कुमार मङ्गलम बिरला

(कुमार मंगलम बिरलाबाट अनुप्रेषित)

कुमार मंगलम बिरला (जन्म 14 जून १९६७) एक भारतीय उद्योगपति तथा आदित्य बिरला समुहका अध्यक्ष हुन् । बिरला समुह भारतमा सबै भन्दा ठुलो समुह निगम मध्ये पर्दछन् । यो समूह भारतको तेस्रो सबै भन्दा ठूलो व्यापारिक समूह हो । उहाँ बिरला प्रविधि तथा विज्ञान संस्थान का कुलपति पनि हुनु हुन्छ । [२] कुमार मंगलम बिरला विभिन्न नियामक तथा व्यावसायिक बोर्ड मा विभिन्न महत्त्वपूर्ण र जिम्मेदार पद मा प्रतिष्ठित रूपमा अहिले पनि रही आएका छन्।

कुमार मंगलम बिरला
जन्म (1967-06-14) जुन १४, १९६७ (उमेर ५६)
भारत
वासस्थानमुम्बई,भारत
राष्ट्रियताभारत
जातीयताहिन्दू[१]
मातृ शिक्षाप्रतिष्ठानमुम्बई विश्वविद्यालय
लण्डन बिजनेस स्कूल
पेशाआदित्य बिरला समूह का अध्यक्ष
जम्मा सम्पतिवृद्धिUS$७.९ बिलियन (2010)[१]
धर्महिन्दू
सन्तान

जीवनी सम्पादन गर्नुहोस्

कुमार मंगलम बिरलाको जन्म राजस्थान राज्यको एक मारवाडी व्यवसायी बिरला परिवारमा भएको थियो । चार्टर्ड एकाउन्टटेन्ट कुमार मंगलम बिरलाले लण्डन बिजनेस स्कूलबाट एम बी ए (MBA)को डिग्री हासिल गरे जहाँ उनी एक मानार्थ सदस्य पनि छन् । बिरलाकी एक पत्नी श्रीमती नीरजा कस्लीवाल र तीन बच्चाहरु अनन्याश्री, आर्यमन विक्रम र अद्वैतेषा छन् ।

व्यक्तिगत जीवन सम्पादन गर्नुहोस्

कुमार मंगलम बिरला र उनकी पत्नी, श्रीमती नीरजा बिरला का तीन छोराछोरी अनन्याश्री, आर्यमन विक्रम र अद्वैतेषा छन् । उहाँ महेश्वोरी समुदायका एक शाकाहारी बक्ति हुनु हुन्छ ।

पुरस्कार तथा सम्मान सम्पादन गर्नुहोस्

सन् २००६, मोंटे कार्लो मोनाको का अनस्ट एण्ड यंग उद्यमी पुरस्कार मा भारतको प्रतिनिधित्व गरे, जहाँ उनलाई अर्न्स्ट एण्ड यंग वर्षका विश्व उद्यमी एकाडमी का एक सदस्यका रूपमा सामिल गरेका थिए । सन् २००५, वर्षका अर्न्स्ट एण्ड यंग उद्यमी पुरस्कारले सम्मानित भए - भारत ।, बिजनेस टूडे द्वारा "सीईओ श्रेणीमा सर्वश्रेष्ठ युवा प्रदर्शन" को लागि नामांकन गरियो । र पीएचडी चेम्बर अफ कमर्स एण्ड इन्डसट्री - उद्योग रत्न । सन् २००४, वर्ल्ड इकोनोमिक फोरम (डावोस) द्वारा उनी यंग ग्लोबल लीडर्स मा चुनिएका थिए।, दुनिया भरिबाट एकत्रित भएका ८००० उम्मेदबार मा उनी चुनिए, जसमा फेरी ६०० जना चुनिए र अंततः २३७ को नामावली सूचीबद्ध गरिएको थियो, २८ ग्लोबल मीडिया लीडर्स को नामांकन समिति द्वारा यंग ग्लोबल लीडर्स लाइ चुनिएको थियो।, भारतीय कारोबार को लागि आफ्नो अनुकरणीय योगदान को सम्मान मा, बनारस हिन्दू विश्वविद्यालय ले बिरला लाइ डी. लिट (होनोरिस कौजा) डिग्री ले सम्मानित भएका थिए। र भारतीय व्यापार मा आफ्नो उद्यमी उत्कृष्टता तथा अनुकरणीय योगदान को अभिवादन को लागि, अल इन्डिया म्यानेजमेन्ट एसोसिएशन ले उनलाई आफ्नो "मानद फेलोशिप" प्रदान गर्यो । सन् २००३, कर्पोरेट उत्कृष्टता को लागि इकोनोमिक टाइम्स अवार्ड्स द्वारा "द बिजनेस लीडर अफ द इयर" को पुरस्कार दिइयो।, इकोनोमिक्स टाइम्स का "द बिज़नेस लीडर अफ द इअर" पुरस्कार को पछि उनलाइ बिजनेस इन्डिया को "बिज़नेस म्यान अफ द इअर - २००३" चुनिए। यो वास्तव मा ऐतिहासिक थियो, किनकी कहि अध्यक्ष/सीईओ को आज सम्म एक वर्षमै दुइ दुइ प्रतिष्ठित दिईएको छैन।, द नेशनल इन्स्टिच्युट अफ इन्ड्सस्ट्रीअल इन्जीरियरिंग (NITIE) - "द लक्ष्य - बिजनेस विज़नरी पुरस्कार" ।, भारत-अमेरिका सोसायटी का "यंग अचिवर पुरस्कार" । र "उत्कृष्टता को लागि २००३ विपणन र प्रबन्धन संस्थान पुरस्कार" । सन् २००२, क्विमप्रो फाउन्डेसन को "क्विमप्रो प्लेटिनम स्टेनडरड पुरस्कार" । र सीएनबीसी/आईएनएसईएडी प्रायोजित "एसियाई बिजनेस लीडर पुरस्कार २००२" को लागि पहिला पाँचच एसियाई व्यापार लीडरमा स्थान । सन् २००१, मुम्बई प्रदेश युवा कांग्रेस द्वारा "व्यावसायिक उत्कृष्टता तथा देश को लागि उनको योगदान को लागि" राजीव गांधी पुरस्कार ।, द नैशनल एचआरडी नेटवर्क (पुने) - "द आउटस्टैंडिंग बिजनेस म्यान अफ द इयर" ।, "व्यावसायिक उत्कृष्टता तथा उद्योग मा उनको योगदान" को लागि द जाइन्टस ईटरनेशनल पुरस्कार ।, द इन्स्टिच्युट अफ डाइरेक्टर्स को "बिजनेस लीडरशीप को लागि गोल्डेन पिकक नेशनल पुरस्कार" । र रोटरी क्लब को "अवार्ड फर वोकेशनल एक्सीलेन्स" । "सन् २०००", बम्बे मैनेजमेंट एसोसिएशन ले बिरला को "द मैनेजमेंट म्यान अफ द इयर १९९९-२०००" को रूप मा सम्मानित गरे । "सन् १९९९", लायन्स क्लब इन्टरनेसनल का "द अचिवर अफ द मिलेनियम" । र अहमदाबाद को रोटरी क्लब द्वारा "द लेजेंड अफ द कर्पोरेट वर्ल्ड" । "सन् १९९८", कुमार मंगलम बिरला एकमात्र यस्ता उद्योगपति थिए जसलाई अर्थ मन्त्रालय द्वारा भारत को प्रतिभूति तथा विनिमय बोर्ड को शासी बोर्ड (सेबी) मा एक सार्वजनिक पद को उम्मेदवार को रूप मा नियुक्त गरिएको थियो । उनले सेबी को कोर्पोरेट नियमन द्वारा १७ सदस्यीय समिति का अध्यक्ष का रूप मा आफ्नो योगदान दिए । जसको गठन १९९९ को मध्य मा भएको थियो र इनसाइडर ट्रेडिंग द्वारा सेबी समिति को अध्यक्ष का रूप मा काम गरे । र रोटरी क्लब को "अवार्ड फर वोकेशनल एक्सीलेन्स" प्राप्तकर्ता ।

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "#86 Kumar Mangalam Birla - The World's Billionares", फोब्स, २००९-०९-३०, मूलबाट २०१३-०६-२९-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१०-०३-१० 
  2. Profile वेब्याक मेसिन अभिलेखिकरण २०१२-११-१० मिति at Aditya Birla Group

बाह्य कडीहरू सम्पादन गर्नुहोस्