कृष्णदत्त पनेरु सुदूरपश्चिममा बसेर कलम चलाउने साहित्यकार हुन् । हाल उनको बसाई गोदावरी नगरपालिका अत्तरियामा छ ।

कृष्णदत्त पनेरु

जीवनी सम्पादन गर्नुहोस्

कृष्णदत्त पनेरु को जन्म बि. सं. १९९८ मङ्सिर २० गते बुवा हरिदत्त पनेरु र आमा कौशिला देवी पनेरुको कोखबाट डडेल्धुरा जिल्लाको अजयमेरु गा. बि. स. ६, सिम भन्ने गाउँमा भएको हो ।[१] प्राथमिक स्तरको अध्ययन डडेल्धुरा जिल्लामा नै गरेका पनेरु थप अध्ययनका लागि भारतको हरिद्वार तर्फ गएका थिए । त्यहाँ उनले संस्कृत, व्याकरण तथा साहित्यको अध्ययन गरेका थिए ।

सामाजिक कार्य सम्पादन गर्नुहोस्

कृतिहरु सम्पादन गर्नुहोस्

 
साहित्यकार कृष्ण पनेरु 'बन्चित'का तीन ओटा कृतिहरूको विमोचन समारोह धनगढी, कैलाली ।
  • बिसौनी
  • बल्झेर घाउ फेरि (गजल सङ्ग्रह)
  • उछाल (कविता सङ्ग्रह)
  • छरिएका कथा व्यथा (लोक गीत संगालो)
  • डोट्याली उखानको पातो [२]

एल्बम सम्पादन गर्नुहोस्

  • बेदना

सम्मान र पुरुस्कार सम्पादन गर्नुहोस्

  • कैलाली जनपुस्तकालयले आयोजना गरेको कवि गोष्ठीमी प्रथम पुरुस्कार - वि.सं. २०४४
  • धनगढी जेसिसद्वारा आयोजित कवि गोष्ठीमा प्रथम पुरुस्कार - वि.सं. २०४४
  • सुदुरपश्चिमाञ्चल साहित्य समाजद्वारा कदरपत्र - वि.सं. २०५१
  • जिल्ला शिक्षा समिति कैलालीद्वारा कदरपत्र एवं पुरुस्कार - वि.सं. २०५४
  • द रेयुकाईनेपाल धनगढी उपशाखाद्वारा सम्मानपत्र - वि.सं. २०५९
  • श्री दुर्गालक्ष्मी उ. मा. वि. द्वारा कदरपत्र - वि.सं. २०६२
  • नवरत्न साहित्य साधना सम्मान - वि.सं. २०६२
  • कैलाली जनपुस्ताकालय धनगढीद्वारा अभिनन्दन-पत्र[३]
  • भानुजयन्ती पुरुस्कार

सम्बद्ध सम्पादन गर्नुहोस्

  • सुदूरपश्चिमान्चल साहित्य समाज धनगढी, आजीवन सदस्य ।
  • प्रतिभा सामुदायिक पुस्तकालय अत्तरिया, कैलाली, संस्थापक अध्यक्ष ।
  • श्री सरस्वती उ. मा. बि. गेटा, कैलाली, संस्थापक तथा आजीवन सदस्य ।
  • सुदूरपश्चिमान्चल गजल मन्च, संस्थापक उपाध्यक्ष तथा आजीवन सदस्य ।
  • कैलाली जनपुस्तकालय, आजीवन सदस्य ।
  • महाकाली साहित्य संगम, आजीवन सदस्य ।
  • श्री दुर्गालक्ष्मी उ. मा. बि. अत्तरिया, संस्थापक प्र. अ. तथा आजीवन सदस्य ।
  • सामुदायिक अध्ययन केन्द्र अत्तरिया, संस्थापक अध्यक्ष तथा आजीवन सदस्य ।[३]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. बिसौनी-कृष्ण पनेरु 'बन्चित'
  2. साहित्यकार तीन ओटा कृति एकै साथ बिमोचन वेब्याक मेसिन अभिलेखिकरण २०१८-०३-३० मिति
  3. ३.० ३.१ बल्झेर घाउ फेरि-कृष्ण पनेरु 'बन्चित'

बाह्य कडीहरू सम्पादन गर्नुहोस्