खिर
वैकल्पिक नामहरू | पायस, क्षीर, खीर |
---|---|
उत्पत्ति स्थान | दक्षिण एसिया |
क्षेत्र वा राज्य | भारत, पाकिस्तान, नेपाल, बङ्गलादेश[१] |
मुख्य सामग्रीहरू | चामल, दूध, किसमिस, केशर, काजु तथा मधेसी बदाम |
विभिन्नता | फर्सीको खिर, ढकने, जौको खिर, पायस |
- सामग्रीः दूध ५ कप, घिउ २ चम्चा, भिजाएको चामल २ चम्चा, अलैंची तथा सुकमेलको धूलो २ सानो चम्चा, कोरेको नरिवल २ चम्चा, सजाउनका लागि काजु, काजी बदाम, किसमिस, केशर तथा स्वादअनुसार चिनी।
- विधिः सबैभन्दा पहिले एउटा भाँडोमा दूध उमाल्ने । दूध उम्लिएपछि भिजाएर राखेको चामल हालेर विस्तारै चलाईरहने । जबसम्म चामल र दूधको मिश्रण मिल्दैन तबसम्म चलाईरहने| दूध र चामल लपक्क मिलेपछि चिनी र दुई चम्चा घिउ हाल्ने । त्यसमा अलैंची र सुकमेलको धूलो तथा कोरेको नरिवल राखेर चलाउने । त्यसपछि एउटा बाउलमा खीर खन्याएर काजु, किसमिस, काजी बदाम तथा केशरले सजाउने। तयार भएको खीरलाई तीजको दरका रूपमा तात्तातै वा चिसो बनाएर खान सकिन्छ ।
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "आज खिर खाने दिन", नेपालवाणी, १५ साउन २०७२, अन्तिम पहुँच १५ साउन।