दौडाहा

निरिक्षण तथा सुपरीवेक्षेण गर्ने प्रचलन

दौडाहा विशेष गरी राणाकालीन समय १९०३ देखि २००७ सम्म निरिक्षण तथा सुपरीवेक्षेण गर्ने प्रचलन थियो। दौडाहाको महत्त्व भनेको कुनै जिल्लाको सबै सरकारी काम कारबाही र परिस्थितिको अनुगमन र जाँच गर्नु हुन्थ्यो। यसको मुख्य उद्देश्य सुदुरका जिल्लाहरूमा मुलुकी ऐनको पालना भए नभएको जाँच गर्नु र शान्ति सुव्यवस्था कायम गर्नु हुन्थ्यो।

राणा अधिकारीहरु पुर्वी नेपालको दैडाहा

दौडाहाका बखत कर्मचारीहरूको कामकारबाहीको निगरानी गर्ने; ऐन, सनद, र सवाल बमोजिम काम भए नभएको रेखदेख गर्ने; मुल्यांकन गर्ने; तोकिएको जिम्मेवारी पूरा नगर्ने कर्मचारीलाई सजाय गर्ने काम हुन्थ्यो। दौडाहाका बेला स्थानीय जनताको पीर मर्का र सरकारी कर्मचारी विरुद्धका उजुरी सुन्ने काम पनि हुन्थ्यो । [१]

दौडाहा भ्रमणको अवधि सरदर ३ देखि ४ महिना लामो हुन्थ्यो।

इतिहाससम्पादन

दौडाहा प्रचलन नेपालमा लामो समय देखि लिच्छवि काल, मल्ल काल र प्रारम्भिक शाह कालमा प्रचलित थियो। तर राणा कालमा प्रधानमन्त्री वीर शमशेरको समयमा यस प्रथाले व्यापकता पायो।

दौडाहा टोली संरचनासम्पादन

प्रत्येक दौडाहा टोलीमा सिपाहीहरु, अधिकारी, र श्री ३ महाराज प्रधानमन्त्रीले नियुक्त गरेको टोली नेता (हाकिम) हुन्थे। हाकिमको तह अनुसार टोलीको संरचना निर्भर हिन्थ्यो। हाकिमहरु विशेषतः बेरोलवाला राणा वा सर्वसाधारण पनि हुन्थे। तर कहिलेकाही रोलवाला राणा सदस्य पनि दौडाहामा जान्थे। [२]

विरासतसम्पादन

राजा महेन्द्रले वि.सं. २०१० को दशकमा दौडाहा प्रचलन व्युताएका थिए। महाराज स्वयं सरकारी अधिकारीहरुसँग दौडाहामा दूरदराजका गाउँ बस्तीमा पुग्नुभएको थियो। [२]

यो पनि हेर्नुहोससम्पादन

सन्दर्भसम्पादन

  1. डेनियल डब्लु, एडवार्डस , "दौडाहा (इन्सपेक्सन ) टुर सिस्टम अन्डर र राणाज" कन्ट्रीब्युसन तु नेप्लिज स्टडिज, भोलुम ३ , नं २ सन् १९७६ पृ. १०
  2. २.० २.१ जबरा, पुरुषोत्तम शमशेर (१९९०), श्री ३ हरूको तथ्य वृतान्त (नेपालीमा), भोटाहिटी, काठमाडौँ: विद्यार्थी पुस्तक भण्डार, आइएसबिएन 99933-39-91-1