आलिया फार्खातोवना मुस्ताफिना Aliya Farkhatovna Mustafina ( रूसी: Алия Фархатовна Мустафина [ɐlʲɪˈja fɐrˈxatəvnə mʊˈstafʲɪnə] ; Tatar: Алия Фәрһәт кызы Мостафина; जन्म ३० सेप्टेम्बर १९९४ ) एक सेवानिवृत्त रूसी कलात्मक जिमनास्ट र वर्तमान प्रशिक्षक हुन् । उनी सन् २०१० को अल-अराउण्ड विश्व च्याम्पियन, २०१३ को अल-अराउण्ड युरोपियन च्याम्पियन, २०१२२०१६ को ओलम्पिक अनइभन बार च्याम्पियन, र सात पटक ओलम्पिक पदक विजेता हुन्।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनद्वारा २०१६ ओलम्पिक खेल (ब्राजिल)मा स्वर्णपदक जित्ने खेलाडीहरूलाई राजकीय सम्मान प्रदान गरिएको कार्यक्रममा आलिया मुस्ताफिना

२०१२ को ग्रीष्मकालीन ओलम्पिकमा, मुस्तफिनाले चार पदक जिते, उनी प्रतियोगिताको सबैभन्दा धेरै पदक जित्ने जिमनास्ट खेलाडी र पौडी खेल्ने बाहेक कुनै पनि खेलको सबैभन्दा धेरै पदक जित्ने धावक बनिन्। [१] २०१६ को ग्रीष्मकालीन ओलम्पिकमा, उनी २००० मा सिमोना अमानार पछि लगातार दुई ओलम्पिकमा पदक जित्ने पहिलो महिला जिमनास्ट बनिन् , र स्वेतलाना खोर्किना (२००० मा पनि) पछि ओलम्पिक उपकरण फाइनलमा आफ्नो उपाधि बचाउन पहिलो खेलाडी बनिन्। [२] सात ओलम्पिक पदकको साथ, मुस्तफिनाले सबैभन्दा धेरै पदक जित्ने रूसी जिमनास्ट ( सोभियत बाहेक)मा खोर्किनासंग बराबरी गरिन्। उनी विश्व च्याम्पियनशिपमा हरेक कार्यक्रममा पदक जित्ने नवौं जिमनास्ट थिइन्। उनलाई सदाकालको सबैभन्दा सफल महिला कलात्मक जिमनास्ट मध्ये एक मानिन्छ।

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "Medal Tracker – By Athlete", ESPN, १३ अगस्ट २०१२, मूलबाट ५ नोभेम्बर २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच ४ नोभेम्बर २०१४ 
  2. "Aliya Mustafina Defends Her Olympic Title On Uneven Bars", Elle, अगस्ट १४, २०१६, मूलबाट १७ अगस्ट २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच १७ अगस्ट २०१७