आइडेण्टि डट सिए अथवा आइडेण्टिका एक निःशुल्क र खुला स्रोत सामाजिक सञ्जाल तथा सूक्ष्म ब्लगिङ सेवा हो जसले गतिविधि प्रवाह प्रोटोकल प्रयोग गर्दै पम्प डटआईओ सफ्टवेयरमा आधारित छ। आइडेण्टि डटकाले सन् २०१३ मा नयाँ दर्ता स्वीकार गर्न रोकेको थियो, तर इ१४एनद्वारा प्रदान गरिएको अन्य पम्प डटआईओमा आधारित आयोजनाका साथ काम गर्न जारी राखेको थियो जसले नयाँ दर्तालाई स्वीकारेको थियो।[२]

आइडेण्टि डट सिए
साइटको प्रकार
सुक्ष्म ब्लगिङसामाजिक सञ्जाल सेवा
उपलब्ध भाषाअङ्ग्रेजी
मालिकइ१४एन डटकम
सर्जकएभन प्रोडोमो
युआरएलidenti.ca
अलेक्सा क्रमवृद्धि ३,१६,९०२ (मार्च २०१७)[१]
व्यवसायिकहो
दर्ताप्रकाशन गर्न आवस्यक
आइडेन्टी डटसिए
अनुमति पत्रअपाचे प्रमाणपत्र २.०
वेबसाइटidenti.ca Edit this on Wikidata

विशेषता सम्पादन गर्नुहोस्

पम्प डटआईओमा चल्ने आइडेण्टि डट सिए सामाजिक सञ्जल साइटहरू जस्तै फेसबुक र गुगल + सँग मिल्दोजुल्दो छ। असीमित लम्बाई स्थिति अद्यावधिक, गुणस्तरीय पाठ तथा तस्वीरहरूलाई प्रकाशन गर्न अनुमति दिन्छ। गतिविधि प्रवाह प्रोटोकलले खेलहरू जस्ता धेरै प्रकारका गतिविधिहरूलाई समर्थन गर्दछ।  ओपन फार्म गेम गतिविधि प्रवाहमा आधारित खेलको लागि एक नमू अनुप्रयोग हो। यसले ह्यासट्याग , समूह र विश्वव्यापी खोजीलाई भने समर्थन गर्दैन। 


इतिहास सम्पादन गर्नुहोस्

ष्ट्याटस डटनेट सम्पादन गर्नुहोस्

यस सेवाले २ जुलाई २००८ मा, ८,००० भन्दा बढी दर्ताहरू र १९,००० अद्यावधिकहरू सार्वजनिक रूपमा सेवा प्रक्षेपणको २४ घण्टा भित्र प्राप्त गरेको थियो र ४ नोभेम्बर २००८ मा[३] यसमा १,०००,००० अद्यावधिकहरू पुगेका थिए।[४][५] जनवरी २००९ मा, आइडेण्टि डटसिएले उद्यम पूँजी समूह मोण्ट्रिएल ष्टार्ट अपबाट लगानी कोष प्राप्त गरेको थियो।[६]

३० मार्च २००९ मा, कण्ट्रोल योरसेल्फ (हाल ष्ट्याटस नेट निगम) आइडेण्टि डटसिए मे २००९ मा प्रक्षेपण हुने ष्ट्याटस डटनेट नामक एक सूक्ष्म ब्लगिङ सेवाको भाग बन्ने घोषण गरिएको थियो। ष्ट्याटस डटनेटले ग्राहकहरूद्वारा छनौट गरिएको, एक उपडोमेन अन्तर्गत व्यक्तिगत सूक्ष्म ब्लगहरू प्रदान गरेको थियो जसका कारण आइडेण्टि डटसिए एक नि: शुल्क सेवा बनेको थियो। सबै सूचनाहरू क्रिएटिभ कमन्स एट्रिब्युसन ३.० अनुमति पत्र अन्तर्गत पूर्वनिर्धारित रूपमा प्रकाशित हुनेछन्, तर भुक्तान गर्ने ग्राहकहरू फरक अनुमति पत्र छनौट गर्न स्वतन्त्र हुनेछन्।[७]

पूर्व ष्ट्याटस डटनेटमा आधारित, ओष्ट्याटस  विशिष्टतामा निर्मित सूक्ष्म-ब्लगिङ सफ्टवेयर प्याकेज र पूर्व खुला सूक्ष्म ब्लगिङ विशिष्टतामा आधारित रहि, आइडेण्टि डटसिएले प्रयोगकर्ताहरूलाई अद्यावधिक चरित्र १४० शब्द सम्म लामो पाठहरू पठाउन अनुमति दिन्थ्यो जसलाई सूचना भनेर पनि चिनिन्छ। दुबै अवधारणा र सञ्चालनमा टुइटरको समान, आइडेण्टि डटसिए/ष्ट्याटस डटनेटले धेरै सुविधाहरू प्रदान गरेको थियो जसलाई हालसालै पनि टुइटर कार्यान्वयन गरेका छैनन्  । 

यसको अतिरिक्त, आइडेण्टि डटसिए/ष्ट्याटस डटनेटले साथीका साथीहरू मानकमा आधारित रहि व्यक्तिगत र "मित्र" आँकडाहरू निःशुल्क निर्यात र आदानप्रदान गर्नलाई अनुमति दिएको थियो।

पम्प डटआइओ सम्पादन गर्नुहोस्

पम्प डटआइओले अधिक सुविधाहरू प्रदान गर्ने र प्राविधिक रूपमा अझ उन्नत भएका कारण विकासकर्ता इभान प्रोड्रोमउले साइट विकास गर्नका लागि पम्प डटआइओ सफ्टवेयर मञ्चमा छनौट गरेका थिए। पम्प डट आइओ सफ्टवेयरमा परिवर्तनको तयारीका लागि डिसेम्बर २०१२ मा आइडेण्टि डटसिएलेदर्ता बन्द गरेको थियो।[८][९] उक्त रूपान्तरण १२ जुलाई २०१३ मा सम्पन्न भएको थियो।

पछि, प्रति सार्वजनिक सीमा १४० शब्द हटाइएको थियो।[१०] ह्यासट्याग[११] हाल सामग्री सार्वजनिकमा ढाँचा र तस्वीरहरू समावेश हुन सक्छन्। समूह, ह्यासट्याग र सूचीबद्ध लोकप्रिय पृष्ठ अझै पनि पम्प डटआईओमा लागू गरिएको छैन।[१२]

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "आइडेण्टिकाको जानकारी", अलेक्सा इण्टरनेट, अन्तिम पहुँच २०१७-०३-२८  वेब्याक मेसिन अभिलेखिकरण २०१९-०१-०३ मिति
  2. इभान प्रडोमो (२६ Mar २०१३), "No more new registrations on identi.ca", archive.org, मूलबाट डिसेम्बर २९, २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच २ Jan २०१५  वेब्याक मेसिन अभिलेखिकरण २९ डिसेम्बर २०१४ मिति
  3. "आइडेण्टिका", identi.ca, मूलबाट जुलाई ८, २००८-मा सङ्ग्रहित, अन्तिम पहुँच २००८-०७-०३  वेब्याक मेसिन अभिलेखिकरण २००८-०७-०८ मिति
  4. आइडेण्टिका वेब्याक मेसिन अभिलेखिकरण २००८-११-०६ मिति
  5. इभान प्रोडोमो (३ Jul २०१२), "FOUR MORE YEARS", status.net, मूलबाट २०१३-०८-२९-मा सङ्ग्रहित, अन्तिम पहुँच ८ Aug २०१३ 
  6. क्रोल, एलिष्टर, "Identi.ca Gets Funding to Make Open-source Twitter Variant", गिगाओम, अन्तिम पहुँच १७ अगस्ट २०१२  वेब्याक मेसिन अभिलेखिकरण २५ फेब्रुअरी २०१९ मिति
  7. "ष्टाटस डटनेट शीघ्र सञ्चालन हुने coming soon", controlyourself.ca, मार्च ३०, २००९, मूलबाट अप्रिल १, २००९-मा सङ्ग्रहित।  वेब्याक मेसिन अभिलेखिकरण अप्रिल १, २००९ मिति
  8. नेथन विलिस (मार्च २७, २०१३), "StatusNet, Identi.ca, and transitioning to pump.io", LWN.net, अन्तिम पहुँच २०१३-०५-०७ 
  9. Bryan Behrenshausen (जुलाई १५, २०१३), "pump.io: the decentralized social network that's really fun", opensource.com, अन्तिम पहुँच २०१३-०७-१५ 
  10. "Groups", अन्तिम पहुँच २०१३-०९-२५ 
  11. "Automatically link hash tags", अन्तिम पहुँच २०१३-०९-२५ 
  12. "Popular", अन्तिम पहुँच २०१३-०९-२५ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्