एकल असंक्रमणीय मत प्रणाली

एकल असंक्रमणीय मत प्रणालीमा प्रत्येक मतदातालाई एकमात्र मताधिकार प्राप्त हुन्छ चाहे त्यस निर्वाचन क्षेत्रको स्थान संख्या दुई वा सो भन्दा वढी किन नहोस्। वहुस्थान भएका निर्वाचन क्षेत्र भए पनि प्रत्येक मतदातालाई एकमात्र मत दिने अधिकार भएकोले एकल असंक्रमणीय प्रणालीमा दलहरुले चुनौती सामना गर्नु पर्ने हुन्छ । यो प्रणाली अन्तर्गत सवैभन्दा वढी मत प्राप्त गर्ने उम्मेदवारलाई विजयी घोषित गरिन्छ। यदि कुनै चार सदस्यीय निर्वाचन क्षेत्र छ र कुनै उम्मेदवारले २०% भन्दा वढी मत प्राप्त गरेमा ऊ निर्वाचित हुने निश्चित हुन्छ। त्यसैगरी यदि कुनै दलको ५०% भन्दा वढी भोट भएको चार सदस्यीय क्षेत्रमा दुई जनासम्म सो दलवाट विजयी हुने संभावना रहन्छ तर मतदाताले एक उम्मेदवारलाई ४५ प्रतिशत तथा अर्कोलाई ५ प्रतिशत मात्र मत दिएमा ५ प्रतिशत मात्र मत प्राप्त गर्ने उम्मेदवार विजयी हुन सक्दैन। त्यस्तै सो दलले दुईभन्दा वढी उम्मेदवार उठाएमा मत विभाजन भै कुनैले पनि जित्न नसक्ने अवस्था पनि आउन सक्छ। यो प्रणालीको सवैभन्दा ठूलो गुण भनेको साना दलहरु तथा स्वतन्त्र उम्मेदवारहरु पनि निर्वाचित हुन सक्ने अवसर प्रदान गर्दछ भने प्रत्येक दलहरुलाई आफ्नो दलका अमुक / अमक उम्मेदवार मत दिन निर्देशन दिन प्रोत्साहन गर्दछ। यो प्रणाली सवैले वुझन सक्ने तथा मत गणना समेत सरल छ ।

एकल असंक्रमणीय मत प्रणाली अफगानिस्तान, जोर्डन, तथा इन्डोनेसियाथाइल्यान्ड दोश्रो सदनको निर्वाचनमा प्रयोग गरको छन् ।[१]

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

  • सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

    1. भट्टराई, लक्ष्मण (बि.सं २०६३ जेष्ठ), विश्वमा प्रचलित प्रमुख निर्वाचन प्रणालीहरु, नेपाल सरकार सङ्‍घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, पृ: २१।