एबाउट डटमी (अनुवादित - मेरो बारेमा) अक्टोबर २००९ मा रायन फ्रिटास, टोनी कोनराड र टिम योङद्वारा सह-स्थापना गरिएको एक निजी वेब आयोजक सेवा हो।[२] साइटले दर्ता भएका प्रयोगकर्ताहरूका लागि एक साधारण मञ्च प्रदान गर्दछ जहाँबाट बहु अनलाइन पहिचान, सान्दर्भिक बाह्य साइट, र लोकप्रिय सामग्रीहरूलाई सूत्रबद्ध गर्न फेसबुक, फ्लिकर , गुगल+, पिण्ट्रेष्ट, लिङ्क्डिन, टुइटर, टम्ब्लर्युट्युब लगायतका सामाजिक सञ्जाल वेबसाइटहरू प्रयोग गरिन्छ। यसको प्रयोगकर्ता प्रोफाइल अक्सर कलात्मक पृष्ठभूमि तस्वीर र संक्षिप्त जीवनीसँग देखा पर्दछ।

एबाउट डटमी
साइटको प्रकार
सामाजिक सञ्जाल तथा निर्देशिका
सर्जकटोनी कोनराड
रायन फेरिटस
टिम योङ
युआरएलabout.me
अलेक्सा क्रमPositive decrease १३,९५९ (अक्टोबर २०१८)[१]
व्यवसायिकहैन
दर्ताआवस्यक

कम्पनीको बारेमा सम्पादन गर्नुहोस्

२० डिसेम्बर २०१० मा, यसको सार्वजनिक प्रक्षेपणको केवल चार दिन पछि, एबाउट डटमीलाई एओएल द्वारा अधिग्रहण गरिएको थियो। कम्पनी एओएलको नियन्त्रणमा पच्चीस महिना भन्दा बढी रहेको थियो। ५ फेब्रुअरी २०१३ मा, कोनराडले एओएलबाट एबाउट डटमीको बहुमत नियन्त्रण फिर्ता लिएको घोषण गरिएको थियो।[३] तथापि, खरीद मूल्यमा कुनै स्पष्ट कुरा प्रकट गरिएको थिएन।  एओएलले यसलाई खरीद गर्नको लागि तिरेको मूल्यको केही अंशमा यसलाई खरिद गरिएको कोनराडले खुलासा गरेको थियो। कोनराडले, एओएलको स्वामित्वमा कुनै पनि फाइदा नभएको र यो साइट एओएलको हालको व्यवसाय नमूना (जुन सामाजिक सञ्जाल सेवाहरूको सट्टा अनलाइन सामग्रीमा जोड दिइन्छ) को लागि उपयुक्त नभएको विश्वास व्यक्त गरेको थियो।[४] साइट पुनः सञ्चालन गर्नका लागि फिर्ता भएको थियो र घोषणा पछि अर्को कोषको गठन गर्न थालेको थियो।

२१ फेब्रुअरी, २०१९ मा, एबाउट डटमीलाई ब्रोडलीले अधिग्रहण गरेको थियो।[५]

लोकप्रियता सम्पादन गर्नुहोस्

सिमिलर वेब सम्पादन गर्नुहोस्

नोभेम्बर २०१९ सम्म, सिमिलिय वेबको तथ्याङ्कका अनुसार, यो विश्वव्यापी सर्वाधिक लोकप्रिय वेबसाइटहरूको सूचीमा ३८,०८० अौँ स्थानमा रहेको छ भने चीनमा यसको क्रम २५,०६९ रहेको छ जसमा यसको उछाल दर ७०.३६% रहेको छ।[६]

अलेक्सा इण्टरनेट सम्पादन गर्नुहोस्

नोभेम्बर २०१९ सम्म, अलेक्सा इण्टरनेटको तथ्याङ्कका अनुसार, यो विश्वव्यापी सर्वाधिक लोकप्रिय वेबसाइटहरूको सूचीमा ११,२११अौँ स्थानमा रहेको छ भने भारतमा यसको क्रम १,६१६ रहेको छ।[१]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. १.० १.१ "एबाउट डटमीको ट्राफिक, जनसाङ्ख्यिकी र प्रतिस्पर्धीहरू - अलेक्सा", अलेक्सा इण्टरनेट (अङ्ग्रेजीमा), अन्तिम पहुँच १ अक्टोबर २०१८  वेब्याक मेसिन अभिलेखिकरण १ अक्टोबर २०१८ मिति
  2. "About.Me Launches with Ultimate Personal Domain Brand", बिजनेस वायर, २०१०-१२-०९। 
  3. "Newly Minted Social Identity Startup About.me Gets Acquired by AOL", सोसल टाइम्स, २०१०-१२-२१।  वेब्याक मेसिन अभिलेखिकरण २०१२-१२-०३ मिति
  4. "About.me Buys Itself Back from AOL", Bits, द न्यु योर्क टाइम्स, २०१३-०२-०५। 
  5. "About.me acquired by mobile-first small business startup Broadly", टेक क्रञ्च (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१९-०४-०४ [dead link]
  6. "एबाउड डटमीको उछाल दर, सिमिलर वेब क्रम", सिमिलर वेब 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्