किराँत काल

मुलबासी ।
(किराँत अधिराज्य बाट पठाईएको)

किराँत काल नेपालको इतिहासको एक काल खण्ड हो, जुन समयमा नेपालमा किराँतीहरूले शासन गर्दथे। प्रथम किराँती राजा यलम्बरले किराँत अधिराज्यको स्थापना गरेका थिए।[१] काठमाडौँ उपत्यकामा पाइएका नि‍योलि‍थि‍क उपकरणहरूबाट यो थाहा पाइन्‍छ कि‍ नेपालमा मानि‍सको बसोबास कम्‍ति‍मा पनि‍ ९ हजार वर्ष पहि‍लादेखि‍ हुँदै आएको छ| यसले देखाएको छ कि मानिसहरू जुन शायद किराँत जातिका थिए लगभग २५०० वर्ष अगाडि यहाँ बसोबास गर्दथे। पुर्खाको कथन अनुसार हामी नौलाख किराँती जंगली र पहाडीहरूको एक भुमीपुत्र मुलबासी हो, जुन मध्य एसिया, भारत र हिमालयबाट आएर बस्न थाले। नेपालमा २७ देखि ३२ किराँत राजाहरूले करिब ८०० वर्ष शासन गरे भन्ने कुरा विभिन्न ऐतिहासिक स्रोतहरूमा उल्लेख गरियेको छ ।[स्रोत नखुलेको] ति किरात राजा क सन्तानहरू मध्ये मा सुनुवार, देवान, राई, लिम्बु, याक्खा, गुरुङ, मगर, आदि इत्यादी जो नेपालमा मूल बासिको रुप मा चिनिन्छ। किरातहरूको सम्पूर्ण दाजु, भाईहरु राजा हुने चलन चल्ती लाई किरात शासन भनिन्छ: सबै ३२ किरात राजा को एक सूची तल दिइएको छ ।

  1. राजा श्री यलम्बर - ९० वर्ष,[स्रोत नखुलेको]
  2. राजा श्री पेलं - ८१ वर्ष,[स्रोत नखुलेको]
  3. राजा श्री मेलं - ८९ वर्ष,[स्रोत नखुलेको]
  4. राजा श्री चंमिं - ४२ वर्ष,[स्रोत नखुलेको]
  5. राजा श्री धस्कं - ३७ वर्ष,[स्रोत नखुलेको]
  6. राजा श्री वलंच - ३१ वर्ष ६ महिना,[स्रोत नखुलेको]
  7. राजा श्री हुतिं - ४० वर्ष ८ महिना,[स्रोत नखुलेको]
  8. राजा श्री हुरमा - ५० वर्ष,[स्रोत नखुलेको]
  9. राजा श्री तुस्के - ४१ वर्ष ८ महिना,[स्रोत नखुलेको]
  10. राजा श्री प्रसफुं - ३८ वर्ष ६ महिना,[स्रोत नखुलेको]
  11. राजा श्री पवः - ४६ वर्ष,[स्रोत नखुलेको]
  12. राजा श्री दास्ती - ४० वर्ष,[स्रोत नखुलेको]
  13. राजा श्री चम्ब - ७१ वर्ष,[स्रोत नखुलेको]
  14. राजा श्री कंकं - ५४ वर्ष,[स्रोत नखुलेको]
  15. राजा श्री स्वनन्द - ४० वर्ष ६ महिना,
  16. राजा श्री फुकों - ५८ वर्ष,[स्रोत नखुलेको]
  17. राजा श्री शिंघु - ४९ वर्ष ६ महिना,[स्रोत नखुलेको]
  18. राजा श्री जुलम् - ७३ वर्ष ३ महिना,[स्रोत नखुलेको]
  19. राजा श्री लुकं - ४० वर्ष,[स्रोत नखुलेको]
  20. राजा श्री थोरम् - ७१ वर्ष,[स्रोत नखुलेको]
  21. राजा श्री थुको - ८३ वर्ष,[स्रोत नखुलेको]
  22. राजा श्री वर्म्म - ७३ वर्ष ६ महिना,[स्रोत नखुलेको]
  23. राजा श्री गुंजं ७२ वर्ष ७ महिना,[स्रोत नखुलेको]
  24. राजा श्री पुस्क - ८१ वर्ष,[स्रोत नखुलेको]
  25. राजा श्री त्यपमि - ५४ वर्ष,[स्रोत नखुलेको]
  26. राजा श्री मुगमम् - ५८ वर्ष,[स्रोत नखुलेको]
  27. राजा श्री शसरू - ६३ वर्ष,[स्रोत नखुलेको]
  28. राजा श्री गंणं - ७४ वर्ष,[स्रोत नखुलेको]
  29. राजा श्री खिम्बुं - ७६ वर्ष,[स्रोत नखुलेको]
  30. राजा श्री गिरीजं - ८१ वर्ष,[स्रोत नखुलेको]
  31. राजा श्री खुरांज - ७८ वर्ष,[स्रोत नखुलेको]
  32. राजा श्री जितेगस्ती - ८५ वर्ष[स्रोत नखुलेको]

काठमाडौँ पछि बनेपा, धुलिखेल, पचाखल केहि वर्ष राज्य गरेको प्रमाण भेटिन्छ[२] त्यस पछि वल्लो किरात कोईच सुनुवारहरूले भोटेकोशी देखि दुधकोशी सम्म राज्य गरेकोथिए सन् १७६८ पछि पृथ्वीनारायण शाहले वल्लो किरातका कोइच सुनुवार राजासँग लडाई नगरी मुखिया पद दिने संझौत गरे पछि वल्लो किरात सबै नेपाल राज्यमा गबिएको थियो
माझ किरात खम्बुवानका खम्बुहाङहरू लाई पनि राइ पद दिएर खम्बुवानलाई पनि नेपाल राज्यमा गाबे भने पल्लो किरात मोराङ राज्य देवान (राजा)हरूले राज्य गरेको थिए,फेदाप लिम्बुवानका लिम्बुहरू पृथ्वीनारायण को पछ्यमा युद्ध लडेका थिए भने धेरै समय सम्म पनि लडाई गर्दा पनि हारजीत नभए पछि लिम्बु हाङ (राजा) र पृथ्वीनारायण शाह बिच नुनपानी सन्धि गरि लिम्बु हाङ (राजा)हरुलाई लिम्बुवान र सुब्बा पद दिई संझौत गरी पल्लो किरात मोराङ राज्यलाई पनि नेपाल राज्यसँग गाबे !

सन्दर्भ सूची सम्पादन गर्नुहोस्

  1. "किरात काल : नेपालको पुरानो र मौलिक सभ्यता", nepalisahityaghar.com, नेपाली साहित्य घर, अन्तिम पहुँच ९ जुन २०२३ 
  2. https://sancharkarmi.com/news-details/16417/2019-10-10