क्रिकबज एक भारतीय क्रिकेट समाचार वेबसाइट हो जसको मालिक टाइम्स इण्टरनेट हो। यसले समाचार, लेख, क्रिकेट खेलहरूको प्रत्यक्ष प्रसारण गर्छ जसमा श्रव्य दृश्य, अङ्कतालिका र पाठ टिप्पणीका साथै खेलाडी र टोली वरियता समावेश गर्दछ। यसको आधिकारिक वेबसाइट मोबाइल अनुप्रयोग मार्फत पनि हेर्न सकिन्छ। क्रिकबज भारतमा क्रिकेट समाचार र अङ्कको लागि सबैभन्दा ठूलो मोबाइल अनुप्रयोग हो।[४]

क्रिकबज डटकम
साइटको प्रकार
खेलकुद वेबसाइट (विशेष रूपमा क्रिकेट)
उपलब्ध भाषाअङ्ग्रेजी, कन्नड, हिन्दी, मराठी, बाङ्ला, तमिलतेलुगु
मालिकटाइम्स इन्टरनेट
सर्जकपङ्कज छपरवाल
पियुस अग्रवाल
प्रभिन हेज
आय$७.८ मिलियन[१]
युआरएलwww.cricbuzz.com
अलेक्सा क्रमह्रास ४०६ (अक्टोबर २०१९)[२]
व्यवसायिकहो (गैर-सदस्यता विज्ञापन राजश्व)
दर्तावैकल्पिक
प्रयोगकर्ताहरू५ करोड
(जनवरी २०१९)[३]
चालु भएको मिति१ नोभेम्बर २००४
वर्तमान स्थितिचालू

इतिहास सम्पादन गर्नुहोस्

क्रिकबज, पङ्कज छपरवाल र प्रभिन हेजद्वारा सन् २००४ मा सृजना गरिएको थियो। सन् २०१० मा क्रिकबजले प्रत्यक्ष क्रिकेट समाचार र नतिजाहरूको लागि मोबाइल अनुप्रयोगको विकास गर्न सुरु गरेको थियो। नोभेम्बर २०१४ मा, टाइम्स इण्टरनेट, टाइम्स अफ इण्डियाको एक सहायक कम्पनीले अज्ञात राशिको लागि क्रिकबजमा बहुमतको भाग हासिल गरेको थियो। यसको अधिग्रहण पछि, यो वेबसाइटको मूल संस्थापकहरुद्वारा प्रबन्ध गरिएको थियो।[५]

जनवरी २०१५ मा, टाइम्स इण्टरनेटको स्वामित्वमा रहेको गो क्रिकेट क्रिकबजमा समायोजन भएको थियो। गो क्रिकेटको वेबसाइट क्रिकबजमा अनुप्रेषण गर्दै गो क्रिकेटको मोबाइल अनुप्रयोग क्रिकबजसँग समायोजन भएको थियो।[६]

विशेषता सम्पादन गर्नुहोस्

क्रिकबजले क्रिकेट अङ्क, आगामी कार्यक्रम, टोली र खेलाडिको वरियता, अभिलेख, समाचार, लेख, भिडियो, चित्र, क्रिकेट आधारित अनलाइन खेल र मोबाइल अनुप्रयोगहरूको विभिन्न फोन सञ्चालन प्रणालीका लागि मोबाइल अनुप्रयोगको प्रत्यक्ष प्रसारण समावेश गर्दछ।

लोकप्रियता सम्पादन गर्नुहोस्

क्रिकबजले नोभेम्बर २०१९ मा अलेक्सा इण्टरनेटद्वारा ४१२ विश्वव्यापी स्थान [२] र भारत र बङ्गलादेशमा १६ अौँ स्थान हासिल गरेको थियो।[७] साइट सन् २०१४मा भारतमा ७औं सबैभन्दा धेरै खोजी गरिएको वेबसाइट बनेको थियो। सन् २०१४ मा, यसको मोबाइल अनुप्रयोगले ५० मिलियन डाउनलोड (भारतमा सबैभन्दा ठूलो) पार गरेको थियो भने वेबसाइटलाई विश्वभरि ५० मिलियन भन्दा बढी प्रयोगकर्ताहरूले प्रयोग गरेका थिए। जनवरी २०१५ मा यसको गृह पृष्ठलाई २.६ अरब प्रयोगकर्ताहरूले अवलोकन गरेका थिए। [८]

सिमिलर वेब सम्पादन गर्नुहोस्

नोभेम्बर २०१९ सम्म, सिमिलर वेबको तथ्याङ्कका अनुसार, यो विश्वव्यापी सर्वाधिक लोकप्रिय वेबसाइटहरूको सूचीमा १९९अौँ स्थानमा रहेको छ भने भारत यसको क्रम १९ र जसमा यसको उछाल दर २५.८२% रहेको छ।[९]

अलेक्सा इन्टरनेट सम्पादन गर्नुहोस्

नोभेम्बर २०१९ सम्म, अलेक्सा इण्टरनेटको तथ्याङ्कका अनुसार, यो विश्वव्यापी सर्वाधिक लोकप्रिय वेबसाइटहरूको सूचीमा ४१२अौँ स्थानमा रहेको छ भने भारत यसको क्रम ३७अौँ रहेको छ।[१०]

प्रायोजन सम्पादन गर्नुहोस्

अगष्ट २०१५ मा, क्रिकबजले भारत-श्रीलङ्का टेष्ट श्रृङ्खलामा शीर्षक प्रायोजन गरेको थियो। यो प्रतियोगिता भारतको श्रीलङ्कामा २० दिने भ्रमण रहेको थियो जसमा ३ वटा टेष्ट क्रिकेट सामेल गरिएको थियो जुन ग्याली र कोलम्बोमा सम्पन्न भएको थियो।[११][१२]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "estimated revenue by promising website", free website report]], मूलबाट १६ अगस्ट २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच ३ जुलाई २०१६ 
  2. २.० २.१ "क्रिकबज डटकम साइटको विश्लेषण", अलेक्सा इन्टरनेट, अन्तिम पहुँच १ फेब्रुअरी २०१९  वेब्याक मेसिन अभिलेखिकरण ३० नोभेम्बर २०१७ मिति
  3. "प्रयोगकर्ताहरूको,सङ्ख्या", द टाइम्स अफ इण्डिया, अन्तिम पहुँच १५ अगस्ट २०१५ 
  4. "cricbuzz targets 82 million users", द टाइम्स अफ इण्डिया, अन्तिम पहुँच १५ अगस्ट २०१५ 
  5. "Times Internet acquires cricbuzz", द टाइम्स अफ इण्डिया, अन्तिम पहुँच १५ अगस्ट २०१५ 
  6. "GoCricket mergers into cricbuzz", मिडियानामा, अन्तिम पहुँच १५ अगस्ट २०१५ 
  7. "Google India's top 10 searches of 2014", The Times of India, अन्तिम पहुँच १५ अगस्ट २०१५ 
  8. "cricbuzz targets 75 million users", द टाइम्स अफ इण्टरनेट, अन्तिम पहुँच १५ अगस्ट २०१५ 
  9. सिमिलर वेब, "गाना डटकमको विश्लेषण तथा विवरणहरू", अन्तिम पहुँच २९ असोज २०७६ 
  10. अलेक्सा इण्टरनेट, "क्रिकबज डटकमको विवरण, प्रतिस्पर्धी तथा विश्लेषण", अन्तिम पहुँच कात्तिक २०७६  वेब्याक मेसिन अभिलेखिकरण २०१७-११-३० मिति
  11. "Cricbuzz named title sponsor", द हिन्दी, अन्तिम पहुँच १५ अगस्ट २०१५ 
  12. "Cricbuzz is title sponsor for India-Sri Lanka Test Series", बेष्ट मिडिया इन्फो, अन्तिम पहुँच १५ अगस्ट २०१५ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्

ढाँचा:द टाइम्स ग्रुप