किडरेक्स

वेब खोज संयन्त्र

किडरेक्स डट ओआरजी बालबालिकाहरका लागि सुरक्षित मानिएको एक वेब खोज इञ्जिन हो जसलाई गुगल अनुकूलन खोजीले सञ्चालन गर्ने गरेको छ।[१][२] साइटले गुगल सुरक्षित खोजीको प्रयोग गर्दछ र अनुचित वेबसाइट तथा शब्दहरूलाई आफ्नै भण्डारमा कायम राख्दछ। वेबसाइटको बनावट, हातले कोरिएको रङ्गीत सिसाकलम र रङ्गीन कलमको जस्तो छ। टाइम पत्रिकाले यसलाई सन् २०१३ को शीर्ष ५० वेबसाइटहरूको सूचिमा राखेको थियो र उक्त पत्रिकाले यसलाई गुगलसँग पनि तुलना गरेको थियो। यसलाई धेरै विद्यालयहरूले प्रयोग गर्दै आइरहेका छन्।[३]

किडरेक्स
साइटको प्रकार
सहायक कम्पनी
उपलब्ध भाषाअङ्ग्रेजी
युआरएलwww.alarms.org/kidrex/
दर्ताचाहिँदैन

ढाँचा सम्पादन गर्नुहोस्

किडरेक्स खोज परिणामहरू रङ्ग र दृश्य समावेश गरिएको हुन्छ जून डेस्कटप प्रयोगको लागि बनाइएको थियो। यसको वेबसाइट मोबाइल मैत्री भने छैन। एक निषेधित खोज शब्दले ४०४ रङ्गीन सिसाकलमको शैलीमा परिणाम पृष्ठमा त्रुटि देखाउँछ र प्रयोगकर्तालाई "पुनः प्रयास गर्न" आग्रह गर्दछ। सामाजिक सञ्चार माध्यमका वेबसाइटहरूलाई किडरेक्सद्वारा कडाइका साथ प्रतिबन्ध गरिएको थियो।[४]

इतिहास सम्पादन गर्नुहोस्

किडरेक्स डट ओआरजीलाई, डिसेम्बर २००८ मा प्रक्षेपण गरिएको थियो। सुरुवातको एक दशक पछि सन् २०१८ मा अज्ञात रकमका लागि यसलाई अल्राम्स डटओआरजीद्वारा अधिग्रहण गरिएको थियो।[५] अल्राम्स डट ओआरजी प्रदर्शन गर्दै आइरहेको विज्ञापनलाई उक्त वर्षमा हटाएको थियो। अधिग्रहण लगत्तै, वेबसाइटको डोमेन नाम प्रविष्ट गर्दा प्रयोगकर्ता यसको अभिभावक कम्पनी अल्राम्समा पुनर्निर्देशित हुन्छन्।[५][६] किडरेक्स प्रो अधिक सुविधाहरूको साथ वेबसाइट भुक्तान संस्करण हो। किडरेक्स प्रो हाल मर्मतका लागि बन्द गरिएको छ र नयाँ ब्राण्ड सेवामा पुनर्कल्पना गरिएको छ।

विवाद सम्पादन गर्नुहोस्

एक सुरक्षा अन्वेषकलाई यस खोजी इञ्जिनले वयस्क आधारित सामग्रीहरूका लागि खोजी परिणामहरूको प्रयोग गर्न सक्षम बनाएका कारण सन् २०१८ मा, किडरेक्सको "सुरक्षित" दाबी माथि शङ्का उत्पन्न गरिएको थियो। किडरेक्स र बालबालिकाहरूका लागि लक्षित अर्को सुरक्षित खोजी इञ्जिन, किडलले यौन अभिमुखीकरण सम्बन्धी शब्दहरूलाई प्रतिबन्ध गरेको थिए जसलाई प्रयोगकर्ताहरूले आलोचना गरेका थिए।[७]

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "KidRex Provides Hassle-Free Web Search Filtering for Kids", लाइफ ह्याकर, २००९-०२-०१।  वेब्याक मेसिन अभिलेखिकरण २०१३-११-२२ मिति
  2. "Use KidRex to Protect Your Children Online", पिसि वर्ल्ड, २००९-०५-२४।  वेब्याक मेसिन अभिलेखिकरण २०१२-०८-०६ मिति
  3. रोचम्यान, बोनी (मे १, २०१३), "सन् २०१३ का ५० उत्कृष्ट वेबसाइटहरू", टाइम, मूलबाट मे ११, २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच मे १२, २०१३ 
  4. "किडरेक्स र डाइनोसर्च - बालबालिकाहरूका लागि सुरक्षित खोज इञ्जिनहरू", डाइनो सर्च डटकम, अन्तिम पहुँच २०१९-१०-०४ 
  5. ५.० ५.१ "Welcome Kidrex! | National Council For Home Safety and Security" (अमेरिकी अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१९-१०-०४ 
  6. "KidRex Pro - Web Filtering", अल्राम्स डटकम, अन्तिम पहुँच २०१९-१०-०४ 
  7. "gay - KidRex", अल्राम्स डट ओआरजी, अन्तिम पहुँच २०१९-०२-०२ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्

ढाँचा:वेब खोज इञ्जिनहरू