एसी मोटर
एसी मोटर एसी करेन्ट (एसी) द्वारा संचालन हुने विद्युतीय मोटर हो। एसी मोटरमा सामान्यतया दुई आधारभूत अंगहरू हुन्छन्:
- बाहिरी स्टेटर : यसमा तारको कोइल हुन्छन् जसमा एसी करेन्टप्रवाह गराइन्छ र यसमा रोटेटिङ म्याग्नेटिक फिल्ड उत्पादन हुन्छन्,
- भित्री रोटर: रोटरमा आउटपुट शाफ्टमा जोडिएको हुन्छ दोस्रो रोटेटिङ म्याग्नेटिक फिल्ड उत्पादन गर्दछ। रोटर चुम्बकीय क्षेत्र स्थायी चुम्बक, वा डीसी वा एसी विद्युतीय वाइन्डिङद्वारा उत्पादन गर्न सकिन्छ।
सञ्चालन सिद्धान्तहरू
सम्पादन गर्नुहोस्एसी मोटरका दुई मुख्य प्रकारहरू इन्डक्सन मोटर र सिङ्क्रोनास मोटर हुन्।
इतिहास
सम्पादन गर्नुहोस्एसी करेन्ट प्रविधिको आविष्कार माइकल फ्याराडे द्वारा भएको थियो र जोसेफ हेनरी ले १८३०-३१ मा परिवर्तनशील चुम्बकीय क्षेत्र सर्किट विद्युतीय प्रवाहलाई प्रेरित गर्न सक्छ भन्ने पत्ता लगाएका थिए । फ्यारडेलाई सामान्यतया यस खोजको श्रेय दिइन्छ किनभने उनले आफ्नो निष्कर्ष पहिले प्रकाशित गरे।[१]