रजिष्ट्रार

(१) रजिष्ट्रार विश्वविद्यालयमा पूरा समय काम गर्ने पदाधिकारी हुनेछ ।

(२) रजिष्ट्रारको नियुक्ति उप–कुलपतिको सिफारिशमा कुलपतिबाट हुनेछ ।

(३) रजिष्ट्रारको पदावधि चार वर्षको हुनेछ ।

(४) विश्वविद्यालयको शैक्षिक, आर्थिक र कर्मचारी प्रशासन रजिष्ट्रारको सामान्य रेखदेखमा रहनेछ ।

(५) रजिष्ट्रारको अन्य काम, कर्तव्य र अधिकार तोकिएबमोजिम हुनेछ ।

(६) रजिष्ट्रारको पारिश्रमिक, सुविधा र सेवाका अन्य शर्तहरू तोकिएबमोजिम हुनेछन् ।