वैज्ञानिक नाम एकासिया क्याटेचु (Acacia catechu Willd.)बाट चिनिने खयर बहूउपयोगि वनस्पति हो। यसबाट निकालिने रसायनलाई नेपालीमा कत्था भनिन्छ। यो मसला र औषधि दुवै रूपमा प्रयोग हुन्छ।

खयर
वैज्ञानिक वर्गीकरण
जगत:
(श्रेणीविहीन):
फूल फुल्ने बिरुवा(एन्जिओस्पर्म)
(श्रेणीविहीन):
(श्रेणीविहीन):
गण:
कुल:
वंश:
प्रजाति:
A. catechu
वैज्ञानिक नाम
Acacia catechu
(L.) Willd., Oliv.
Range of Acacia catechu
पर्याय
खयर हुने क्षेत्र

खयरको बोट नेपालको मधेश , तराई र पहाडी दुनहरूको नदीका किनारामा पाइन्छ। यसलाई नतिउष्ण जलवायुका स्थान उपयुक्त हुन्छ| खयर एक मझौला कदको रुख हो। साधारण विरुवाको गोलाइ ०.६ देखि ०.९ मीटर र अग्लाई २.४८ देखि ३.२ मि. सम्म हुन्छ। तर अनुकुल वातावरणमा यसको फेदको गोलाइ १.५ मीटर र ६ मीटरसम्म अग्ला हुन्छन्। हरेक आँख्लाबाट एकवटा संयुक्त पात निस्केको हुन्छ। अण्डावृत आकार भएका स–साना १ मिलिमिटर चौडाई र ३ मिलिमिटर लम्बाई भएका कुड्के पातहरू २० देखि ५० जोडीसम्म पल्हाएका हुन्छन्। कुड्के पातहरू र काण्डलाई मसिना झुसले ढाकेको हुन्छ। फूलको रङ्ग पहेंलो र एउटै डाँठमा धेरै फुलेका हुन्छन्। यो विरुवाको बोक्रा गाढा खैरो रंगको र भित्री काठको रङ्ग रातो हुन्छ।

२०–३० वर्ष पुरानो अन्दाजी ०.६ मी. गोलाइ भएको रुख काट्न लायकको हुन्छ। खयरको गुण यसको वर्ष र मोटाईमा भर पर्दछ। सबैभन्दा पहिले रुख ढालिन्छ र ०.६ देखि ०.९ मी. लम्बाई पारी टुक्रा टुक्रा गरी काटिन्छ। बोक्रा झिकेर फालिन्छ। काठको भित्री भागको रङ्ग रातो हुन्छ। यसलाई अन्दाजी २.५ स्क्वायर सेन्टीमिटर साईजमा सानो सानो टुक्रा गरी काटिन्छ। यी टुक्राहरू माटोको भाँडामा १२ घण्टासम्म् पानीसँग उमालिन्छ। बाक्लो झोल भएपछि काठको बाकसमा खन्याई चिसो पारिन्छ। यसरी खयर वा कथ्था तयार गरिन्छ। काठको तौलमा औसत ३–१० % सम्म खयर उत्पादन हुन सक्दछ।

औषधोपचार सम्पादन गर्नुहोस्

आयुर्वेदिक पद्धति अनुसार खयर अनेक रोगहरूमा उपयोग गरिन्छ। पाचन शक्ति बढाउन र अतिसारलाई निकै फाईदा गर्दछ। घाउ , खटिरा , बाथ तथा मर्केको जोर्नीहरूमा लेप लगाउन पनि यसलाई प्रयोग गरिन्छ।

  • दाँत कीराले खाएमा
दाँतको प्वालमा कपुर हाल्नाले दाँत दुख्न बन्द हुन्छ र कीरा पनि ठीक हुन्छ । अथवा मरिचको धूलो, खयर, कपुर बराबर पिधेर दाँत माज्ने गरेमा गिजापाक्ने, दाँत हल्लिने, कीराले खाएको लगाएतको रोगहरु ठीक हुन्छ ।
  • सुख्खा खोकिमा
१ चिम्टी खाने खयर, १ चिम्टी बेसार तातोपानीसँग विहान/वेलुका खाने गरेमा २/३ दिनमा नै सुख्खा खोकि ठिक हुन्छ ।
  • कान पाकेमा
पाकेको कान सफा गरी धूलो खयर १ चिम्टी कानमा हालिदिएमा पिप आउन बन्द हुन्छ ।
  • जुका परी पेट फुलेमा
खयरको चिया दुई तिन दिनसम्म खानाले जुका परी पेट फुलेको ठिक हुन्छ । झाडा लागेकोमा पनि खयरको चिया खाएमा ठिक हुन्छ ।

चित्र दीर्घा सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्

"https://ne.wikipedia.org/w/index.php?title=खयर&oldid=926628" बाट अनुप्रेषित