कुमारसम्भवम्
(कुमारसम्भवबाट अनुप्रेषित)
कुमारसम्भवम् संस्कृत भाषाका महाकवि कालिदास द्वारा रचित काव्य हो। यो संस्कृत भाषामा लेखिएको छ। महाकवि कालिदासद्वारा रचित कुमारसम्भव महाकाव्य कार्तिकेयको जन्मसँग सम्बन्धित छ । यो संस्कृतका पाँच महत्त्वपूर्ण महाकाव्यमध्ये एक हो । प्रस्तुत महाकाव्यमा यत्रतत्र स्मरणीय, रमणीय एवं मनोरम वर्णन पाइन्छ । यस महाकाव्यका अन्तर्वस्तुका रूपमा रहेको हिमालयको वर्णन, पार्वतीद्वारा गरिएको तपस्याको वर्णन, ब्रह्मचारीद्वारा गरिएको शिवनिन्दाको वर्णन, वसनत आगमन, पार्वती विवाह तथा रतिक्रिया वर्णनले पाठकमा अद्भुत अनुभूति उत्पन्न गराउँछ । कालिदासले यहाँ नारीका विविध रूपको वर्णन गरेको पाइन्छ । यस महाकाव्यमा सत्र सर्ग रहेका छन् । [१]
यो पनि हेर्नुहोस्
सम्पादन गर्नुहोस्विकिमिडिया कमन्समा कालिदास सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।
सन्दर्भ सामग्री
सम्पादन गर्नुहोस्- ↑ शर्मा, गोपीकृष्ण (दो.सं.२०५३), संस्कृत साहित्यको रूपरेखा काठमाडौँ : अभिनव प्रकाशन
बाह्य कडीहरू
सम्पादन गर्नुहोस्- सम्पूर्ण कुमारसम्भवम् देवनागरी लिपिमा वेब्याक मेसिन अभिलेखिकरण २०१०-१०-०३ मिति
- सबै अक्षरहरु रोमनमा
- युध्दको देवताको जन्म
- कुमारसम्भवम्को अनुसारण