खगोलविज्ञानमा ब्रह्माण्डमा कुनै खास मार्गमा परिक्रमा गर्ने वा गतिमान हुने सबै प्रकारका वस्तुहरूलाई खगोलीय वस्तु वा ख-वस्तु भनिन्छ। यस्ता वस्तुहरू प्राकृतिक रूपमा भौतिक अस्तित्वमा रहेका विशाल संरचनाहरू हुन् जुन अवलोकन योग्य ब्रह्माण्डभित्र अवस्थित छन्।[] यसमा पृथ्वीलगायत पृथ्वीबाहिर अन्तरिक्षमा अवस्थित सबै वस्तुहरू समावेश छन्। खगोलीय वस्तुहरूसँग नजिकको सम्बन्धित अर्को अवधारणा खगोलीय पिण्ड भएतापनि यी दुई शब्दले एउटै वस्तुलाई सङ्केत गर्दैन। खगोल विज्ञानमा वस्तु र पिण्ड शब्दहरूलाई प्रायः एक अर्काको रूपमा प्रयोग गर्ने गरिन्छ। पृथ्वीबाहेक अन्य सबै वस्तुलाई खगोलीय भनिन्छ।

खगोलीय पिण्ड र वस्तुहरूको चयन

खगोलीय वस्तुहरूको उदाहरणहरूमा ग्रह प्रणाली, तारामण्डल, निहारिकाआकाशगङ्गा समावेश छन्, जबकि क्षुद्रग्रह, प्राकृतिक उपग्रह, ग्रहतारा खगोलीय पिण्डहरू हुन्। धूमकेतुलाई पिण्ड र वस्तु दुवैको रूपमा पहिचान गर्न सकिन्छ। हिउँ र धूलोको जमेको न्युक्लियसलाई सङ्केत गर्दा यो एक पिण्ड हो र सम्पूर्ण धूमकेतुलाई यसको फैलावट कोमा र पुच्छ्रेताराको साथ वर्णन गर्दा एक खगोलीय वस्तु हो। सूर्यको प्रकाश र उच्च गतिको सौर्य वायुको दबाबले कोमा धूमकेतुको धुलो र ग्याँसलाई सूर्यबाट टाढा लैजान सक्छ।

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. Task Group on Astronomical Designations from IAU Commission 5 (अप्रिल २००८), "Naming Astronomical Objects", International Astronomical Union (IAU), मूलबाट २ अगस्ट २०१०-मा सङ्ग्रहित, अन्तिम पहुँच ४ जुलाई २०१०