कुरिलो
कुरिलो एक औषधिजन्य वनस्पति हो । यसलाई संस्कृतमा सतावर, नारायणी, इन्द्रिवरी, शतपदी, शतविर्या, बहुसुता, शतमुली आदि नामले चिनिन्छ| यो नेपालका सबै जसो भू-भागमा पाईने बहुवर्षीय लहरा युक्त वनस्पति हो| काँडा सहितको काण्ड, मसिना झुप्पादार पात हुने यसका धेरै मसिना हाँगाहरु हुन्छन| फल चाहिं केराउका दाना जत्रा र कडा बीज युक्त हुन्छन| पाकेपछि फल राता वा नीला रंग क हुन्छन | यसका जरा सेता मुला आकारका तर औला जत्तिकै मसिना र धरै संख्यामा हुन्छन| आयुर्वेदमा यसलाई बुध्दिबर्धक, अग्नीबर्धक, बात, पित्त,शोक अनि शुक्र दुर्वलता निवारक, मानिन्छ| खास गरी यसको जरा लाई विभिन्न रोगहरूमा अत्यन्त लाभकारी औषधी को रूपमा प्रयोग गरिन्छ| स्त्रीहरूको रक्त प्रदर, स्वेतप्रदर तथा महिनावारी गडबडी र स्तन जन्य रोग र स्त्री पुरुष दुबैमा यौन दुर्बलता हटाउन यसको जरा सुकाएर बनाएको चुर्ण प्रत्येक दिन दुधसँग सेवन गर्नाले अप्रत्यासित लाभ हुन्छ| यसको कलिलो मुन्टा तरकारीको रूपमा खाइन्छ ।[१]
कुरिलो | |
---|---|
![]() | |
A bundle of cultivated Asparagus | |
वैज्ञानिक वर्गीकरण ![]() | |
जगत: | वनस्पति |
प्राकृतिक समूह: | फूल फुल्ने वनस्पति |
प्राकृतिक समूह: | एकदलीय वनस्पति |
गण: | Asparagales |
परिवार: | Asparagaceae |
उपपरिवार: | Asparagoideae |
वंश: | Asparagus L. |
प्रजाति: | A. officinalis
|
वैज्ञानिक नाम | |
Asparagus officinalis L. |
चित्र दिर्घासम्पादन
Three types of asparagus are on display, with white asparagus at the back and green asparagus in the middle. The plant at the front is Ornithogalum pyrenaicum, commonly called wild asparagus, and sometimes "bath asparagus".
यो पनि हेर्नुहोस्सम्पादन
सन्दर्भ सामग्रीहरूसम्पादन
- ↑ आचार्य बालकृष्ण (२००८), आयुर्वेद जडिबुटी रहस्य, दिव्य प्रकाशन , पतंजली योगपिठ , हरिद्वार इन्डिया|
बाह्य कडीहरूसम्पादन
विकिमिडिया कमन्समा कुरिलो सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्। |