किचकन्या, किचकण्डी वा किचकन्नी (हिन्दी: चुड़ैल; उर्दु: چڑیل) एक पौराणिक प्राणी वा स्त्रीका भूतहरू हुन् जसलाई दक्षिण एसियाली र दक्षिणपूर्वी एसियाली लोककथाहरूमा विशाल राक्षसहरूको रूपमा वर्णन गरिएको छ। विशेषगरी बङ्गलादेश, भारतपाकिस्तानमा यो निकै लोकप्रिय छ। कुनै-कुनै लोकसाहित्यका अनुसार जब कुनै स्त्रीको जन्मको समयमा वा गर्भवती हुँदा वा पीडाका कारण मृत्यु हुन्छ, तब सासू-ससुराका वा पुरुषसँग बदला लिनको लागि उसको आत्मा प्रेतमा परिणत हुनेे विश्वास गरिन्छ।[१] किनचन्या नेपाली समाजमा प्रचलित भ्रमात्मक पात्र पनि। किचकन्या जसलाई युवती महिला रूपी भुतका रूपमा पनि नेपाली समाजमा हेरिने गरिन्छ।

किचकन्या

किम्बदन्ति सम्पादन गर्नुहोस्

रानीपोखरीमा हात्तीमाथी राजाको मुर्ती बनाएर राख्नुमा एउटा किम्बदन्ति रहेको पाइन्छ। यो पोखरी बनेपछि राजा प्रताप मल्ल सधैं नुहाउन आउने गर्दथे, यसरी पोखरीमा नुहाउन आउने क्रममा राजाको एक किचकन्यासँग भेट भएर मायाप्रेम बसेछ। यसैक्रममा राजा र किचकन्याको संसर्गबाट किचकन्या गर्भवती समेत भइछ। यता राजा पनि दुब्लाउँदै गएको देखेर भाइभारदारहरू चिन्तित् भएर के कारणले यसरी राजा दुब्लाउँदै गएको भनेर खोजी भएछर र राजा र किचकन्याको प्रेम प्रसँग पत्ता लागेछ। त्यस्तै किचकन्या गर्भवती भएको कुरा पनि थाहा भएछ। यो कुरा पत्ता लागेपछि अचम्म हुनलाग्यो यसो हुनुहुँदैन भनेर भाइभारदार तथा गुरूपुरोहितहरू मिलेर किचकन्यालाई बसमा पारेछन। गर्भवती किचकन्याको भ्रूण सहित पोकोपरेर रानीपोखरीको छेउमा विशाल हात्ती त्यसमा राजा, रानी र युवराज सहित चढेको मुर्ती बनाएर त्यस हात्तीको अघिल्लो खुट्टाले किचकन्या र भ्रूण सहितको पोकोलाई कुल्चेर राखेमा पछि फेरि दु:ख दिदैन भनेर त्यसरी उक्त मु‍र्ती स्थापना गरिएको भन्ने किम्बदन्ति रहेको छ।

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

स्रोत सम्पादन गर्नुहोस्

  1. Crooke, William (१८९४), An Introduction to the Popular Religion and Folklore of Northern India, पृ: ६९ – Internet Archiveद्वारा।