कुष्टिया सदर उपजिल्ला
कुष्टिया सदर (बङ्गाली: কুষ্ঠিয়া সদর) बङ्गलादेशको कुष्टिया जिल्लाको एक उपजिल्ला हो। यो उपजिल्ला खुलना विभाग अन्तर्गत पर्दछ।[२]
कुष्टिया सदर
কুষ্টিয়া সদর | |
---|---|
निर्देशाङ्क: २३°५४′उ॰ ८९°८′पू॰ / २३.९००°N ८९.१३३°Eनिर्देशाङ्कहरू: २३°५४′उ॰ ८९°८′पू॰ / २३.९००°N ८९.१३३°E | |
देश | बङ्गलादेश |
विभाग | खुलना विभाग[१] |
जिल्ला | कुष्टिया जिल्ला |
क्षेत्रफल | |
• जम्मा | ३१६.२६ किमी२ (१२२.११ वर्ग माइल) |
जनसङ्ख्या (सन् २०११) | |
• जम्मा | ५०२,२५५ |
• घनत्व | १६००/किमी२ (४१००/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+६ (बङ्गलादेशी मानक समय) |
वेबसाइट | कुष्टिया सदर उपजिल्लाको आधिकारिक नक्शा |
भूगोल
सम्पादन गर्नुहोस्कुष्टिया उपजिल्ला बङ्गलादेशको दक्षिण पूर्व भागमा पर्छ भने यो उपजिल्ला २३°४२' देखि २३°५९' उत्तर अक्षांश र ८८°५५' देखि ८९°०४' पूर्वी देशान्तरणमा अवस्थित छ। कुष्टिया उपजिल्लाले बङ्गलादेशको कुल क्षेत्रफल मध्ये ३१६.२७ वर्ग किलोमिटर ओगटेको छ। यस उपजिल्लालाई पाबना सदर र ईश्वरदी उपजिल्लाले उत्तर, हरपणाकुण्ड र शैलकृपा उपजिल्लाले दक्षिण, कुमारखाली उपजिल्लाले पूर्व, मिरपुर र आलमडाङ्गा उपजिल्लाले पश्चिमबाट घेरेको छ। पद्मा, कालीगङ्गा, गडाई नदी, कुमार नदी, सागरखाली खाल आदि यस उपजिल्लाका केही नदी तथा नहरहरू हुन्।
इतिहास
सम्पादन गर्नुहोस्बङ्गलादेश मुक्ति अभियान सन् १९७१ अप्रिल ४ का दिनबाट देश व्यापी रूपमा सुरु भएको थियो भने २५ मार्च १९७१ का दिन १४७ जना पाकिस्तानी सेना रहेको एक समूह यस उपजिल्लामा प्रवेश गर्न लाग्दा बङ्गलादेशको मुक्तिका लागि लडिरहेका लडाकु, विद्यारणथी र स्थानीय मानिसहरूले सेनालाई प्रतिरोध गरेका थिए। ३० मार्च १९७१ का दिन कुष्टियामा स्वतन्त्र बङ्गलादेशको झण्डा फहराइएको थियो। ५ सेप्टेम्बर १९७१ का दिन पाकिस्तानी सेना र बङ्गलादेशको मुक्तिका लागि लडिरहेका लडाकु बीच यस उपजिल्लाको बाङ्शीलायमा प्रत्यक्ष गोली हानाहान तथा युद्ध भएको थियो जहाँ केही लडाकुको मृत्यु भएको थियो। पाकिस्तानी सेनाले एकै परिवारको १२ सदस्यलाई मिलपाडामा सामूहिक हत्या गरेका थिए।
जनशाङ्खिकि
सम्पादन गर्नुहोस्जिल्ला विभाग प्रतिवेदनका अनुसार यस जिल्लाको कुल जनसङ्ख्या ४२३८१८ रहेको छ जसमध्ये पुरुषको जनसङ्ख्या २१९१४४ छ भने महिलाको जनसङ्ख्या ४०४६४२ रहेको छ। धर्मका आधारमा यस जिल्लामा इस्लाम धर्मवलम्बीको जनसङ्ख्या ४०४६४२ छ भने हिन्दु धर्मवलम्बीको जनसङ्ख्या १८७६९, बौद्ध धर्मवलम्बीको जनसङ्ख्या १७२, इसाई धर्मवलम्बीको जनसङ्ख्या ३४ र अन्य धर्मका मानिसहरूको जनसङ्ख्या २०१ रहेको छ।[३] यस उपजिल्लामा बागदी, बाँशफोड र बुनो जनजातिहरू बसोबास गर्छन्। शाह मुजार मस्जिद, पाटिकाबाडी शाही मस्जिद, कुठिपाडा जामे मस्जिद, लाहिनी कारिकरपाडा द्वितल जामे मस्जिद, कुष्टिया बड जामे मस्जिद, इसलामपुर शाही मस्जिद, गोस्वानी दुर्गापुर राघा रमणेर मस्जिद, लाशिनी सर्वजनीन पूजा मन्दिर, चर्च अफ बङ्गलादेश आदि यस उपजिल्लाका केही प्रख्यात धार्मिक स्थलहरू हुन्। यस उपजिल्लाका ९२.७९% जनसङ्ख्याले शुद्ध पिउने पानीका लागि पानी तान्ने मोटर र धारोको प्रयोग गर्दै आएका छन् भने ०.१६% ले पोखरी, २.५९% ले टुटी र ४.४६% ले अन्य माध्यमबाट पानीको प्रयोग गर्दै आएका छन्। यस उपजिल्लाको कुल घरहरू मध्ये १९.६९% घरहरूमा अझै पनि सुविधा सम्पन्न अर्थात पक्की सौचालय सुविधा रहेको छैन। यस उपजिल्लामा १ उपजिल्ला स्वास्थ्य संस्था, १ परिवार नियोजन केन्द्र, १ मातृ तथा शिशु हेरचाह केन्द्र, १ मधुमेह उपचार केन्द्र, १ क्षयरोग उपचार केन्द्र, १ आँखा अस्पताल, १ बाल अस्पताल, २ निजी अस्पताल र १४ उपजिल्ला परिवार नियोजन केन्द्रहरू रहेका छन्। सन् १८७६ र १८९७ मा यस उपजिल्लाका हजारौँ मानिसहरू अनिकालक सिकार भएका थिए।[४]
अर्थतन्त्र
सम्पादन गर्नुहोस्यस उपजिल्लाको अर्थतन्त्र मुख्यतया कृषिमा आधारित छ। यस उपजिल्लाका अधिकांश मानिसहरू किसान हुन्। यस उपजिल्लामा मुख्यतया धान, जुट, गहुँ, तोरी, उखु, खैनी, पानको पात लगायत अन्य अन्न बालीहरू उत्पादन गरिन्छ। यस उपजिल्लामा मुख्यतया, आँप, कटहर, केरा, मेवा, लिची आदि उत्पादन हुँदै आएको छ। यस उपजिल्लामा धान कुटानी केन्द्र, गहुँ पिसानी केन्द्र, काष्ठ सामग्री उत्पादन केन्द्र, बरफ उद्योग, बिस्कुट उद्योग, चकलेट उद्योग, कपास तथा कपडा उद्योग तथा प्लाष्टिक सामग्री उत्पादन कारखाना रहेका छन्। यस उपजिल्लाले मुख्यतया खैनी, केरा, उखु, पानको पात लगायत मौसमी तरकारी र अन्य फलफूलहरू निर्यात गर्दै आएको छ। यस उपजिल्लामा लोपोन्मुख रहेको आलसको तेल र तील पनि निम्न मात्रमा उत्पादन गरिन्छ। यस उपजिल्लामा केही हाटबजार तथा मेलाहरू सञ्चालन रहेका छन्। यस उपजिल्लामा लोपोन्मुख ठेला, गोरू गाडा र रथहरू सामान ओसारपसार तथा यातायातका साधन बन्दै आएका छन्। यस उपजिल्लामा थुप्रै माछापालन केन्द्र, कुखुरापालन केन्द्र तथा दुग्ध सङ्कलन केन्द्रहरू रहेको छ।
यस जिल्लाको मुख्य आय श्रोतको बाटो भनेको कृषि र खेती हो जसमा जिल्लाकै ४१.१२% मानिसहरू संलग्न छन्। यस जिल्लाका मानिसहरू अन्य जस्तै मजदुरीमा ४.५८%, वाणिज्यमा २.१२%, सञ्चार र यातायातमा ४.९४%, उद्योगमा ३.१६% निर्माण क्षेत्रमा २.०९%, सुविधामा १३.३१%, धार्मिक सेवामा ०.१३%, वैदेशिक रोजगारी तथा भाडामा ०.६२% र अन्यमा २७.९३% रहेका छन्।
प्रशासन
सम्पादन गर्नुहोस्प्रशासकीय कुष्टिया सदर थानाको स्थापना सन् १८२३ मा भएको थियो भने सन् १९८३ मा यसलाई उपजिल्लामा परिणत गरिएको थियो। कुष्टिया सदर नगरपालिकाको स्थापना भने सन् १९६९ मा भएको थियो। हाल यस उपजिल्लामा १८ सङ्घ परिषद्, १४४ मौजा/महल्ला र १५७ गाउँहरू रहेका छन्।[५]
शिक्षा
सम्पादन गर्नुहोस्यस जिल्लाको कुल साक्षरता दर ४८.४% रहेको छ जसमध्ये पुरुषको साक्षरता ५१.८% छ भने महिलाको साक्षरता दर ४४.६%रहेको छ। यस उपजिल्लामा १ विश्वविद्यालय, १६ क्याम्पस, ७४ माध्यमिक विद्यालय, १४० प्राथमिक विद्यालय र १८ मदरसाहरू रहेका छन्। यस उपजिल्लामा केही उत्कृष्ट शिक्षण संस्थाहरू यस प्रकार छन्; इसलामी विश्वविद्यालय (सन् १९७९), कुष्टिया सरकारी क्याम्पस (सन् १९४६), कुष्टिया सरकारी विश्वविद्यालय क्याम्पस (सन् १९४७), कुष्टिया कारिगरि महाविद्यालय (सन् १९६४), कुष्टिया सरकारी महिला क्याम्पस (सन् १९६७), कुष्टिया इसलामिया क्याम्पस (सन् १९६७), कुष्टिया सेबिमा प्रशिक्षण शिक्षण संस्था, कुष्टिया पिटिआर गोस्बामी दुर्गापुर माध्यमिक विद्यालय (सन् १८६०), शरिनाबायणपुर माध्यमिक विद्यालय (सन् १८९१), कुष्टिया उच्च विद्यालय (सन् १९१०), मिनमनि माध्यमिक विद्यालय (सन् १९३०), मोहनीमोहन विद्यापिठ (सन् १९४४), कुष्टिया प्राविधिक शिक्षण संस्था (सन् १९५८), कुष्टिया जेला विद्यालय (सन् १९६०), मिशन प्राथमिक विद्यालय (सन् १८९८) आदि।
सन्दर्भ सामग्री
सम्पादन गर्नुहोस्- ↑ গণপ্রজাতন্ত্রী বাংলাদেশ সরকার (২৭ জানুয়ারী ২০১৫), "এক নজরে কুষ্টিয়া সদর", বাংলাদেশ জাতীয় তথ্য বাতায়ন, মন্ত্রিপরিষদ বিভাগ, এটুআই, বিসিসি ও বেসিস, मूलबाट ১ মার্চ ২০১৪-मा सङ्ग्रहित। वेब्याक मेसिन अभिलेखिकरण २०१४-०३-०१ मिति
- ↑ সিরাজুল ইসলাম ও আহমেদ এ জামাল, सम्पादक (सन् २०१२), "कुष्टिया सदर", বাংলাপিডিয়া: বাংলাদেশের জাতীয় এনসাইক্লোপিডিয়া (दोस्रो संस्करण), বাংলাদেশ এশিয়াটিক সোসাইটি।
- ↑ "Bangladesh Population and Housing Census 2011: Zila Report – Kushtia", Table P01 : Household and Population by Sex and Residence, Table P05 : Population by Religion, Age group and Residence, Table P09 : Literacy of Population 7 Years & Above by Religion, Sex and Residence, Bangladesh Bureau of Statistics (BBS), Ministry of Planning, Government of the People’s Republic of Bangladesh, अन्तिम पहुँच ९ डिसेम्बर २०१८। वेब्याक मेसिन अभिलेखिकरण १५ डिसेम्बर २०१८ मिति
- ↑ "জনসংখ্যার আদমশুমারি শাখা, বিবিএস", मूलबाट २००५-०३-२७-मा सङ्ग्रहित, अन्तिम पहुँच नोभेम्बर १०, २००६।
- ↑ "বাংলাদেশ উপজেলা তালিকা", উইকি শূন্য।