुँच ९ डिसेम्बर २०१८  वेब्याक मेसिन अभिलेखिकरण १५ डिसेम्बर २०१८ मिति
  4. "জনসংখ্যার আদমশুমারি শাখা, বিবিএস", मूलबाट २००५-०३-२७-मा सङ्ग्रहित, अन्तिम पहुँच नोभेम्बर १०, २००६ 
  5. "বাংলাদেশ উপজেলা তালিকা", উইকি শূন্য। 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्