किमोनो (जापानी:きもの) जापनको परम्परागत एवम् राष्ट्रिय पोषाक हो । किमोनो, आयातकार आकारका लुगाका टुक्राहरूलाई, अङ्ग्रेजी 'टी आकारले' शरीरलाई बेरेर लगाइन्छ । यसमा हातका बाहुलासम्म लुगाको लम्बाइ, र लगाई अनुसार अन्य बनावटी भिन्नता हुने गर्दछन् । विविध सांस्कृतिक कार्यक्रम, चाडपर्व वा विशेष कार्यक्रम भएको समयमा किमोनो लगाइने गरिन्छ भने हालको आधुनिक जापनको समयमा लगाइनै पर्ने पोषाकका रूपमा लिइदैँन । साधारणतया: दैनिक जीवनमा पनि किमोनो लगाइने गरिन्छ । किमोनो, विशेष रूपमा वयस्क पुरुष वा महिलाले दैनिक रूपमा लगाउने पनि गर्दछन् ।[१]

किमोनो
कान्जीमा किमोनो
जापानी नाम
खान्जी 着物
फुकोवा सिटि हलमा किमोनो पहिरनमा महिला

जापानी शब्द किमोनो अनुसार, "कि" को अर्थ लगाउनु र "मोनो" को अर्थ सामन हुने गर्दछ । यसको शाब्दिक अर्थ "लगाउने कपडा" हुन आउँदछ ।

किमोनो लगाउने शैलीमा फरक भएपनि बायाँ पट्टा (collar) दायाँ माथि पारी लगाइएको हुन्छ । किमोनो लगाउँदा यससँग 'ओबी' (पोषाकको पछाडी पट्टी बनाइने) र किमोनो लगाउनु अघि अन्डर किमोनो पनि लगाइने गरिन्छ । किमोनो सँग भिन्नै किसिमको चप्पल (जोरी वा गेटा) पनि लगाइएका हुन्छन् र फरक मोजा (टेबी) पनि लगाइन्छन् ।[२] हालको समयमा किमोनो लाई दैनिक जीवनमा लगाइने प्रयास भएका छन् र विविध प्रकारको डिजाइन पनि बनाइने गरिएका छन् ।

इतिहास सम्पादन गर्नुहोस्

चिनियाँ लगाइले जापनमा कोफुन देखि हेइएन पिरेड सम्ममा ठुलो प्रभाव परेको बताइन्छ भने एक धारणा अनुसार किमोनो चिन बाटै उत्पन्न भएको मानिन्छ ।[३] हेयन पिरेड (सन् ७९४ देखि सन् ११९२) देखि, मुरोमाची काल (सन् १३३६ देखि सन् १५७३), र एडो पिरेड (सन् १६०३ देखि सन् १८६७) सम्म आइपुग्दा किमोनोमा विविध परिवर्तन हुँदै आएका छन् । अत्यन्तै, सूक्ष्म तवरले फरक तरिकालर बनाइएका किमोनोलाई कलाका रूपमा पनि हरिन्छ ।

सम्राट मेइजीको समय पश्चात् पश्चिम शैलीका लुगाहरूको प्रयोग बढी हुन थाल्यो । सन् १८७० देखि किमोनोको सट्टा पश्चिम लुगाहरू नै लगाइन थालिए । सन् १९२३ को कान्टो भूकम्पमा किमोनो लगाउने व्यक्तिहरू सजिलै लुटिन थालिए; किमोनो लगाउने व्यक्ति सजिलै दौडिन नसक्ने भए । साथै, किमोनो पुरानै तरिकाले बनाउँदा महगों हुन पुग्यो, मध्यम वर्गीय परिवारलाई किमोनो धेरै नै महँगो हुन पुग्यो । विवाहको समयमा पनि किमोनो भाँडामा लिएरै लगाउन थालियो । हालको समयमा पश्चिमी लुगा र अलिक सजिलो हुने युकाता लगाउने गरिन्छ ।

सन् २०१९, क्योटो को मेयरले आफू र आप्ना कर्मचारीहरू "किमोनो संस्कृति" लाई युनेस्को को संस्कृतिक सम्पदामा सुचिगत गर्न लागि परेका घोषणा गरेका थिए ।

मुल्य सम्पादन गर्नुहोस्

नयाँ महिलाले लगाउने किमोनो अमेरिकी १०००० सम्म पर्न सक्छ । सम्पूर्ण पोषाक, भित्री पोषाक, मोजा, जुत्ता र अन्य आवश्यक सामग्री गरी अमेरिकी २०००० सम्म नाघ्न पनि सक्दछ ।

प्रकारहरू सम्पादन गर्नुहोस्

महिलाले लगाउने किमोनो सम्पादन गर्नुहोस्

  • युकाता
  • फुरीसोडे
  • होमोङ्गी
  • इरोम्जि
  • एडो कोमोन
  • तोमेसुडे
  • सुकेसागे
  • उचीकाके
  • सिरोमुके
  • सुसोहिकि
  • जुनिहोते
 
परम्परागत उचिकाके किमोनो, सारस चराको बुट्टा भएको

पुरुषले लगाउने किमोनो सम्पादन गर्नुहोस्

आवश्यक वस्तुहरू सम्पादन गर्नुहोस्

कपडा हेरचाह सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. Sharnoff, Lora (१९९३), Grand Sumo, Weatherhill, आइएसबिएन 0-8348-0283-X 
  2. Hanami Web – Inside Japan. All rights reserved., "What Kimono Signifies", HanamiWeb, अन्तिम पहुँच २०१२-१०-२२ 
  3. Elizabeth LaCouture, Journal of Design History, Vol. 30, Issue 3, 1 September 2017, Pages 300–314 .

बाह्य कडीहरू सम्पादन गर्नुहोस्

शिल्प सामग्रीहरू सम्पादन गर्नुहोस्