पिटी इन्डोस्याट टिबिके, (व्यापारिक नाम इन्डोस्याट उरिदू सन् २०१५ देखि, उरिदूको ६५% स्वामित्वमा रहेकाले), इन्डोनेसियाको एक प्रमुख दूरसञ्चार प्रदायकहरू मध्ये एक हो।[३] यो कम्पनीले मोबाइल फोनको लागि ताररहित सेवा प्रदान गर्दै आइरहेको छ। इन्डोस्याटले तिनिहरूको ताररहित सेवाहरू केही उप-ब्राण्डहरूमा सञ्चालन गर्दछ जसमध्ये आईएम३, मेन्तारी, र म्याट्रिक्स पर्दछन्। यी ब्राण्डहरू तिनिहरूको भुक्तानी नमूनाका साथसाथै (प्रि-पेड र पोष्ट पेड) मूल्य निर्धारणमा पनि फरक पर्दछन्। इन्डोस्याटले अन्तर्राष्ट्रिय प्रत्यक्ष सम्पर्क, निश्चित दूरसञ्चार र बहुसञ्चार माध्यम जस्ता अन्य सेवा तथा सुविधाहरू पनि प्रदान गर्दै आइरहेको छ।[४]

पिटी इन्डोस्याट टिबिके
इण्डोस्याट उरिदू
व्यवसाय प्रकार
सार्वजनिक
आइएसआइएनID1000097405 विकिडाटामा यसलाई सम्पादन गर्नुहोस्
उद्योगदूरसञ्चार
स्थापित२० नोभेम्बर १९६७; ५६ वर्ष पहिले (२० नोभेम्बर १९६७)
केन्द्रीय कार्यालयजाकार्ता, इन्डोनेसिया
मुख्य व्यक्ति
अहमद अब्दुललाजीज अल नियमा, अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत[१]
उत्पादनहरूसम्पूर्ण रसञ्चार सेवाहरू services
राजश्व २९.१८४ ट्रिलियन (सन् २०१६)
१. ट्रिलियन (सन् २०१६)
कुल सम्पत्तिह्रास ५०.८३८ ट्रिलियन (सन् २०१६)
मालिकउरिदू (६५.००%)
इन्डोनेसिया सरकार (१४.२९%)
स्काजेन एएस संस्था (५.४२%)
सार्वजनिक (१५.२९%)[२]
सहायक कम्पनीहरूइन्डोस्याट एमटु
गिग
वेबसाइटwww.indosatooredoo.com

फेब्रुअरी २०१३ मा क्युटेल, इन्डोस्याटको बहुसङ्ख्यक शेयरधनीले आफ्नो नाम उरिदूमा परिवर्तन गरी कम्पनीको पुनर्गठन गरेको थियो। त्यसपछि, यसका विभिन्न देशहरूमा रहेका सबै सहायक कम्पनीहरूको नाम क्रमश परिवर्तन गरिएको थियो।[५] जस्तै, इन्डोस्याटलाई १९ नोभेम्बर २०१५ मा इन्डोस्याट उरिदूमा परिवर्तन गरिएको थियो।[६]

सन् २०१८ सम्म, इन्डोस्याटका ९ करोड ७० लाख ग्राहकहरू रहेका छन्। यो सङ्ख्या सन् २०१३ पछि ह्वात्तै बढेको थियो।[७] सन् २०१३ मा प्रयोगकर्ताको सङ्ख्या ५ करोड ८५ लाख रहेको थियो। सन् २०१६ को आँकडा हेर्ने हो भने इन्डोस्याटले देशको २२.२% बजार साझेदारी गरेको छ जसले गर्दा यो इन्डोनेसियाको दोस्रो सबैभन्दा ठूलो मोबाइल सञ्जाल सञ्चालक बनेको छ।

इतिहास सम्पादन गर्नुहोस्

सन् १९६७ सम्पादन गर्नुहोस्

इन्डोस्याट इन्डोनेसियामा पहिलो विदेशीको लगानीमा स्थापना भएको कम्पनी थियो जसले अन्तर्राष्ट्रिय भू-उपग्रहको प्रयोग गरी अन्तर्राष्ट्रिय दूरसञ्चार सेवाहरू प्रदान गरेको थियो।

सन् १९८० सम्पादन गर्नुहोस्

इन्डोस्याट पछि विस्तार भयो र अधिग्रहणमा भाग लिने पहिलो अन्तर्राष्ट्रिय कम्पनी बनेको थियो र यसको सबै भग इन्डोनेसियाली सरकारको स्वामित्वमा रहेको थियो।

सन् १९९४ –२००३ सम्पादन गर्नुहोस्

इन्डोस्याटले शेयर बहुमत मार्फत स्याटेलिण्डो र एसएलआई हासिल गरेको थियोे। कम्पनीले पिटी इन्डोस्याट मल्टिमिडिया मोबाइल (आइएम३) को स्थापना गर्दै देशव्यापी रूपमा पहिलो पटक जिपिआरएस सञ्चालन र प्रदान गरेको थियो सन् २००३ मा, इन्डोस्याटले यसको ३ वटा सहायक कम्पनीहरू जस्तै स्याटेलिण्डो, आइएम३ र बिमाग्रहलाई समायोजन गरी मोबाइल सञ्जाल सञ्चालकको रूपमा आफुलाई उभ्याएको थियो।

सन् २००३–२००९ सम्पादन गर्नुहोस्

इन्डोस्याटलाई इन्डोनेसियाली सरकारले तेस्रो पुस्ता सञ्जाल सञ्चालन गर्नको लागि अनुमति पत्र प्रदान गरिएको थियो। त्यस, कम्पनीले राजधानी सहर जाकार्ता र सुरबायामा साढे तेस्रो पुस्ता सेवा सुरु गरेको थियो। सन् २००९ मा, क्युटेलले २४.१९% सेरिज बीको साझेदारीको सार्वजनिक मार्फत खरिद गरी ६५% स्वामित्वसँग इन्डोस्याटको बहुमत शेयरधनी बनेको थियो। कम्पनीले सोही वर्ष पछि अतिरिक्त ३ जी आवृत्तिहरूको प्रयोग गर्न अनुमति दिइएको थियो। इन्डोस्याट यस अवधिमा सरकारबाट वाइम्याक्सको बोली पनि जितेको थियो।

सन् २०१२-हाल सम्पादन गर्नुहोस्

सन् २०१४ मा, इन्डोस्याटले ४९ मेगाहर्ज चौथो पुस्ता|4 जी सेवा सुरू गरेको थियो र यसले ४२ मेगाबाइट प्रति सेकेण्डको डाउनलोड गति प्रदान गरको थियोे। सेवाहरू पहिला सहरी क्षेत्रहरूमा प्रदान गरिएको थियो र पछि यसका सबै सेवाहरू क्रमशः ग्रामीण क्षेत्रहरूमा पनि पुर्‍याइएको थियो। नोभेम्बर २०१५ मा, इन्डोस्याटले आफुलाई इन्डोस्याट उरिदूको रूपमा पुनर्गठन गरेको थियो।

सहायक कम्पनीहरू सम्पादन गर्नुहोस्

लिन्तासार्ता (पिटी अप्लिकानुसा लिन्तासार्ता)

  • लिन्तासार्ता (पिटी अप्लिकानुसा लिन्तासार्ता) एक इन्डोनेसियाली डाटा सञ्चार प्रदायक कम्पनी हो। यो कम्पनीको धेरै भाग इन्डोस्याट ओरिडोको स्वामित्वमा रहेको छ भने बाँकी साझेदारी विभिन्न सङ्घ संस्थाहरू जस्तै कोष र सहकारी संस्थाको स्वामित्वमा रहेको छ। कम्पनीले विभिन्न स्थलीय समाधान सेवाहरू जस्तै (तारयुक्त, ताररहित) र भिएसएटी जस्ता सेवाहरू प्रदान गर्दछ।

पिटी इन्डोस्याट मेगा मिडिया (इन्डोस्याट एम२) सम्पादन गर्नुहोस्

  • पिटी इन्डोस्याट मेगा मिडिया (इन्डोस्याट एम२)

इन्डोस्याट ओरिडोको १००% स्वामित्वमा रहेको एक दूरसञ्चार सेवा प्रदायक कम्पनी हो। यो सन् २००० देखि सेवामा रहेको छ जहाँ यसले विभिन्न इण्टरनेट सम्बन्धित सेवाहरू प्रदान गर्दै आइरहेको छ।

अनुवादित नाराहरू सम्पादन गर्नुहोस्

इन्डोस्याटको रूपमा सम्पादन गर्नुहोस्

  • सिन्याल कुवात इन्डोस्याट (इन्डोस्याट बलियो सङ्केत, सन् २००२–२००५)
  • इन्डोस्याट, कमी लेबिह पेडुली (इन्डोस्याट, हामीले बढी हेरचाह गर्छौं, सन् १९९४–२००५)
  • इन्डोस्याट, भविष्य यहाँ छ (सन् २००५–२००६)
  • पुन्या इन्डोस्याट ( इन्डोस्याटको स्वामित्वमा, सन् २००६–२०१५)

इन्डोस्याट उरिदूको रूपमा सम्पादन गर्नुहोस्

  • इन्डोस्याट उरिदू, मारी सम्बुत पेरूबहान (इन्डोस्याट ओरिडो, आअौँ परिवर्तनलाई स्वागत गरौँ, सन् २०१५–हाल)

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "Pria Asal Qatar Ini Ditunjuk Jadi Dirut Indosat"  वेब्याक मेसिन अभिलेखिकरण २०१९-०५-०६ मिति
  2. "सेयरधनीहरू (३१ मार्च २०१४ सम्म)", इन्डोस्याट, अन्तिम पहुँच ३० अप्रिल २०१३  वेब्याक मेसिन अभिलेखिकरण ३० जुन २०१४ मिति
  3. Investments, Indonesia, "Indosat Indonesia Investments", www.indonesia-investments.com, अन्तिम पहुँच २०१६-०२-०२ 
  4. "Conexus", www.conexusmobile.com, अन्तिम पहुँच २०१६-०२-०२ 
  5. "Qtel rebrands as Ooredoo - - ITP.net", आइटिपि, अन्तिम पहुँच २०१६-०२-०२ 
  6. "Indosat Ganti Nama jadi Indosat Ooredoo", सिएनएन इन्डोनेसिया, अन्तिम पहुँच २०१६-०२-०२ 
  7. "Indosat menderita kekurangan dana jaringan 4G" 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्

आधिकारिक वेबसाइट

ढाँचा:इन्डोनेसियाका मोबाइल फोन कम्पनीहरू