एन्जिला तुम्बापो सुब्बा

एन्जिला तुम्बापो सुब्बा एक नेपाली महिला फुटबल खेलाडी हुन्। एन्जिला तुम्बापो सुब्बाको जन्म पाँचथर जिल्लामा भएको थियो । उनी नेपाली राष्ट्रिय महिला फुटबल टिमका खेलाडी समेत हुन्[१]। साथै हाल उनी विभागीय टिम एपिएफमा आबद्ध भई एपिएफबाट क्लब फुटबल प्रतिनिधित्व गर्ने गर्दछिन् ।

एन्जिला तुम्बापो सुब्बा
एन्जिला तुम्बापोको तस्बिर
व्यक्तिगत जानकारी
पुरा नाम एन्जिला तुम्बापो सुब्बा
जन्म मिति वि.स. २०५४–०४–१०
जन्म स्थान पाँचथर जिल्ला, नेपाल
खेल्ने स्थान(हरू) गोलरक्षक
क्लब जानकारी
वर्तमान टोली
एपीएफ क्लब
सङ्ख्या २२
वरिष्ठ करियर*
वर्ष टोली उपस्थिति (गोल)
एपीएफ क्लब
अन्तर्राष्ट्रिय करियर
२०१६- नेपाल १८ (०)
*क्लब घरेलु लिग उपस्थिति र गोल
‡ राष्ट्रिय टोली उपस्थिति र गोल, अद्यवाधिक: २० चैत २०७५

प्रारम्भिक जीवन सम्पादन गर्नुहोस्

एन्जिला तुम्बापो सुब्बाको जन्म वि.स. २०५३–०४–१० गते पाँचथर जिल्लाको फाक्तेपमा भएको थियो । एन्जिलाले १३ वर्षको उमेरमा फुटबल खेल्न सुरु गरेकी थिइन् । उनका प्राय स्कुलका दिनहरु फुटबल खेल्दै बितेका थिए ।

खेल जीवन सम्पादन गर्नुहोस्

२०६८ सालमा फिक्कल पान्दाममा महिला फुटबल प्रतियोगिता हुने भएपछि उनी फरर्वाड पोजिसनमा खेल्न गएकी थिइन । तर उनको टिमबाट खेल्ने गोलरक्षक नआएपछि दिदीको आग्रहमा मन नलागी नलागी पनि गोल पोष्ट सम्हालेकी थिइन् । उक्त खेलमा पान्दामले कन्याम टिमलाई हराउँदै उपाधी जितेपछि भने दाजु मिलन राईले गोलकिपर खेल्यो भने राष्ट्रिय टिमबाट समेत खेल्न पाइन्छ भनेपछि किपर खेल्न थालेको उनी सुनाउछिन । त्यसबेला सम्म फुटबल खेलमा महिलाको राष्ट्रिय टिम हुन्छ भन्ने समेत उनलाइ थाहा थिएन । सोही वर्ष इलाममा महिला फुटबल खेलाडी छनौट हुने भएपछि मनिता राई र भिनाजु सोनाम योल्मुले घरमा बाबुआमालाई राजी गराएर छनौट प्रतियोगितामा लगेका थिए । इलामबाट छनौट भएपछि क्लोज क्याम्पमा बस्दा उनले प्रशिक्षक दर्शन भक्तराजबाट फुटबल खेलको प्राविधिक ज्ञानहरु हासिल गरिन । उनी भन्छिन ‘ त्यसबेला मलाई फुटबल खेलको पोजिसनको बारेमा समेत ज्ञान थिएन । इलाममा गोलकिपर सिकाउने कोचको अभाव थियो दर्शन गुरुले यसरी गर उसरी गर भनेको भरमा खेल केही सुधार आयो ।’ इलामबाट छनौट भएपछि विराटनगरमा क्षेत्रिय छनौट प्रतियोगितामा इलाम टिम प्रथम हुँदा गोलपोष्ट सम्हाल्ने जिम्मा उनले पाएकी थिइन् ।

सोही वर्ष भारतको विहारमा भएको प्रतियोगितामा सुस्मा राईले पुर्वाञ्चल टिमको गोल पोष्ट सम्हाल्दा एन्जिला दोश्रो रोजाइको गोलरक्षको रूपमा वेञ्चमै सिमित भइन । पुर्वाञ्चल टिमबाट डेव्यु गर्न भने उनले छैटौ राष्ट्रिय खेलकुद प्रतियोगिता २०६८ फागुन नै कुर्नुपर्यो । नियमित गोलरक्षक सुस्मा राईको अनुपस्थितीका कारण १४ वर्षिया एन्जिलाले मध्यमाञ्चल विरुद्ध पुर्वाञ्चलको गोलपोष्ट सम्हालेकी थिइन् । गिता कठेतको नेतृत्वमा उत्रिएको पुर्वाञ्चल टिम सो प्रतियोगितामा चौथो भएपनि एन्जिलाको गोलरक्षा गर्ने शैली र हिम्मतको चर्चा सर्वत्र प्रतियोगिता भरी भयो ।

क्लब जीवन सम्पादन गर्नुहोस्

छैटो राष्ट्रिय खेलकुदमा अञ्जिलाको खेलकौशल देखेर विभागीय टिम एपिएफका अफिसियल नर बहादुर राई र प्रेम श्रेष्ठले अनुवन्ध गराउन इच्छा देखाए । करफोक विद्या मन्दिरमा कक्षा ९ मा अध्ययन गर्दै गरेकी एन्जिलालाई जागिर समेत दिने भनेपछि परिवारले काठमाण्डौ पठाउन सहमत भए । दिदि मनिता र भेना सोनाम योल्मुले उनलाई काठमाण्डौ लगेका थिए । राजधानी पुगेपछि उनी इलामकै खेलाडी रञ्जना दर्जीसंग बस्न थालिन । पुर्ण स्मारिका निम्न माध्यमिक विद्यालयबाट कक्षा ८ उर्तिण गरेर करफोकमा ९ कक्षा अध्ययन गर्दै गरेकी उनी काठमाण्डौ गएपछि प्रेम श्रेष्ठले न्यु अरुणोदय बोर्डिङमा कक्षा ८ मा नै भर्ना गरिदिए । गाँउघरमा सेभेन साइडको मैदानमा खेलेकी उनलाई हलचोक मैदानमा खेल्न सुरुमा निक्कै असहज भयो । प्रशिक्षक चन्दन सरकारले नियमित जसो प्रशिक्षण दिएपछि फुटबल पोजिसनको बिषयमा निकै जानकार भइन ।

टिम सेटमा पर्नको लागि उनले निकै कसरत गर्नुपर्यो । धेरै अधि देखी एपिएफको गोलपोष्ट अम्बिका दाहालले सम्हाली रहेको अवस्थामा नवप्रवेशी भएकाले अञ्जिलाले हतपत अवसर पाउदैन थिइन । एपिएफले २०६९ सालको एनसेल कपमा पुलिसलाई हराउदै उपाधी जित्दा र धनगढीमा सम्पन्न लिगमा दोश्रो हुँदा समेत उनी दोश्रो रोजाइको गोलरक्षकको रूपमा बेञ्चमा नै सिमित हुनुपर्यो । नेपाली सेनाको आयोजनामा हुने प्रधानसेनापती कपको पहिलो संस्करण २०६९ सालमा उनले आफनो पुर्व टिम पुर्वाञ्चल विरुद्ध एपिएफबाट डेव्यु गरिन । सात वटा संस्करणको प्रधानसेनापती कप एपिएफबाट खेलेकी उनी ५ वटामा सर्वोत्कृष्ट गोलरक्षक चुनिइन । १९ फ्रेव्रुअरी २०१८ मा हङकङको राष्ट्रिय टोलीसंगको मैत्रीपुर्ण खेलमा ३–१ ले एपिएफले जित्दा समेत उनी मुख्य खेलाडीको रूपमा थिइन । एन्जिला २०७२ फागनुबाट शसस्त्र प्रहरीको जवान पदमा कार्यरत छिन् ।

राष्ट्रिय टिम सम्पादन गर्नुहोस्

एन्जिला सन २०१४ मा श्रीलंकामा सम्पन्न भएको एएफसी यु–१४ गल्स रिजनल ट्रफीबाट अन्तराष्ट्रिय प्रतियोगितामा डेव्यु गरेकी थिइन् । सन २०१४ बाटै राष्ट्रिय टिममा परेकी उनी २ वर्ष बेञ्चमा नै सिमित भइन । सिनियर टिमबाट डेव्यु म्याचको लागि सन २०१६ को साग नै कुर्नपर्यो । सेमीफाइनल खेलमा नेपालकी नियमित गोलरक्षक लिला लाम्गादेको स्थानमा गोलपोष्ट सम्हाल्दै सिनियर टिमबाट डेव्यु गरिन । सो प्रतियोगितामा नेपाल फाइनल खेलमा भारतसंग पराजित बन्दै रजत पदक प्राप्त गरेको थियो । त्यसपछि नेपालले आयोजना गरेको मैत्रीपुर्ण खेलमा मलेसिया विरुद्ध गोल पोष्ट सम्हाल्ने अवसर पाइन् । २६ डिसेम्बर सन २०१६ देखी ४ जनवरी २०१७ सम्म भएको साफ वुमन च्याम्पियनसिपमा माल्दिभ्स बाहेकका सवै खेलमा नेपाली गोलपोष्ट सम्हालिन । सो प्रतियोगितामा नेपाल सेमीफाइनलमा आयोजक भारतसंग ३–१ ले पराजित हुँदै बाहिरिएको थियो । त्यसयता १८ वटा खेलमा गोल पोष्ट सम्हाल्ने अवसर पाइन् ।

उपाधि तथा सम्मानहरू सम्पादन गर्नुहोस्

  • एएफसी साफ यु–१४
    • विजेता:२०१४

सन्दर्भ सामाग्री सम्पादन गर्नुहोस्

बाह्य कडिहरू सम्पादन गर्नुहोस्