कविप्रसाद गौतम
काठमाडौँको पाको पोखल्ड्याङ, नयाँ सडकमा जन्मिएका कविप्रसाद गौतम (१९६०-२०४२) नेपालका त्यागी आध्यात्मिक व्यक्तित्वका रूपमा परिचित छन् । आध्यात्मिक साहित्यमा योगदान गर्ने गौतमका दशवटा कृति प्रकाशित छन् भने उनका निर्देशनमा लेखिएका १०८ जति आध्यात्मिक कृतिहरू प्रकाशित छन् । पशुपतिनाथ मन्दिरको पश्चिमपटि विक्रम सम्वत१९८६ मा गौतमले प्रारम्भ गरेको अखण्ड हरिकीर्तन आजसम्म चलिरहेको छ । [१]
प्रकाशित कृतिहरू
सम्पादन गर्नुहोस्- मुरली (निबन्ध १९९४),
- हरिनाम वितरण नाटक (२००३),
- पशुको पुकार (काव्य २०११),
- भावार्थ कुञ्ज (भावानुवाद २०१४),
- सख्यरस प्रथमखण्ड (२०३५)
- सख्यरस भाग १-४ (२०३५)
- सख्यरस सातौँ खण्ड (२०४१)
- सख्यरस आठौँ खण्ड (२०४१),
- भावार्थ कुञ्ज (१-८ स्कन्ध भागवत (२०४४),
- भावार्थ कुञ्ज (श्रीमद्भागवत सम्पूर्ण (२०५८),
सन्दर्भस्रोत
सम्पादन गर्नुहोस्- ↑ भट्टराई, घटराज (२०५६), (नेपाली लेखक कोश), काठमाडौँ : लक्ष्मीप्रसाद देवकोटा प्रतिष्ठान