काइकु
काइकु टुइटर र जाइकुको समान एक सूक्ष्म-ब्लगिङ र प्रत्यक्ष प्रवाह सेवा सेवा थियो।[२] यसले प्रयोगकर्ताहरूलाई छोटो पाठ वा तस्वीर युक्त सन्देश सार्वजनिक गर्न अनुमति दिन्थ्यो जसमा अन्य प्रयोगकर्ताहरूले पनि टिप्पणी गर्न सक्दछन्। टुइटर र जाइकुको तुलनामा, काइकुले बहुभाषामा ध्यान केन्द्रित गरेको थियो जसमा सबै सन्देशहरूमा चिन्ह लगाइएको थियो र उनीहरूको भाषामा आधारित खोजीयोग्य सामग्रीहरूको पेश गरिएको थियो। यसलाई १२ अक्टोबर, २०१२ मा बन्द गरिएको थियो। कम्पनीको प्रधान कार्यालय फिनल्यान्डको राजधानी हेल्सिन्कीमा अवस्थित थियो।
साइटको प्रकार | सुक्ष्म ब्लगिङ र तस्वीर साझेदारी |
---|---|
उपलब्ध भाषा | अङ्ग्रेजी फिनल्यान्डी |
मालिक | रोहिया र नेयामिन |
युआरएल | Qaiku.com |
अलेक्सा क्रम | ९,१४,३६४ (अप्रिल २०१४[उद्यतन])[१] |
व्यवसायिक | हो |
इतिहास
सम्पादन गर्नुहोस्काइकुलाई सन् २००९ को शरद ऋतुमा रोहियाद्वारा विकसित गरेका थिए।[३] जाइकुसँग प्रतिस्पर्धा गर्ने उद्देशका साथ यसलाई विकसित गरिएको थियो।[४] यसलाई ८ अक्टोबर २००७ मा गुगले खरिद गरेको थियो। [५]
वेबसाइटलाई मार्च ९ मा फिनल्यान्डका प्रयोगकर्ताहरूको लागि सुरु गरिएको थियो। पछि फिनल्यान्डि कम्पनी नेमेइन उक्त परियोजनामा सामेल भएको थियो।[६]
२९ जुलाई २००९ मा वेबसाइटलाई नयाँ भाषाहरूमा अनुवाद गर्नका लागि बाह्य योगदानकर्ताहरूलाई अपील गरिएको थियो। [७]
सेप्टेम्बर २००९ मा काइकु टोलीले कइकुको एक संस्करण सङ्गठनात्मक सूक्ष्म- ब्लगिङ लक्षित सेवाको रूपमा सफ्टवेयरको रूपमा प्रदान गरिने घोषण गरेको थियो।
७ अक्टोबर २००९ मा, कइकु इटालीयाली र पोल्याण्डि संस्करणको साथ विस्तार भएको थियो।[८]
१२ सेप्टेम्बर २०१२ मा, काइकुले, विभिन्न कारणका लागि १५ अक्टोबर २०१२ मा आफ्नो वेबसाइटलाई पूर्णरूपमा बन्द गर्ने घोषण गरेको थियो।[९]
सफ्टवेयर
सम्पादन गर्नुहोस्काइकु एक वेबसाइट थियो जुन मिडगार्ड सामग्री प्रबन्धन रूपरेखा अन्तर्गत निर्मित थियो। यसले दुबै डेस्कटप ब्राउजर र मोबाइल ब्राउजरहरूका लागि अनुकूलित दृश्य प्रदान गर्दथ्यो।
यो पनि हेर्नुहोस्
सम्पादन गर्नुहोस्सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "Qaiku.com Site Info", अलेक्सा इन्टरनेट, अन्तिम पहुँच २०१४-०४-०१। वेब्याक मेसिन अभिलेखिकरण २०१६-०३-०५ मिति
- ↑ "Qaiku.com - YAJC (Yet Another Jaiku Clone)", ArcticStartup, २००९-०३-११, अन्तिम पहुँच २००९-०६-११। वेब्याक मेसिन अभिलेखिकरण २००९-०७-११ मिति
- ↑ "Google Buys Software Firm", २००७-१०-१०, मूलबाट २००७-१२-२५-मा सङ्ग्रहित, अन्तिम पहुँच २००८-०१-२४। वेब्याक मेसिन अभिलेखिकरण २००७-१२-२५ मिति
- ↑ "Henri Bergius: why Qaiku might do what Twitter and Brightkite didn't", २००९-०६-०९, अन्तिम पहुँच २००९-०६-११।
- ↑ "Nemein participates in Qaiku development", २००९-०३-१३, मूलबाट २००९-०६-२९-मा सङ्ग्रहित, अन्तिम पहुँच २००९-०६-११। वेब्याक मेसिन अभिलेखिकरण २००९-०६-२९ मिति
- ↑ "People needed for translating Qaiku interface", २००९-०७-२९, अन्तिम पहुँच २००९-०७-३१। वेब्याक मेसिन अभिलेखिकरण २०११-०७-१५ मिति
- ↑ "Mikrobloggausalusta Qaiku tähtää nyt yrityksiin", २००९-०९-२९, अन्तिम पहुँच २००९-१०-२६।
- ↑ "Świetne wieści. Które mają teraz tłumaczenia na język włoski i polski dla Kaikou", २००९-१०-०७, अन्तिम पहुँच २००९-१०-२६। वेब्याक मेसिन अभिलेखिकरण २०११-०७-१५ मिति
- ↑ Qaiku.com – What Can We Learn From Failure? वेब्याक मेसिन अभिलेखिकरण २०१२-०९-२६ मिति