कर्णाली डेभलपमेन्ट बैंक

कर्णाली डेभलपमेन्ट बैंक नेपालको ३ जिल्लाहरूमा सेवा सञ्चालन गर्ने अनुमति पाएको एक विकास बैङ्क हो। यसले नेपाल राष्ट्र बैंकबाट 'ख' वर्गको इजाजतपत्र प्राप्त गरेको छ।

कर्णाली डेभलपमेन्ट बैंक
व्यवसाय प्रकार
'ख' वर्गको इजाजतपत्र प्राप्त संस्था
उद्योगबैङ्किङ
स्थापित२०६० फागुन ६
केन्द्रीय कार्यालयनेपालगन्ज
सेवा क्षेत्र
बाँके
बर्दिया
दाङ[१]
मुख्य व्यक्ति
ओमप्रकाश मिश्र (अध्यक्ष)
नीरजविक्रम शाह (कार्यकारी अधिकृत)[२]

२०६० फागुन ६ गते स्थापना भएको कर्णाली डेभलपमेन्ट बैंक लिमिटेड नेपालको मध्य तथा सुदूर पश्चिमाञ्चल क्षेत्रको पहिलो विकास बैंक हो। बैंकको केन्द्रीय कार्यालय नेपालगन्जमा रहेको छ भने तुलसीपुर, घोराही, लमही, भालुवाङ, गढवा, कोहलपुर, खजुरा, बैजापुर, गुलरिया, सानोश्री, बाँसगढी, भुरीगाउँ, राजापुर, ठाकुरद्वारा, बिजौरी, सिसहनिया, शम्शेरगञ्ज र नारायणपुरमा रहेका १९ वटा शाखा कार्यालयहरू, ५ वटा एटिएम र मोबाइल बैंकिङ्ग सेवाहरु मार्फत बैंकिङ्ग सेवाहरू प्रदान गर्दै आइरहेको छ।

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. "Working Area of ‘B’ Class Development Banks In Nepal", इन्भेस्टो पेपर (नेपालीमा), १४ वैशाख २०८१। 
  2. "Board of Directors", कर्णाली डेभलपमेन्ट बैंक लिमिटेड (अङ्ग्रेजीमा), १४ वैशाख २०८१।