इन्टरनेट ब्रोडवे डेटाबेस

इन्टरनेट ब्रोडवे डेटाबेस (आइबिडिबि) अमेरिकाको न्यु योर्क स्थित ब्रोडवे थिएटर उत्पादन र उनीहरूको कर्मचारीहरूको एक अनलाइन डेटाबेस हो। यो सन् १९९६ मा करेन हाउजर द्वारा अवधारणा र सृजना गरिएको थियो र यो ब्रोडवे लीगको अनुसन्धान विभागद्वारा सञ्चालनमा रहेको छ जुन उत्तर अमेरिकी वाणिज्यिक थिएटर समुदायको एक व्यापारिक सङ्घ हो।[] यस वेबसाइट, आइओएसएन्ड्रोइडमा छुट्टाछुट्टै अनुप्रयोगको यसले विकास गरेको छ।[][][]

इन्टरनेट ब्रोडवे डेटाबेस
साइटको प्रकार
थिएटर डेटाबेस
उपलब्ध भाषाअङ्ग्रेजी
मालिकद ब्रोडवे लिग
युआरएलibdb.com
अलेक्सा क्रमह्रास ८९,२८८ (अक्टोबर २०१८)[]
व्यवसायिकहो
दर्ताबैकल्पिक र

ब्रडवेको यो व्यापक इतिहासले १८ औँ शताब्दीको न्यू योर्क थिएटरको शुरुवात देखि आज सम्मको उत्पादनको अभिलेख प्रदान गर्दछ। विवरणहरू शुरुवात दिनको रात देखि वर्तमान दिनहरू सम्म पनि गीत सूचीहरू, पुरस्कारहरू र हरेक रोचक उत्पादनको बारेमा अन्य रोचक तथ्यहरू खोल्नका लागि पारीकल्पना र सिर्जनात्मक सूचीहरू यसले समावेश गर्दछ।

लिग सदस्य, पत्रकार, शोधकर्ता र ब्रडवेका प्रशंसकको लागि एक अन्तरक्रियात्मक, प्रयोगकर्ता-अनुकूल, खोजयोग्य डेटाबेस पहुँच गराउनु यसको प्रमुख उदेश्य रहेको छ।

हालैमा लिगले ब्रडवे टूरिङ ट्रयाक कार्यक्रम डाटाबेसमा पहुँच योग्य बनाएको छ जुन सजिलै सँग देशभरका थिएटरहरूमा खेल्न सकिन्छ।

यो ब्रोडवे लिगका, करेन हाउजर र माइकल अबुरिकद्वारा प्रबन्ध गरिएको छ।

यो पनि हेर्नुहोस्

सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्री

सम्पादन गर्नुहोस्
  1. "आइबिडिबि डटकमको ट्राफिक, जनसाङ्खिकी र प्रतिस्पर्धीहरू - अलेक्सा", अलेक्सा इन्टरनेट, अन्तिम पहुँच अक्टोबर ५, २०१८  वेब्याक मेसिन अभिलेखिकरण २०१८-१०-०५ मिति
  2. "आइबिडिबि: इन्टरनेट ब्रोडवे डेटाबेसको आधिकारिक स्रोत", इन्टरनेट ब्रोडवे डेटाबेस, मूलबाट जुलाई २५, २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच जुलाई २६, २०१२ 
  3. एलए फाउन्टेन, क्रिस्टिना (मार्च १५, २०१२), "ब्रोडवे लिगले आइबिडिबिको अनुप्रयोगको विकास गरेको छ", टिकेट न्युज, अन्तिम पहुँच जुलाई २६, २०१२ 
  4. कोक्लि, ज्याकोब (फेब्रुअरी १५, २०१२), "ब्रोडवे लिगले आइओएसको लागि नयाँ इन्टरनेट ब्रोडवे डेटाबेसको अनुप्रयोग सार्वजनिक गरेको छ", स्टेज डिरेक्सन्स, अन्तिम पहुँच जुलाई २६, २०१२  वेब्याक मेसिन अभिलेखिकरण २०१८-१०-०५ मिति
  5. "ब्रोडवे लिगको नयाँ आधिकारिक इन्टरनेट ब्रोडवे डेटाबेसको अनुप्रयोग", ट्रभल राइटर्स म्यागजीन, जुलाई २२, २०१२, अन्तिम पहुँच जुलाई २६, २०१२  वेब्याक मेसिन अभिलेखिकरण २०१९-०८-१९ मिति

बाह्य कडीहरू

सम्पादन गर्नुहोस्