मुख्य सूची खोल्नुहोस्

क्योटो (京都市 Kyōto-shi?, pronounced [kʲjoːꜜto.ɕi] ( ); युके /kɪˈəʊtəʊ/, युएस /kiˈʔ/, वा /ˈkjʔ/[१]) होन्शु टापुको मध्यमा अवस्थित जापानको एक महानगर हो । क्वामू शासन कालमा यस सहरलाई 'हे यान जो' अर्थात् 'शान्तिको नगर' को संज्ञा दिइएको थियो । ११औँ शताब्दी सम्म क्योटो जापानको राजधानी थियो र आज पनि पश्चिमी प्रदेशको राजधानी हो । यस सहरलाई आधुनिकीकरण तथा यसको पुनर्संरचनाको लागि सन् १८९० मा यस नगरसँगै रहेका बिवा ताललाई लगभग ७ माइल लामो नहरद्वारा बाँधियो र आकर्षक बनाइयो । यो सहरलाई आज पनि हजारौ वर्षको राजधानी भन्ने गरिन्छ ।

क्योटो
京都市
—  नगर  —
क्योटो शहर
Kyoto montage.jpgक्योटो सहरको धरोहरहरू

झण्डा

Logo
क्योटो महानगरमा क्योटोको अवस्थिति
क्योटो Japan-এ অবস্থিত
क्योटो
क्योटो
 
निर्देशाङ्क: ३५°०′४२″ उत्तर १३५°४६′६″ पूर्व / ३५.०११६७° उत्तर १३५.७६८३३° पूर्व / 35.01167; 135.76833निर्देशाङ्क: ३५°०′४२″ उत्तर १३५°४६′६″ पूर्व / ३५.०११६७° उत्तर १३५.७६८३३° पूर्व / 35.01167; 135.76833
देश  जापान
क्षेत्र कानसाई
पर्फेक्चर क्योटो पर्फेक्चर
सरकार
 - मेयर दाइसाकु कादोकावा
क्षेत्रफल
 - जम्मा ८२७.९० किमी (३१९.७ वर्ग मी)
जनसङ्ख्या (अक्टोबर १, २०१५)
 - जम्मा १,४७४,५७०
 जनघनत्व १,७८१.१/किमी (४,६१३/वर्ग मी)
समय क्षेत्र जापानको प्रमाणिक समय (युटिसी+९)
सहर प्रतीक
- रुख जापानी मेपल आ कस्तुरा
- फूल Camellia, Azalea and Sugar Cherry
फोन नम्बर ०७५-२२२-३१११
ठेगाना 488 Teramachi-Oike, Nakagyō-ku, Kyōto-shi, Kyōto-fu
604-8571
वेबसाइट


विशाल मन्दिरहरू, कलात्मक भवनहरूको लागि क्योटो सम्पूर्ण जापानमा प्रसिद्ध छ । यहाँ रेशमको कपडा, चिनिया माटोको भाडा, खेलौना र अन्य प्रकारका धातुका भाडाकुडाको उद्योग अधिक विकसित छन् । यो जापानमा बौद्ध धर्मको सबैभन्दा ठुलो केन्द्र हो ।

नामसम्पादन

जापानी भाषामा यस सहरलाई क्यो (), मियाको (), वा क्यो नो मियाको (京の都) भनिन्छ । ११औँ शताब्दीमा, यो सहरको नाम चिनिया शब्दको jingdu (京都) राजधानीबाट क्योटो (राजधानी सहर) राखियो ।[२]

इतिहाससम्पादन

यद्यपि पुरातात्त्विक प्रमाणहरूले क्योटोमा मानिसको बसोबास पालियलिथिक समय देखि नै शुरू भएको देखाउछ, तर उक्त स्थानमा मानव गतिविधिको बारेमा पत्ता भने ६ औं शताब्दी भन्दा अघि शिमोगामो श्रिनको पालोको समयको देखिन्छ ।

धार्मिक अवस्थासम्पादन

 
क्योटो, १८९१
 
क्योटो नगरको दृष्य

जनसङ्ख्यासम्पादन

सन् २०१५ को जापानको जनगणना अनुसार क्योटोको जनसङ्ख्या १४,७४,५७० रहेको छ ।[३] ऐतिहासिक रूपमा क्योटो जापानको सबैभन्दा ठुलो सहर रहेको थियो जसलाई १६औं शताब्दीमा आएर ओसाकाएडो (टोक्यो)ले पछाडी पारे । युद्धको समयमा कोबेनागोया क्रमसः चौथौ र पाँचौ ठुलो सहरसँग यसको व्यापारिक सम्बन्ध रहेको थियो । सन् १९४७ मा यो तेस्रो, सन् १९६० मा पाँचौ, सन् १९९० मा सातौँ र सन् २०१५ मा आएर यो जापानको ९औं ठुलो सहर बन्न पुगेको हो ।

यातायात व्यवस्थासम्पादन

 
क्योटो टावरबाट क्योटो र कारासुमा सडकको दृश्य

हवाई मार्गसम्पादन

हुनत क्योटोमा कुनै पनि विमानस्थल छैन, तर भ्रमण गर्ने यात्रीहरू कानसाई अन्तर्राष्ट्रिय विमानस्थल तथा ओसाका अन्तर्राष्ट्रिय विमानस्थलबाट यस सहर प्रवेश गर्न सक्छन् । जेआर पश्चिमद्वारा कानसाई विमानस्थल एक्सप्रेस, हारुका सञ्चालित रहेको छ जसले कानसाई विमानस्थलबाट क्योटो स्टेसन ७३ मिनेटमा पुगाउने गर्दछ ।[४]

ओसाका विमानस्थल यातायात बसहरू इतामी विमानस्थल र क्योटो स्टेसन ५० मिनेटमा पुगाउने गर्दछ ।

सन्दर्भ सामग्रीहरूसम्पादन

  1. "Kyoto or Kioto", Collins Dictionary, n.d., अन्तिम पहुँच २४ सेप्टेम्बर २०१४ 
  2. Lowe, John. (2000). Old Kyoto: A short Social History, p. x.
  3. https://www2.city.kyoto.lg.jp/sogo/toukei/Population/index.html][http://www.city.kyoto.lg.jp/sogo/page/0000193102.html
  4. JR-WEST: Travel Information > Access to Kansai Airport

बाह्य लिङ्कहरूसम्पादन

यो पनि हेर्नुहोस्सम्पादन