कमिक्स

कथन जस्तै तस्वीर र पाठलाई कुनै जानकारी प्रवाह गर्न प्रयोग गर्ने रचनात्मक काम

कमिक्स (अंग्रेजी; Comics/शब्दार्थ; चित्रकथा) एउटा विचार व्यक्त गर्ने मध्यम हो। यसमा आफ्ना विचारहरूलाई चित्रमा अक्षरचिन्नको प्रयोग गर्दै व्यक्त गरिन्छ। कमिक्समा एउटा कथालाई धेरैवटा चित्रहरूको मध्यमबाट व्यक्त गरिन्छ र चित्रहरू एकपछि अर्को आउने गर्छन् । अघिल्लो चित्रले कथामा अगाडि भएको घटनालाई जनाउने गर्छ, र पछिल्ला चित्रहरूले कथालाई क्रमश अगाडि बढाउने गर्छन् ।

एक कमिक्स स्िट्रप

कमिक्स धेरै प्रकारका हुने गर्छन् । कमिक्स स्िट्रप एउटा छोटो किसिमको कमिक्स हो जून पत्रिकाहरूमा प्रकाशित हुने गर्छ। जापानमा कमिक्स धेरै प्रसिद्ध छ र जापानका कमिक्सलाई संसारका धेरै ठाँउमा पढ्ने गरिन्छ। कमिक्सलाई जापानमा माङ्गा भनिन्छ र यो संसारका धेरै ठाँउमा यसै नामले चिनिने गर्छ।

सुरुमा अमेरिकामा प्रकाशित कमिक्स स्िट्रपहरु रमाइलो र हंसाउने किसिमका थिए। कमिक शब्दको अर्को अर्थ हांस उठ्नेपनि हो। आजकाल धेरै कमिक्सहरु गम्भीर भएपनि उनीहरूलाई "कमिक्स" नै भनिने गर्छ। कमिक्समा बोलिएका कुराहरूलाई शब्दका बेलूनमा राखेर देखाउने गरिन्छ।

केहि कमिक्स र त्यसका मुख्य पात्रहरू सम्पादन गर्नुहोस्

माङ्गा सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्