आपारात
आपारात एक इरानी श्रव्य दृश्य साझेदारी सेवा हो जुन फेब्रुअरी २०११ मा सुरु भएको थियोे र त्यसको दुई महिना पछि १३ अप्रिल २०११ मा आधिकारिक रूपमा यसले सेवा सञ्चालन गरेको थियोे ।[२] आपारात साथसाथै कोल्ब र मिहनब्लग वेबसाइटहरू, साबा आइडिया टेक कम्पनी (साबा आइडिया)[३][४] द्वारा सुरु गरिएको थियो र यी सबै वेबसाइटहरू मोहम्मद जाभद शोकौरी मोगहादमद्वारा व्यवस्थित गरिएको छ ।[५] साझेदार गरिएका श्रव्य दृश्यहरूको सजिलो पहुँचको लागि, यो वेबसाइटले श्रव्य दृश्यहरूलाई व्यक्तिगत, प्रकृति, शैक्षिक, मनोरञ्जन आदि जस्ता विभिन्न वर्गहरू अन्तर्गत व्यवस्थित गरेको छ । सन् २०१३ मा मल्टीमीडियाको क्षेत्रमा इरान वेब फेस्टिवल मा विशेषज्ञहरु द्वारा यसलाई उत्कृष्ट वेबसाइटको रूपमा चयन गरिएको थियोे र २०११ मा सर्वश्रेष्ठ चलचित्र वेबसाइटको रूपमा पनि चयन गरिएको थियो ।
साइटको प्रकार | भिडियो साझेदारी सेवा |
---|---|
उपलब्ध भाषा | फारसी |
संस्थापित | १३ अप्रिल २०११ |
मुख्यालयहरू | तेहरान, इरान |
संस्थापक (हरू) | साबा आइडिया टक कम्पनी (साबा आइडिया) |
अध्यक्ष | मोहम्मद जाभद शोकौरी मोगहादम |
मुख्य व्यक्तिहरू | मोहम्मद जाभद शोकौरी मोगहादम, महोमद फजलोलही, अलि तेहराआइनासर |
सेवाहरू | श्रव्य दृश्य साझेदारी सेवा |
अभिभावक | साबा आइडिया टक कम्पनी (साबा आइडिया) |
युआरएल | Aparat.com |
अलेक्सा क्रम | १०९ (१ अक्टोबर २०१८ अनुसार[उद्यतन][१] |
दर्ता | बैकल्पिक |
वर्तमान स्थिति | चालु |
इतिहास
सम्पादन गर्नुहोस्इरानमा धेरै अन्तर्राष्ट्रिय श्रव्य दृश्य साझेदारी सेवाहरू प्रतिबन्धित भएपछि, आपारात इरानी प्रयोगकर्ताहरू माझ फेब्रुअरी २०१० मा पेश गरिएको थियो । आपारातको सेवा सुरु भएको एक बर्स पछि, फेब्रुअरी २०११ मा यसले एन्ड्रोइड संस्करणमा आफ्नो सेवा सञ्चालन गरेको थियो । एक वर्ष भन्दा बढी पछि, डिसेम्बर २०१२ मा, यसमा दर्ता भएका श्रव्य दृश्यहरूले दैनिक एक लाख भन्दा बढी दर्शकहरू पाएको थियोे । जुलाई २०१३ मा, आपारातको आईओएसको संस्करण निस्कासन गरिएको थियो । त्यसपछि त्यस वर्ष नोभेम्बर २०१३ मा, पहिलो अनलाइन फोटो प्रतियोगिता जसलाई "तेहरान अतिथि" भनिन्छ जसलाई यसले तेहरान नगरपालिकाको सहयोगमा आयोजित गरेको थियो । पछि मार्च २०१४ मा एन्ड्रोइडमा आपारातको दोस्रो संस्करण जारी गरिएको थियो । अप्रिल २०१४ मा, इरानको इस्लामी गणतन्त्रका राष्ट्रपतिले अपारातमा आफ्नो खाता सिर्जना गर्य र यस सेवामा पहिलो आधिकारिक च्यानल पेश गरिएको थियोे । राष्ट्रपति पछि, सञ्चर मन्त्रीले पनि आपारातमा एक आधिकारिक च्यानल सिर्जना गरे र यो इरानमा सामाजिक सञ्जालको रूपमा सक्रिय रूपले अधि बढेको थियोे ।
श्रव्य दृश्य विशेषता
सम्पादन गर्नुहोस्श्रव्य दृश्य चल्ने क्षमता
सम्पादन गर्नुहोस्आपारातमा श्रव्य दृश्य फाइलहरू सबै प्रयोगकर्ताहरूलाई पहुँच योग्य छन् त्यसैले पहिला सदस्यता बिनानै यो सेवाको श्रव्य दृश्य सामग्री हेर्न सक्दछन् । तथापि, आपारातमा हादिएका केही श्रव्य दृश्यहरू सार्वजनिकको लागि पहुँच योग्य छैनन् जसलाई भुक्तानी आवश्यक पर्दछ । उर्ध्वभरण गरिएका श्रव्य दृश्य सार्वजनिक रूपमा वा मात्र प्रयोगकर्ताको पहुँचमा रहने भन्ने निर्णय सामग्री उर्ध्वभरण गर्नेको हातमा रहेको हुन्छ ।[६]
उर्ध्वभरण
सम्पादन गर्नुहोस्आपारातमा श्रव्य दृश्यहरू उर्ध्वभरण गर्न, प्रयोगकर्ताहरू पहिला सदस्य हुनै पर्नेछ । सेवा सदस्यता लिए पछि, प्रयोगकर्ताहरूले श्रव्य दृश्यहरू विभिन्न ढाँचाहरूमा अपलोड गर्न सक्छन्, जसमा एमपीइजी, ३ जिपि, एभिआइ, एमकेवी, एभीआइ र एमपि ४ मा नामकरण गर्ने सकिने सुबिधा रहेको छ ।एच.डी. गुणस्तरको साथ प्रयोगकर्ताहरूले श्रव्य दृश्य उर्ध्वभरण गर्न र हेर्न सक्छन् । आपारातमा श्रव्य दृश्य उर्ध्वभरण गर्न, १५०० एमबीको सीमा रहेको छ र १५०० एमबी भन्दा ठूलो श्रव्य दृश्यहरू अपलोड गर्नको लागि प्रयोगकर्ताहरूसँग प्रमाणित खाता हुनुपर्ने छ ।
गुणस्तर र ढाँचा
सम्पादन गर्नुहोस्आपारातमा प्रयोगकर्ताले यस सेवामा श्रव्य दृश्यहरू विभिन्न ढाँचाहरू उर्ध्वभरण गर्न सक्दछन् । आपारातमा सम्भव ढाँचाको सूची तल रहेको छ:
डब्लूएमभि | एमआेभि | क्युटि | ३जिपि | ३जीपिपि | ३जी२ | ३जिपि२ | एमपिजी |
---|---|---|---|---|---|---|---|
एमपिइजी | एमपि१ | एमपि२ | एम१भि | एम१ए | एम२ए | एम४ए | एमपिभि |
एमपिभि२ | एमपिइ | एमपि४ | एम४ए | एम४पि | एम४बि | एम४आर | एम४भि |
एभिआइ | एफएलभि | एफ४भि | एफ४पि | एफ४ए | एफ४बि | भिओबि | आइएसएफ |
एमकेभि | एएसएफ | डब्लूइबिएम | एएसएक्स | एएसआर |
सन्दर्भ सामग्री
सम्पादन गर्नुहोस्- ↑ "आपारात डटकमको ट्राफिक, जनसाङ्ख्यिकीय र प्रतिस्पर्धीहरू - अलेक्सा", अलेक्सा डटकम (अङ्ग्रेजीमामा), अन्तिम पहुँच १ अक्टोबर २०१८। वेब्याक मेसिन अभिलेखिकरण २३ फेब्रुअरी २०१९ मिति
- ↑ "آغاز فعالیت رسمی آپارات"।
- ↑ "مصاحبه صوتی با محمد جواد شکوری، مدیر سایت کلوب و میهن بلاگ"।
- ↑ "نگاهی به وبسایت ایرانی آپارات"।
- ↑ "آپارات"।
- ↑ "درباره آپارات"। वेब्याक मेसिन अभिलेखिकरण २०१५-१०-०८ मिति