पूर्ण, विशेषसंयुक्त इजलासबाट हेरिने बाहेकका अन्य केही मुद्दाहरू एक न्यायाधीशको इजलासवाट हेरिने व्यवस्था छ। एक न्यायाधीशबाट हेरिने मुद्दाहरूमा नेपाल अन्तरिम सविद्यान २०६३को धारा १०७(१) र (२) अर्न्तर्गत परेका निवदेनहरूको प्रारम्भिक सुनुवाइ, अ.वं. १७ र १२४ ग नं. अर्न्तर्गतका निवदेनहरू, न्याय प्रशासन ऐन, २०४८को दफा १६ अर्न्तर्गत परेका निवेदनपत्र र तत्संबन्धी प्रतिवेदनहरू, सर्बोच्च अदालतमा दायर रहेका मुद्दासँग सम्बन्धित कुनै लिलाम बिक्री वा अन्य कुनै कुराको लागि तोकिएको तारेख स्थगित गरी पाउं भन्ने निवेदन पत्रहरू, मुद्दाको कारबाहीको सिलसिलामा रजिष्ट्रारले गरेको आदेश उपर परेका निवेदनपत्रहरू र पूर्ण, विशेष वा संयुक्त इजलासले हेर्ने भनी तोकिए बाहेकका अन्य निवदेनपत्रहरू पर्दछन्।

बाहिरी लिङ्कहरू सम्पादन गर्नुहोस्

सर्वोच्च अदालतको आधिकारीक वेबसाईट वेब्याक मेसिन अभिलेखिकरण २००७-०९-२९ मिति