इस्टकोट एक प्रकारको लुगा हो। यो कोटका साथमा वा कोटबाहेक नै पनि लगाइन्छ। इस्टकोट लोग्नेमान्छेले लगाउँछन्। इस्टकोट बढी मात्रामा पहाडमा बस्ने नेपालीले लगाउँछन्। यसमा बाउला हुँदैनन। इस्टकोट लगाउन सजिलो हुन्छ। इस्टकोट दौरामाथि लगाउने चलन छ। हाम्रा पुर्खाले दौरा, सुरुवाल र इस्टकोट लगाउँथे। यसलाई कम्मरसम्म आउने भित्री सानो कोट भनेर चिनिन्छ। इस्टकोटलाई इस्कोट पनि भनिन्छ। अङ्ग्रेजीमा वेस्टकोट भनिन्छ।

बाह्य कडीहरू सम्पादन गर्नुहोस्