इद्दराममयिलाथो
इद्दराममयिलाथो सन् २०१३ मा सार्वजनिक तेलुगु भाषाको एक भारतीय एक्सन थ्रिलर चलचित्र हो। यो चलचित्र पुरी जगन्नाधद्वारा निर्देशित छ भने यस चलचित्रमा अल्लू अर्जुन, अमला पल, र क्याथरीन टेरेसा मुख्य भूमिकामा रहेका छन्। यस चलचित्रलाई पूर्ण रूपमा स्पेन र पेरिसमा छायाङ्कन गरिएको थियो।[३] परमेश्वरा आर्ट प्रोडक्सन्स स्टुडियोमा निर्माण गरिएको यो चलचित्रको निर्माता बन्दला गणेश हुन्। यो चलचित्रलाई मलयालम भाषामा अनुवाद गरी 'रोमियो एन्ड जूलियट' नाम राखि प्रदर्शन गरिएको थियो।[४] इद्दराममयिलाथो चलचित्र सन् २०१३ मे ३१ का दिन विश्वव्यापी रूपमा १,६०० चलचित्र मन्दिरहरूमा प्रदर्शन गरिएको थियो।
इद्दराममयिलाथो | |
---|---|
निर्देशक | पुरी जगन्नाध |
पटकथा | पुरी जगन्नाध |
निर्माता | बन्दला गणेश |
मुख्य कलाकार | अल्लू अर्जुन अमला पल क्याथरीन टेरेसा |
छायाङ्कन | अमोल राठोड |
सङ्गीत | देवी श्री प्रसाद |
वितरक कम्पनी | |
वितरक | ब्लू स्काई |
प्रदर्शन मिति |
|
अवधि | १४३ मिनेट |
देश | भारत |
भाषा | तेलुगु |
बजेट | ₹४० करोड[२] |
बक्स अफिस | ₹९५ करोड |
कलाकार
सम्पादन गर्नुहोस्- अल्लू अर्जुन सञ्जय रेड्डी उर्फ सञ्जुको रूपमा
- अमला पल कोमली शङ्करभरणमको रूपमा
- क्याथरीन टेरेसा आकांक्षाको रूपमा
- ब्रह्मानन्दम फिडल ब्रह्माको रूपमा
- अली गुडिवाडा कृष्णको रूपमा
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "Producer Bandla Ganesh announces the release date of his Iddarammayilatho", अन्तिम पहुँच ६ डिसेम्बर २०१३।
- ↑ "Telugu cinema industry loses 300 crores in 2013", The Times of India, ८ डिसेम्बर २०१३।
- ↑ "Allu Arjun to romance Amala Paul", Times of India, १२ सेप्टेम्बर २०१२, अन्तिम पहुँच १२ सेप्टेम्बर २०१२। वेब्याक मेसिन अभिलेखिकरण २९ अक्टोबर २०१३ मिति
- ↑ "Archived copy", मूलबाट १० मे २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१३-०५-१०। वेब्याक मेसिन अभिलेखिकरण २०१३-०५-१० मिति