आरा
आरा भारत बिहार राज्यको एक प्रमुख शहर हो । यो भोजपुर जिल्लाको मुख्यालयको रूपमा रहेको छ । बिहारको राजधानी पटनादेखि यसको दूरी मात्रै ५५ किलोमीटर रहेको छ ।[१] देशका अन्य भागहरू देखि यो सडक र रेलमार्गबाट जोडिएको छ । आरा भारतको एक अति प्राचीन शहरको रूपमा रहेको छ । पहिला यहाँ मोरध्वज नामक राजाको शासन थियो । महाभारतकालीन अवशेष यहाँ पाइने गरेको छ । यो पहिले आरण्य क्षेत्रको नामले पनि जानिन्थ्यो । यहाँको आरण्य देवी धेरै प्रसिद्ध छ। शहरमा बुढवा महादेव, पतालेश्वर मन्दिर, रमना मैदानको महावीर मन्दिर, सिद्धनाथ मन्दिर प्रमुख छन् । शहरको ठूलो मठिया नामक विशाल धार्मिक स्थान छ । शहरका मध्यमा अवस्थित ठूलो मठिया रामानन्द सम्प्रदायको प्रमुख केन्द्र छ । वाराणसीको तर्जमा मानस मन्दिर पनि निर्माणाधीन अवस्थामा रहेको छ । आरा शहरका मानिसहरूले शिक्षा, साहित्य, संस्कृति र पत्रकारिताका क्षेत्रमा आफ्नो कामयाबीले यहाँको नाम उच्च राखेका छन् ।
आरा
𑂄𑂩𑂰 | |
---|---|
महानगरीय क्षेत्र | |
देश | भारत |
राज्य | बिहार |
जिल्ला | भोजपुर |
सरकार | |
• प्रकार | नगरपालिका निगम |
• अङ्ग | आर नगरपालिका निगम |
क्षेत्रफल | |
• जम्मा | ४९ किमी२ (१९ वर्ग माइल) |
• क्रम | २ |
उन्नतांश | १९० मिटर (६२० फिट) |
जनसङ्ख्या (२०११) | |
• जम्मा | २६१,०९९ |
• क्रम | १८४ |
• घनत्व | ७,६७९/किमी२ (१९८९०/वर्ग माइल) |
भाषाहरू | |
• आधिकारिक | भोजपुरी |
समय क्षेत्र | युटिसी+५:३० (आइएसटि) |
पिन | ८०२ ३०१ |
टेलिफोन कोड | +९१६१८२ |
सवारी दर्ता | BR-03 |
वेबसाइट | bhojpur |
इतिहास
सम्पादन गर्नुहोस्