एरिक लामेला

फुटबल खेलाडी

एरिक लामेला (जन्म: ४ मार्च १९९२) एक अर्जेन्टिनी व्यावसायिक फुटबल खेलाडी हुन जसले अङ्ग्रेजी क्लब टोटनह्यामअर्जेन्टिना राष्ट्रिय फुटबल टोलीका लागि मध्यपङ्क्तिको रूपमा खेल्दछन्।

एरिक लामेला
सन् २०१६ मा लामेला टोटनह्याम हट्स्परको लागि खेल्दै
व्यक्तिगत जानकारी
पुरा नाम एरिक मानुएल लामेला[१]
जन्म मिति (1992-03-04) ४ मार्च १९९२ (उमेर ३२)[२]
जन्म स्थान बुयेनोस आइरेस, अर्जेन्टिना
उचाइ १.८३ मी[३]
खेल्ने स्थान(हरू) मध्यपङ्क्ति र आक्रामक मध्यपङ्क्ति[४]
क्लब जानकारी
वर्तमान टोली
टोटनह्याम हट्स्पर
सङ्ख्या ११
युवा करियर
क्लुब आत्लेतिको रिबेर प्लेत
वरिष्ठ करियर*
वर्ष टोली उपस्थिति (गोल)
सन् २००९–२०११ क्लुब आत्लेतिको रिबेर प्लेत ३६ (४)
सन् २०११–२०१३ आएस रोमा ६२ (१९)
सन् २०१३– टोटनह्याम हट्स्पर १५७ (१६)
अन्तर्राष्ट्रिय करियर
सन् २०११–२०१२ २० वर्ष मुनि (३)
सन् २०११– अर्जेन्टिना २५ (३)
*क्लब घरेलु लिग उपस्थिति र गोल , अद्यवाधिक: १८:४१, ४ अक्टोबर २०२० (युटिसी)
‡ राष्ट्रिय टोली उपस्थिति र गोल, अद्यवाधिक: ०३:४२, २१ नोभेम्बर २०१८ (युटिसी)

लामेला अङ्ग्रेजी क्लब टोटनह्याम हट्स्पर र अर्जेन्टिना राष्ट्रिय फुटबल टोलीका आक्रमक मध्यपङ्क्तिका खेलाडी हुन्। सन् २००९ मा लामेलाले १७ वर्षको उमेरमा क्लुब आत्लेतिको रिबेर प्लेत नामक एक फुटबल क्लब मार्फत व्यावसायिक फुटबल खेलजीवनको सुरुवात गरेका थिए। उक्त क्लबसँगको २ वर्ष बसाइँमा उनले क्लबका लागि कुल ३६ उपस्थितिहरू जनाएका थिए। सन् २०११ मा उनी इटालेली क्लब रोमामा १ करोड २० लाख को लागतमा आवद्ध भएका थिए। सन् २०११ को सेरिए आको संस्करण पश्चात् उनी प्रिमियर लिग नामक एक अङ्ग्रेजी सर्वोच्च लिगमा प्रतिस्पर्धा गर्ने क्लब टोटनह्याम हट्सपरमा आवद्ध भएका थिए। रोमाका लागि सन् २०११ देखि सन् २०१३ सम्ममा उनले रोमाका लागि कुल ६२ उपस्थितिहरूमा जम्मा १९ गोल गर्न सफल भएका थिए। सन् २०११ मा उनले अर्जेन्टिना २० वर्ष मुनिको राष्ट्रिय फुटबल टोलीको तर्फबाट अन्तर्राष्ट्रिय फुटबल खेलजीवनको सुरुवात गरेका थिए। सन् २०१५ र सन् २०१६ संस्करणको कोपा आमेरिकामा उनी राष्ट्रिय टोलीको तर्फबाट खेलहरूमा सहभागिता जनाएका थिए भने उक्त दुवै प्रतियोगिताहरूमा राष्ट्रिय टोलीले दोस्रो स्थान प्राप्त गरेको थियो।

क्लब खेलजीवन सम्पादन गर्नुहोस्

टोटनह्याम हट्सपर सम्पादन गर्नुहोस्

 
सन् २०२० मा लामेल टोटनह्याम हट्स्परमा

सन् २०१३ अगस्ट ३० का दिन लामेला प्रिमियर लिग नामक इङ्ल्यान्डको सर्वोच्च लिगमा प्रतिस्पर्धा गर्ने क्लब टोटनह्याम हट्सपरमा आवद्ध भएका।[५][६] उनी इटालेली क्लब रोमाबाट सुरुमा २ करोड ५८ लाख युरो र थप ४० लाख २० हजार युरोको लागतमा टोटनह्याममा आवद्ध भएका थिए जसकारण उनी त्यससमयका सर्वाधिक महङ्गा खेलाडी बन्न सफल भएका थिए। [७]

सन् २०१३ सेप्टेम्बर १ का दिन लामेलाले टोटनह्याम हट्सपरको तर्फबाट प्रिमियर लिगमा पर्दापण गरेका थिए भने उनी उनको व्यक्तिगत पहिलो खेलको ७५औँ मिनेटमा आर्सनल फुटबल क्लब विरुद्ध मैदान उत्रिएका थिए।[८] लामेलाको पहिलो खेलमा टोटनह्याम हट्सपर पराजित हुन पुगेको थियो।[९] सन् २०१३ सेप्टेम्बर १९ का दिन लामेलाले त्यस वर्षको युएफा युरोपा लिगमा त्रोम्सको विरुद्ध पहिलो खेल खेलेका थिए भने उक्त खेल हट्सपरले ३-० गोल अन्तरले जित्न सफल भएको थियो।[१०] २२ सेप्टेम्बरका दिन कार्डिफ सिटी विरुद्ध आयोजित प्रिमियर लिग चरणको खेलमा लामेलाले क्लबलाई जित दिलाउनका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए भने उक्त खेलमा टोलीले सङ्घर्षपूर्ण गोल गर्दै जित हासिल गरेको थियो।[११] ७ नोभेम्बर २०१३ का दिन लामेलाले युरोपा लिगमा सेराफ तेरिसफोलको विरुद्ध आयोजित खेलमा टोटनह्याम हट्सपरले २-१ गोल अन्तरको जित निकालेको थियो।[१२] उक्त खेलको १७ दिन पश्चात् म्यानचेस्टर सिटी विरुद्ध आयोजित प्रिमियर लिग चरणको खेलमा क्लब ६-० को फराकिलो गोल अन्तरले हार बेहोरेको थियो। [१३]

सन् २०१४-१५ प्रिमियर लिग संस्करण लामेलाले क्लबका नयाँ अर्जेन्टिनी प्रशिक्षक माउरिसिनो पोचेतिनोको अधीनमा सुरु गरेका थिए।[१४] सन् २०१४-१५ प्रिमियर लिगको सुरुवाती खेलमा लामेला वेस्टह्याम विरुद्धको खेलमा मैदान उत्रिएका थिए जुन उनको सन् २०१४-१५ संस्करणको पहिलो खेल थियो।[१५] २४ अगस्टका दिन आयोजित क्विन पार्क रेन्जर्स विरुद्धको खेल हट्सपरले ४-० गोल अन्तरले जित्न सफल भएको थियो भने उक्त खेलमा लामेलाले उत्कृष्ट प्रदर्शन गरेका थिए।[१६][१७] सन् २०१४ अक्टोबर २३ का दिन लामेलाले युएफा युरोपा लिगको एक खेलमा युनानी क्लब आस्त्रेस त्रिपोली विरुद्ध पहिलो गोल गर्न सफल भएका थिए भने उक्त खेल क्लबले ५-१ गोल अन्तरले जित्न सफल भएको थियो।[१८][१९] सन् २०१४ डिसेम्बर २० का दिन आयोजित प्रिमियर लिगको खेलमा लामेलाले बर्नलीको विरुद्ध पहिलो गोल गरेका थिए भने उक्त खेलमा क्लबले २-१ गोल अन्तरले जित हासिल गरेको थियो।[२०] सन् २०१५ मार्च १ का दिन लामेलाले युरोपा लिगको अन्तिम खेलमा चेल्सीको विरुद्ध मैदान उत्रिएका थिए भने उक्त खेलमा क्लब २-० गोल अन्तरले पराजित हुँदै दोस्रो विजेताको रूपमा चित्त बुझाउनु परेको थियो। [२१][२२]

सन् २०१५-१६ को प्रिमियर लिग संस्करणमा पनि उनी मध्यपङ्क्तिको खेलाडीको रूपमा लिग तथा बाह्य खेलहरूमा सहभागिता जनाएका थिए।[२३] सन् २०१४-१५ संस्करणको लिगम क्लबले तेस्रो स्थान प्राप्त गरेको थियो। त्यस वर्षकको युएफा युरोपा लिगमा लामेलाले राम्रो सुरुवात गरेका थिए। सन् २०१५ सेप्टेम्बर १७ का दिन आयोजित काराबाह फुटबल क्लब विरुद्धको खेलमा लामेला त्यस संस्करणको पहिलो गोल गर्न सफल भएका थिए भने क्लबले उक्त खेल ३-१ गोल अन्तरले जित्न सफल भएको थियो।[२४] १ अक्टोबरका दिन मोनाको विरुद्ध आयोजपत खेलामा लामेलाले गोल गर्न सफल भएकन थिए। १० डिसेम्बरका दिन लामेलाले मोनाको विरुद्ध आयोजित युरोपा लिगको खेलमा लामेलाले पहिलोपटक ह्याट्रिक गोल गर्न सफल भएका थिए भने उक्त खेलमा क्लबले ४-१ गोल अन्तरले जित हासिल गरेको थियो।[२५] २७ सेप्टेम्बरका दिन म्यानचेस्टर सिटीको विरुद्ध आयोजित खेलमा लामेलाले पहिलो गोल गर्न सफल भएका थिए भने उक्त खेलमा क्लबले ४-१ गोल अन्तरले जित हासिल गरेको थियो।[२६] सन् २०१५-१६ लिग संस्करणमा लामेलाले कुल ५ गोल गर्न सफल भएका थिए। [२७]

सन् २०१६-१७ संस्करणको प्रिमियर लिगको सुरुवाती खेल हट्सपर र एभर्टन बीच गोडिसन पार्कमा आयोजना गरिएको थियो भने उक्त खेलमा लामेलाले खेलको दोस्रो हाफमा मैदान प्रवेश गर्दै क्लबको तर्फबाट सुरुवाती गोल गर्न सफल भएका थिए यद्यपि खेल १-१ को बराबरीमन टुङ्गिएको थियो।[२८] सन् २०१६ को अक्टोबर महिनामा उनी चोट ग्रस्त भएका कारण आगामी सबै लेखहरूमा सहभागिता जनाउन असमर्थ बनेका थिए। [२९][३०]

चोटका कारण लगभग १ वर्ष विश्राम गरेका लामेला सन् २०१७-१९ को प्रिमियर लिग संस्करणमन चोट मुक्त भई पुनः प्रतियोगिताहरूमा सहभागी हुन सुरु गरेका थिए।[३१] सन् २०१७ नोभेम्बर २८ का दिन आयोजित लेस्टर सिटी विरुद्धको खेलमा उनी अतिरिक्त खेलाडीको रूपमा मैदान प्रवेश गरेका थिए।[३२] उनले क्लबका तर्फबाट पहिलो गोल गर्न सहायता प्रदान गरेतापनि क्लब लेस्टर सिटीसँग २-१ गोल अन्तरले पराजित भएको थियो।[३३] सन् २०१७ डिसेम्बर १३ का दिन ब्राइटन एन्ड होभ एल्बियन विरुद्धको खेलमा उनले टोटनह्यामको प्रतिनिधित्व गरेका थिए भने उक्त खेल क्लबले २-० गोल अन्तरले हात पार्न सफल भएको थियो।[३४] सन् २०१८ फेब्रुअरी ७ का दिन न्युपोर्ट कन्ट्रीका विरुद्ध आयोजित एफएक कपमन लामेलाले यस संस्करणको पहिलो गोल गर्न सफल भएका थिए।

सन् २०१८ जुलाई २० का दिन लामेलाले हट्सपरसँगको नयाँ सम्झौता पत्रमा हस्ताक्षर गरी क्लबमा सन् २०२२ सम्म आवद्ध हुने भएका थिए। [३५] सन् २०१८-१९ को प्रिमियर लिग संस्करणमा लामेलाले लिभरपुल विरुद्ध क्लब लागि पहिलो गोल गर्न सफल भएका थिए तर क्लबले अग्रतालाई जोगाउन नसक्दा लिभरपुल विरुद्धको खेलमा २-१ गोल अन्तरले पराजित हुन पुगेको थियो। त्यसपछि ब्राइटन विरुद्धको खेलमा लामेलाले क्लबका तर्फबाट पहिलो गोल गरेका थिए भने उनको गोलको सहयोगमा क्लबले ब्राइटनलाई २-१ गोल अन्तरले पराजित गरेको थियो।[३६] एएफएल कपमा वाटफोर्डका विरुद्ध आयोजित खेलमा लामेलाले क्लबका तर्फबाट पहिलो गोल गर्न सफल भएका थिए। सन् २०१८ अक्टोबर ३ का दिन युएफा च्याम्पियन्स लिगमा स्पेनी क्लब बार्सिलोना विरुद्धको खेलमा लामेलाले क्लबको तर्फबाट पहिलो गोल गरेता पनि खेलमा बार्सिलोना हावी हुँदै ४-२ क्लबलाई ४-२ अन्तरले पछि पारेको थियो।[३७] प्रिमियर लिग चरणको खेलमा टोटनह्याम र वेस्टह्याम युनाइटेड विरुद्धको खेलमा लामेलाले क्लबको तर्फबाट पहिलो गोल गरेका थिए उक्त गोननै खेलको निर्णाय गोल सावित भएको थियो।[३८] सन् २०१९-२० प्रिमियर लिग संस्करणको अन्तर्गत हट्सपर र म्यानचेस्टर सिटी बीचको खेलमा लामेलाले क्लबका लागि संस्करणको पहिलो ग‍ोल गर्न सफल भएका थिए जुन खेललाई सन् २०१९ अगस्ट १७ का दिन आयोजना गरिएको थियो।[३९] उक्त खेलमा लामेलाले क्लबका तर्फबाट गोल गर्नका लागि लुकास मौरालाई सहायतम प्रदान गरेका थिए भने उक्त खेल २-२ को बारबरीमा टुङ्गिएको थियो।[४०]

अन्तर्राष्ट्रिय खेलजीवन सम्पादन गर्नुहोस्

सन् २०११ मा लामेलाले २० वर्ष मुनिको राष्ट्रिय टोलीको तर्फबाट अन्तर्राष्ट्रिय फुटबल खेलजीवनको सुरुवात गरेकम थिए।[४१] सन् २०११ को फिफा यु-२० विश्वकपका लागि राष्ट्रिय टोली गठन गर्ने क्रममा उनलाई पनि २० वर्ष मुनिको राष्ट्रिय टोलीको एक खेलाडीको रूपमा सूचीबद्ध गरिएको थियो।[४२] कोलोम्बियामा आयोजित उक्त प्रतियोगितामा लामेलाले राष्ट्रिय टोलीको तर्फबाट कुल ४ उपस्थितिहरूमा जम्मा ३ गोल गर्न सफल भएका थिए। सन् २०११ मे २५ का दिन पाराग्वे विरुद्ध आयोजित एक अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा लामेलाले वरिष्ठ राष्ट्रिय टोलीको तर्फबाट ठूला प्रतियोगिताहरूमा भाग लिन सुरु गरेका थिए।[४३] सन् २०१४ सेप्टेम्बर ३ का दिन जर्मनीका विरुद्ध आयोजित एक खेलमा लामेलाले राष्ट्रिय टोलीको तर्फबाट पहिलो अन्तर्राष्ट्रिय गोल गर्न सफल भएका थिए भने उक्त खेल राष्ट्रिय टोलीले २-० गोल अन्तरले जित्न सफल भएको थियो।[४४] सन् २०१५ मा चिलेमा आयोजित कोपा आमेरिकाको संस्करणमा अर्जेन्टिना राष्ट्रिय टोली गठन गर्ने क्रममा लामेलालाई पनि २३ पुरुष खेलाडीको वरिष्ठ टोलीमा समावेश गरिएको थियो भने राष्ट्रिय टोलीको प्रशिक्षक भूमिका हेरार्दो मार्तिनोले गरेका थिए।[४५] उक्त प्रतियोगिताको अन्तिम खेलमा राष्ट्रिय टोली चिले विरुद्धको खेलमा पराजित भएका कारण टोलीले दोस्रो स्थानमा चित्त बुझाउनु परेको थियो। सन् २०१६ मा संयुक्त राज्य अमेरिकामा आयोजित कोपा आमेरिका सेन्तेनारिओ नामक एक अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताका लागि अर्जेन्टिना राष्ट्रिय टोली गठन गर्ने क्रममा लामेलालाई पनि २३ पुरुष खेलाडीको वरिष्ठ टोलीमा समावेश गरिएको थियो भने राष्ट्रिय टोलीको प्रशिक्षक भूमिका हेरार्दो मार्तिनोले गरेका थिए।[४६] लामेलाले उक्त प्रतियोगितामा राष्ट्रिय टोलीको प्रतिनिधित्व गर्दै टोलीका लागि सबै खेलहरू खेलेक थिए भने बोलिभिया विरुद्ध आयोजित खेलमा राष्ट्रिय टोलीले ३-० गोल अन्तरले जित हासिल गरेको थियो।[४७] उक्त प्रतियोगिताको अन्तिम खेलमा टोली चिले विरुद्ध पराजित हुँदै दोस्रो स्थानमा प्राप्त गरेको थियो। सन् २०१८ मा लामेलालाई राष्ट्रिय टोलीका तर्फबाट अन्तर्राष्ट्रिय खेलहरूमा सहभागिता जनाउनका लागि २ वर्ष पश्चात् बोलाइएको थियो।[४८]

कार्यकाल तथ्याङ्क सम्पादन गर्नुहोस्

सन्दर्भ सामाग्रीहरू सम्पादन गर्नुहोस्

  1. "Erik Lamela", L'Équipe (फ्रान्सेलीमा) (Paris), अन्तिम पहुँच १५ फेब्रुअरी २०१९ 
  2. "Erik Lamela", बेरी ह्युगम्यानका फुटबल खेलाडीहरू, अन्तिम पहुँच १५ फेब्रुअरी २०१९ 
  3. "Erik Lamela" (जर्मनेलीमा), German Football Association, अन्तिम पहुँच ६ फेब्रुअरी २०१९ 
  4. "Erik Lamela", Tottenham Hotspur F.C., अन्तिम पहुँच ८ डिसेम्बर २०१६ 
  5. "We are delighted to announce that we've reached agreement with AS Roma for the transfer of Erik Lamela", Tottenham Hotspur Twitter, अन्तिम पहुँच ३० अगस्ट २०१३ 
  6. "Erik Lamela: Tottenham confirm the signing of Roma forward", BBC Sport, ३० अगस्ट २०१३, अन्तिम पहुँच ३० अगस्ट २०१३ 
  7. "Transfer news: Tottenham complete club record £30m deal for Roma winger Erik Lamela", The Independent, ३० अगस्ट २०१३, अन्तिम पहुँच ६ सेप्टेम्बर २०२० 
  8. Magowan, Alistair (१ सेप्टेम्बर २०१३), "Arsenal 1–0 Tottenham", BBC Sport, अन्तिम पहुँच १ सेप्टेम्बर २०१३ 
  9. "Tottenham Hotspur 3 Tromso 0: match report", The Daily Telegraph, २० सेप्टेम्बर २०१३, अन्तिम पहुँच २२ अप्रिल २०१४ 
  10. "Cardiff 0–1 Tottenham", BBC Sport, २२ सेप्टेम्बर २०१३, अन्तिम पहुँच २२ अप्रिल २०१४ 
  11. "Villas-Boas admits Lamela struggles", ESPN, २९ नोभेम्बर २०१३, अन्तिम पहुँच २२ अप्रिल २०१४ 
  12. "Tottenham's Jermain Defoe breaks club scoring record in win over Sheriff", The Guardian, ८ नोभेम्बर २०१३, अन्तिम पहुँच २२ अप्रिल २०१४ 
  13. "Man City 6–0 Tottenham Hotspur", BBC Sport, २४ नोभेम्बर २०१३। 
  14. "Erik Lamela: Injured Tottenham midfielder to miss end of season", BBC Sport, १७ अप्रिल २०१४, अन्तिम पहुँच २२ अप्रिल २०१४ 
  15. "Erik Lamela should not be written off on the basis of one poor season", The Guardian, २० अगस्ट २०१४, अन्तिम पहुँच २३ अगस्ट २०१४ 
  16. "AEL Limassol vs Tottenham match report: Erik Lamela shrugs off last season’s woes to set up Spurs fightback", The Independent, २१ अगस्ट २०१४, अन्तिम पहुँच २८ अक्टोबर २०१९ 
  17. "Lamela shines in 4–0 win", BBC Sport, २४ अगस्ट २०१४, अन्तिम पहुँच ८ सेप्टेम्बर २०१४ 
  18. "Replay: Lamela with a world class rabona", ITV, २३ अक्टोबर २०१४, मूलबाट २४ अक्टोबर २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच २३ अक्टोबर २०१४ 
  19. "Top ten goals of the UEFA Europa League season", UEFA, २९ मे २०१५, अन्तिम पहुँच २८ अक्टोबर २०१९ 
  20. Higginson, Mark (२० डिसेम्बर २०१४), "Tottenham Hotspur 2–1 Burnley", BBC Sport, अन्तिम पहुँच २३ डिसेम्बर २०१४ 
  21. "Chelsea 2-0 Tottenham Hotspur", BBC Sport, १ मार्च २०१५, अन्तिम पहुँच २८ अक्टोबर २०१९ 
  22. Menno, Dustin (२ जुन २०१५), "Spurs 2014-15 Season in Review: Erik Lamela", Cartilage Free Captain, अन्तिम पहुँच २८ अक्टोबर २०१९ 
  23. Law, Matt (१५ मे २०१६), "Tottenham Hotspur season review 2015-16: How did Spurs mount a title bid?", The Guardian, अन्तिम पहुँच ३ नोभेम्बर २०१९ 
  24. Hafez, Shamoon (१ अक्टोबर २०१५), "Monaco 1-1 Tottenham Hotspur", BBC Sport, अन्तिम पहुँच ३ नोभेम्बर २०१९ 
  25. Higginson, Marc (१० डिसेम्बर २०१५), "Tottenham Hotspur 4–1 Monaco", BBC Sport, अन्तिम पहुँच ११ डिसेम्बर २०१५ 
  26. Sanghera, Mandeep (२६ सेप्टेम्बर २०१५), "Tottenham Hotspur 4–1 Manchester City", BBC Sport, अन्तिम पहुँच २७ सेप्टेम्बर २०१५ 
  27. "Erik Lamela Profile, Stats and News", Tottenham Hotspur, अन्तिम पहुँच ३ नोभेम्बर २०१९ 
  28. "Everton 1–1 Tottenham Hotspur", BBC Sport, १३ अगस्ट २०१६, अन्तिम पहुँच १३ अगस्ट २०१६ 
  29. Hytner, David (६ जनवरी २०१७), "Tottenham’s Érik Lamela returns to Roma for treatment on hip injury", The Guardian, अन्तिम पहुँच ७ जनवरी २०१७ 
  30. "Erik Lamela: Tottenham midfielder out for the season", BBC Sport, २९ मार्च २०१७, अन्तिम पहुँच ३१ मार्च २०१७ 
  31. James, Stuart (२९ नोभेम्बर २०१७), "Tottenham’s Érik Lamela admits he feared he would never play again", The Guardian 
  32. Burt, Jason (२८ नोभेम्बर २०१७), "Leicester 2 Tottenham 1: Jamie Vardy strikes 100th league goal as hosts extinguish Spurs' title dreams", The Daily Telegraph 
  33. Law, Matt (१३ डिसेम्बर २०१७), "Tottenham 2 Brighton 0: Serge Aurier's fluke helps send Spurs back into top four", The Daily Telegraph 
  34. Pearlman, Michael (७ फेब्रुअरी २०१८), "Tottenham Hotspur 2–0 Newport County", BBC Sport, अन्तिम पहुँच ८ फेब्रुअरी २०१८ 
  35. "Tottenham Hotspur: Son Heung-min & Erik Lamela sign new contracts", BBC Sport, २० जुलाई २०१८, अन्तिम पहुँच २१ जुलाई २०१८ 
  36. Law, Matt; Bagchi, Rob (१५ सेप्टेम्बर २०१८), "Liverpool make it five in a row by tearing error-prone Tottenham wide open", The Telegraph 
  37. Pitt-Brooke, Jack (२२ सेप्टेम्बर २०१८), "Erik Lamela guides wasteful Tottenham to nervy win over Brighton", The Independent 
  38. Ouzia, Malik (२६ सेप्टेम्बर २०१८), "Tottenham vs Watford LIVE: EFL Cup 2018 as it happened - Spurs win shootout", The Evening Standard 
  39. "Antoine Griezmann scores 8,000th Champions League goal as Atletico Madrid beat Club Brugge", goal.com, ३ अक्टोबर २०१८, अन्तिम पहुँच १७ जनवरी २०२० 
  40. Dean, Sam (२० अक्टोबर २०१८), "Tottenham battle past combative West Ham to continue winning ways", The Daily Telegraph 
  41. "Erik Lamela", FIFA, अन्तिम पहुँच १४ अगस्ट २०११ 
  42. "Argentina vs. Paraguay 4 – 2", SoccerWay, SoccerWay, अन्तिम पहुँच २५ मे २०११ 
  43. "Argentina avenge their World Cup final defeat with destruction of Germany", The Guardian, ३ सेप्टेम्बर २०१४, अन्तिम पहुँच २४ अक्टोबर २०१४ 
  44. "Gerardo Martino confirmó la lista de 23 convocados y mantuvo a Casco para la Copa América", La Nación, २७ मे २०१५, अन्तिम पहुँच २७ मे २०१५  वेब्याक मेसिन अभिलेखिकरण २३ नोभेम्बर २०१५ मिति
  45. Thomas, Che (१५ जुन २०१६), "Tottenham's Erik Lamela posts picture after goal for Argentina", HITC 
  46. Downie, Andrew (१९ जुन २०१६), "Messi matches record as Argentina win Copa quarter-final", Reuters 
  47. =Alex Richards, Paul McConnell (२७ जुन २०१६), "Copa America final RECAP: All the action as it happened as Argentina faced Chile at MetLife Stadium", The Daily Mirror 
  48. "Lamela motivated by Argentina return during career-threatening lay-off", Evening Standard (अङ्ग्रेजीमा), अन्तिम पहुँच १८ नोभेम्बर २०१८ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्