सोल्लर अथवा कडी मोहि वा दहीलाई पकाएर बलाएको तरल खोनेकुरा हो। यसलाई दालको रूपमा भातसँग पनि खाने गरिन्छ। यो नेपालको पु्र्वी क्षेत्रमा सोल्लर र पश्चिमी क्षेत्रमा कडी नामले प्रख्यात छ।

प्राय नेपाली भान्सामा दहिको उपयोग हुन्छ । दहिका परीकार वा यसलाई प्रयोग गरेर बनाइने परीकारको छुट्टै स्वाद हुन्छ । दहि मात्र नभइए दहिबाट बन्ने मोहि, लस्सि, सोल्लर, दहिबडा धेरैलाई मन पर्दछ । अझ दहि मानव शरीरका लागि स्वस्थ्यकर मानिन्छ । दहिको सेवनले मानिसलाई मुटुरोगको सम्भावनाबाट बचाउँछ । दहिको सेवन गर्ने मानिसमा मुटुको रोग लाग्दैन । नियमित रुपमा दहीको सेवन गर्दा मुटुलाई स्वस्थ बनाउन मात्र नभई मुटुको रोगको सम्भाब्यतालाई समेत टार्ने गर्दछ । अमेरीकाको अमेरिकन जर्नल अफ हाइपरटेन्सनमा प्रकाशित अनुसन्धान रीर्पाेट अनुसार नियमित दहिको प्रयोग गर्ने मानिस सधै स्वस्थ्य रहने जनाइएको छ । हरेक दिन खानासंग दहीको प्रयोग गर्ने वयस्क मानिसलाई हाइपरटेन्सनको समस्या समेत हुँदैन । सातामा दुईपटक मात्र दही खाने मानिसलाई भविष्यमा हुने स्ट्रोक अर्थात पक्षाघातको समेत सम्भावना घटेर २० प्रतिशत झर्ने रीर्पाेटमा जनाइएको छ ।

सोल्लर बनाउने बिधि सम्पादन गर्नुहोस्