कुटुमा कुटु वा कुटुमा कुटु सुपारी दाना २ रुपैयाँ चलचित्रको गीत हो । यस गीतले सुर्के थैली खै नामक गीतलाई उछिन्दै युट्युबमा सर्वाधिक हेरिएको नेपाली गीत बन्न सफल भएको थियो।[१] यस गीतको गायक राजन राज सिवाकोटी, मेलिना राई तथा राजन ईशान हुन् । यस गीतको रचनाकार राजन राज सिवाकोटी हुन् । यस गीतमा नायकहरू निश्चल बस्नेत, स्वस्तिमा खड्का, आसिफ शाह तथा बुद्धि तामाङको उपस्थिति छ।[२]

"कुटुमा कुटु"
राजन राण शिवाकोटी, मेलिना राई, राजन इसानको गीत
भाषानेपाली भाषा
प्रकाशित२०१७
सार्वजनिक२०१७
रेकर्ड२०१७
किसिमपप
लोक गीत
लेबलजि २१ प्रोडक्सन
गीतकार(हरू)राजन राज शिवाकोटी
ट्रयाक तालिका
  1. "दुई रुपया"
  2. "कुटुमा कुटु"
  3. "टल्क्यो जवानी"
साङ्गीतिक भिडियो
"Kutu Ma Kutu" युट्युबमा हेर्नुहोस्

सन्दर्भ साम्रगीहरू सम्पादन

  1. "'कुटुमा कुटु' गीतले बनायो नयाँ रेकर्ड", अन्नपूर्ण, १८ भदौ २०७४, अन्तिम पहुँच १७ आषाढ २०७९ 
  2. "यसरी रचिएको थियो चर्चित गीत ‘कुटुमा कुटु’", शिलापत्र, १४ वैशाख २०७६, अन्तिम पहुँच १७ आषाढ २०७९