एकता मजदुर पार्टी
एकता मजदुर पार्टी सेन्ट भिन्सेन्ट र ग्रेनाडिन्सको एक लोकतान्त्रिक समाजवादी राजनीतिक दल हो। यो वर्तमानमा सत्तारुढ दल हो भने यसको नेतृत्व प्रधानमन्त्री राल्फ गोन्जाल्भेसले गरिरहेका छन्।[५]
एकता मजदुर पार्टी | |
---|---|
नेता | राल्फ गोन्जाल्भेस |
स्थापना | १६ अक्टोबर १९९४ |
विचारधारा | लोकतान्त्रिक समाजवाद[१] वामपन्थी राष्ट्रवाद समाजवाद गैर-साम्राज्यवाद[२] गणतन्त्रवाद |
राजनीतिक स्थान | वामपन्थी |
धार्मिक सम्बद्धता | ल्याटिन अमेरिका र क्यारिबियनका राजनीतिक दलहरूको स्थायी सम्मेलन (पर्यवेक्षक)[३] फोरो दे साओ पाउलो (आवद्ध) |
अन्तर्राष्ट्रिय सम्बद्धता | समाजवादी अन्तर्राष्ट्रिय (सन् १९९४–२०१४)[४] |
प्रतिनिधि सभामा सिट | ९ / १५ |
वेबसाइट | |
voteulp.com |
पार्टी ल्याटिन अमेरिका र क्यारिबियनका राजनीतिक दलहरूको स्थायी सम्मेलनको पर्यवेक्षक र फोरो दे साओ पाउलोको सहयोगी हो। सन् १९९४ देखि २०१४ सम्म यो पार्टी समाजवादी अन्तर्राष्ट्रियको सदस्य थियो।[६]
इतिहास
सम्पादन गर्नुहोस्सन् १९९४ मा सेन्ट भिन्सेन्ट मजदुर दल र राष्ट्रिय एकता आन्दोलनको एकीकरणबाट यस पार्टीको स्थापना भएको थियो।[५] त्यस वर्षको सुरुमा भएको चुनावमा यी दलले गठबन्धनका रूपमा चुनावपछि परिणाम जस्तोसुकै आए पनि एकताबद्ध हुने आश्वासन दिएका थिए।[५] सन् १९९८ को चुनावमा उनीहरूले ५४.६% मत प्राप्त गरेका थिए, तर नयाँ प्रजातान्त्रिक पार्टीले बहुमत प्राप्त गरेको थियो। एकता मजदुर पार्टीको पहिलो नेता भिन्सेन्ट बीचले चुनावपछि राजीनामा दिएका थिए र राल्फ गोन्जाल्भेसले उनको उत्तराधिकारी बनेका थिए। सन् २००१ को आम चुनावमा यसले १५ मध्ये १२ सिट जितेर आफ्नो पहिलो संसदीय बहुमत प्राप्त गरेको थियो।[७] सन् २००५ को आम चुनावमा पार्टीले अर्को बहुमत प्राप्त गरेको थियो।[८] सन् २०१० को आम निर्वाचनमा सेन्ट भिन्सेन्ट र ग्रेनाडिन्सको प्रतिनिधि सभामा निर्वाचित १५ मध्ये ८ सिट जितेर पार्टी पुनः निर्वाचित भएको थियो। सन् २०१५ को आम चुनावमा पनि बहुमत प्राप्त गरेको थियोर सन् २०२० को आम निर्वाचनमा पुनः निर्वाचित भएको थियो। यस पटक १५ मध्ये ९ सिट जितेको थियो तर लोकप्रिय मत नयाँ लोकतान्त्रिक पार्टीसँग गुमाएको थियो।[९]
नोभेम्बर २०२० मा, सेन्ट भिन्सेन्ट र ग्रेनाडिन्सको प्रधानमन्त्री राल्फ गोन्जाल्भेसले आम चुनावमा आफ्नो दल प्रतिनिधिको रूपमा लगातार पाँचौँ जीत हासिल गरेर इतिहास रचेका थिए।[१०]
निर्वाचनको इतिहास
सम्पादन गर्नुहोस्प्रतिनिधि सभा निर्वाचन
सम्पादन गर्नुहोस्निर्वाचन | दलको नेता | मत | % | सिट | +/– | स्थान | नतिजा |
---|---|---|---|---|---|---|---|
सन् १९९८ | भिन्सेन्ट बिच[११] | २८,०२५ | ५४.६% | ७ / १५
|
४ | दोस्रो | प्रतिपक्ष |
सन् २००१ | राल्फ गोन्जाल्भेस | ३१,९२५ | ५६.५% | १२ / १५
|
५ | प्रथम | बहुमतको सरकार |
सन् २००५ | ३१,८४८ | ५५.२६% | १२ / १५
|
प्रथम | बहुमतको सरकार | ||
सन् २०१० | ३१,०९९ | ५१.११% | ८ / १५
|
४ | प्रथम | बहुमतको सरकार | |
सन् २००५ | ३४,२४६ | ५२.२८% | ८ / १५
|
प्रथम | बहुमतको सरकार | ||
सन् २०२० | ३१,३५३ | ४९.५८% | ९ / १५
|
१ | प्रथम | बहुमतको सरकार |
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ Caribbean Political Parties - Unity Labour Party वेब्याक मेसिन अभिलेखिकरण २०२२-०२-०८ मिति
- ↑ Gonsalves, Ralph E. The Political Economy of the Labour Movement in Saint Vincent and the Grenadines. Kingstown: Strategy Forum, Inc. (2019), p.25
- ↑ COPPPAL – Countries and Member Parties वेब्याक मेसिन अभिलेखिकरण २०१६-१०-२३ मिति
- ↑ "Socialist international visits SVG", Searchlight, ४ मार्च २००५, अन्तिम पहुँच २९ जुन २०२०।
- ↑ ५.० ५.१ ५.२ Unity Labour Party वेब्याक मेसिन अभिलेखिकरण २८ मे २०११ मिति
- ↑ "Member Parties of the Socialist International", मूलबाट ३ मे २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच २८ अक्टोबर २०११।
- ↑ General Election Results - 28 March 2001 वेब्याक मेसिन अभिलेखिकरण ६ अक्टोबर २०११ मिति
- ↑ General Election Results - 7 December 2005 वेब्याक मेसिन अभिलेखिकरण २४ डिसेम्बर २०१० मिति
- ↑ "IFES Election Guide | Elections: Saint Vincent and the Grenadines Parliament 2020", www.electionguide.org।
- ↑ "Ralph romps to fifth straight election win in St Vincent and the Grenadines", jamaica-gleaner.com (अङ्ग्रेजीमा), ६ नोभेम्बर २०२०।
- ↑ "SAINT VINCENT AND THE GRENADINES: parliamentary elections House of Assembly, 1998", archive.ipu.org।