आइछिई (सरलीकृत चिनियाँ: 爱奇艺), बहुराष्ट्रिय चिनियाँ इन्टरनेट निगम बायदुको स्वामित्वमा रहेको एक भिडियो साझेदारी मञ्च वा सेवा हो। यो चीनको सेयर बजार तथा अमेरिकी न्याजड्याकमा सूचीकृत छ। यसले सामग्री उत्पादन तथा वितरणको पनि प्रबन्ध गर्दछ। हाल, यसले मुख्यभूमि चीन, हङकङ, ताइवानमकाउमा सेवा सञ्चालन गर्दछ। यो चीनको पाँच प्रमुख भिडियो मञ्च जस्तै युकु, सोहु, थङ्सिन भिडियोम्याङ्गो टिभी मध्येको एक हो।[१]

आइछिई निगम
साइटको प्रकार
मागमा भिडियो सेवा
मुख्यालयहरूबेइजिङ, चीन
संस्थापक (हरू)गोङ यु
मुख्य व्यक्तिहरूरोबिन ली
(अध्यक्ष)
गोङ यु
(कार्यकारी)
अभिभावकबायदु
युआरएलwww.iqiyi.com
अलेक्सा क्रमविश्वव्यापी:१०९(नोभेम्बर २०१९)
चीन मुख्यभूमि चीन२८(नोभेम्बर २०1९)
प्रयोगकर्ताहरू१.४ करोड

पृष्ठभूमि सम्पादन गर्नुहोस्

६ जनवरी २०१० मा, बायदुले आधिकारिक रूपमा गोङ युलाई प्रमुख कार्यकारीमा नियुक्त गर्दै स्वतन्त्र भिडियो कम्पनी बनाएको घोषण गरेको थियो।[२] २४ जनवरी २०१० मा, कम्पनीले आफ्नो आधिकारिक चिनियाँ नामको (奇 艺) साथ सेवा सञ्चालन गरेको थियो।[३] २९ मार्च २०१० मा, आइछिईको परीक्षण संस्करण जारी गरिएको थियो भन् २२ अप्रिल २०१० मा, यसको आधिकारिक संस्करणको जारी गरिएको थियो। आइछिई हाल संसारको सबैभन्दा ठूलो अनलाइन भिडियो साझेदारी वेबसाइटहरू मध्ये एक हो जसमा यसको सेवामा प्रत्येक महिना लगभग ६ अरब घण्टा खर्च गरिएको छ भने यसमा ५०० मिलियन मासिक सक्रिय प्रयोगकर्ताहरू रहेका छन्।[४][५][६][७] २९ मार्च २०१८ मा, कम्पनीले संयुक्त राज्य अमेरिकामा सुरुवाती सार्वजनिक प्रस्ताव जारी गरेको थियो.[८] र कम्पनी उक्त प्रस्ताव मार्फत २.२५ अरब अमेरिकी डलर उठाएको थियो।[९]

इतिहास सम्पादन गर्नुहोस्

 
आइछिईको प्रधान कार्यालय

६ जनवरी २०१६ मा, बायदुले औपचारिक रूपमा एक स्वतन्त्र भिडियो कम्पनीको स्थापना गरेको थियो जसमा गोङ यु प्रमुख कार्यकारी अधिकृत थिए।[१०] २४ फेब्रुअरी २०१० मा, भिडियो कम्पनीले आधिकारिक रूपमा "छिई" नामको प्रयोग गरेको थियो।[११] छिई अप्रिल २२, २०१० मा बायदुद्वारा स्थापित गरिएको थियो, जुन चीनको सबैभन्दा ठूलो अनलाइन वेब खोज संयन्त्र हो।[१२] २९ मार्च २०१० मा, छिईले परीक्षण संस्करणको सुरूवात गरेको थियो। २२ अप्रिल २०१० मा, छिईको आधिकारिक संस्करणको सार्वजनिक गरिएको थियो। २६ नोभेम्बर २०११ मा, छिईको नाम आइछिईमा पुन: नामाकरण गरिएको थियो र एक नयाँ लोगो अनावरण गरिएको थियो। यसै बीच, डोमेन नाम छिई डटकमबाट आईछिई डटकममा परिवर्तन गरिएको थियो। [१३][१४]२ नोभेम्बर २०१२ मा, बायदुले दूरदर्शिता (अनुवादित नाम) को स्वामित्वको खरीद गरेको थियो र साइटमा १००% को स्वामित्वको मालिक बनेको थियो।[१५]

७ मे, २०१३ मा, बायदुले ३७ करोड अमेरिकी डलरमा पिपिष्ट्रिम निगम मार्फत अनलाइन भिडियो व्यवसायको खरीद गरेको थियो, जुन पछि आईछिई सहायक कम्पनी बनेको थियो।[१६] १७ जुलाई २०१३ मा साइटले आफ्नो चलचित्र निर्माण विभाग, आइछिई चलचित्रको, प्रक्षेपण गरेको थियो र सह-निर्माण चलचित्रहरू सहित विदेशी सहयोगीहरूसँग अवस्थित सहकारी परियोजनाहरूको विस्तार गर्न सुरू गरेको थियो। सोही वर्षको सेप्टेम्बरमा, आइछिईले भेनिस चलचित्र उत्सवसँग सहकार्य गरेको थियो र उत्सवको चलचित्रहरू यसले अनलाइन प्रसारण गरेको थियो। अगष्ट २०१४ मा, आइछिईमा प्रत्येक महिना लगभग ६ अरब घण्टा खर्च गरिएको तथ्याङ्क रहेको छ। अक्टोबर, आइछिईले भुसान चलचित्र उत्सव सम्मिलित भएको थियो र लगभग १०० दक्षिण कोरियाली शीर्षकहरूमा विशेष अधिकारमा हस्ताक्षर गरेको थियो। [१७]

१९ नोभेम्बर २०१४ मा, जाओमी र सुन्वे पूँजीले आइछिईमा ३०० मिलियन अमेरिकी डलर लगानी गरेका थिए, जुन साइटको १० प्रतिशत देखि १५ प्रतिशतमा रहेको थियो भने बैडुले यसमा थप १०० मिलियन डलर लगानी गरी करिब ८० प्रतिशत स्वामित्व कायम गरेको थियो। [१८] ८ डिसेम्बर २०१४ मा, आइछिईका प्रमुख सामग्री अधिकृतमा डोङले सन् २०१५ मा वास्तविक श्र‌ङ्खलाहरूलाई कम्तिमा ३० वटा शीर्षक र ५०० वटा अङ्कमा वृद्धि गर्ने र मौलिक उत्पादनहरूको योजना बनाउने घोषण गरेको थियो।[१९]

यसले मुख्यभूमि चीनमा आठ शीर्ष मनोरञ्जन कार्यक्रमहरूको प्रवाह गर्ने अधिकार प्राप्त गरेको थियो र यसले रनिङ म्यान सहित ताइवान र दक्षिण कोरियामा धेरै मनोरञ्जन कार्यक्रमहरूको खरीद गरेको थियो। मार्च २०१६ मा, यसले ताइवानमा यसले आफ्नो सेवा सञ्चालन गर्ने गर्ने घोषणा गरेको थियो। जून २०१६ मा यसमा २ करोड ग्राहकहरु भएको जनाइएको थियो।[२०]

२५ अप्रिल २०१७ मा, नेटफ्लिक्सले (जुन चीनमा प्रत्यक्ष रूपमा काम गर्दैन), आइछिईसँग अनुमति पत्र अन्तर्गत सम्झौतामा पुगेको घोषण गरेको थियो, जस अन्तर्गत केही नेटफ्लिक्स मूल उत्पादनहरू आइछिईमा दिनदिनै उपलब्ध हुनेछ र उनीहरूको उत्पादनहरू विश्वव्यापी रूपमा उपलब्ध हुनेछ।[२१] ३० मार्च २०१८ मा, कम्पनी अमेरिकी सेयर बजार नसडकमा सूचीकृत भएको थियो।[२२] २२ जुन २०१९ मा, कम्पनीमा भुक्तान सदस्यहरूको सङ्ख्या १० करोड रहेको आइछिईले घोषणा गरेको थियो।[२३] १७ जुलाई २०१९ मा, आइछिई र एस्ट्रो नामक कम्पनीले एक सम्झौता गरी एस्ट्रो च्यानलमा आइछिईका कार्यक्रमहरू प्रसारण गर्न सुरु गरेको थियो।[२४][२५]

लोकप्रियता सम्पादन गर्नुहोस्

आइरिसर्चका अनुसार, अक्टोबर २०१४ सम्म, आइछिई र पिपिएससँग कम्तिमा २०.२१८ करोड मोबाइल दर्शकहरू रहेका थिए जसले यी मञ्चहरूमा ६०.०६२ करोड घण्टामा उपलब्ध भएका सामग्रीहरू हेरेका थिए। मोबाइल भिडियो साथ कुल ३०.८१७ करोड मोबाइल दर्शकहरू जसले यी मञ्चहरूमा कुल ११७.७४४ करोड घण्टाको लागि सामग्रीहरू हेरेका थिए।[२६] यसमा कुल भिडियोको अवलोकनहरू ५० करोड पुगेको थियो। प्रत्येक दर्शकले अक्टोबरमा २२९.०५ मिनेटका लागि औसत सामग्रीहरू हेरेका थिए। सन् २०१५ को मध्यमा साइटमा ५० लाख ग्राहकहरू थिए भने २०१५ को अन्तमा / सन् २०१६ को सुरूमा यसमा १ करोड भन्दा बढी र जून २०१६ सम्ममा यसमा २ करोड भन्दा बढी दर्शकहरू रहेका थिए। आइछिईले एक प्रख्यात दक्षिण कोरियाली कार्यक्रम 별에서 온 그대 को प्रसारणको लागि विशेष चिनियाँ अधिकारहरूको खरिद गरेको थियो जुन हाल २.७ अर्ब भन्दा बढी पटक हेरिएको छ।[१०]

सन् २०१४ मा, आइछिईले प्रमुख जापानी प्रसारक फुजी टेलिभिजनसँग रहस्यमय ग्रीष्म नाटक (अनुवादित नाम) को सह-निर्माण तथा वितरण गरेको थियो।[२७][२८] यो चीन र जापानको बीचमा पहिलो नाटकको सह-निर्माण थियो र अक्टोबर २०१४ सम्ममा उक्त नाटकलाई ६ करोड भन्दा बढी पटक हेरिएको छ।[१२]

सिमिलर वेब सम्पादन गर्नुहोस्

नोभेम्बर २०१९ सम्म, सिमिलर वेबको तथ्याङ्कका अनुसार, यो विश्वव्यापी सर्वाधिक लोकप्रिय वेबसाइटहरूको सूचीमा १८६ औँ स्थानमा रहेको छ भने चीनमा यसको क्रम २४ रहेको छ।[२९]

अलेक्सा इन्टरनेट सम्पादन गर्नुहोस्

नोभेम्बर २०१९ सम्म, अलेक्सा इन्टरनेटको तथ्याङ्कका अनुसार, यो विश्वव्यापी सर्वाधिक लोकप्रिय वेबसाइटहरूको सूचीमा १४० औँ स्थानमा रहेको छ भने चीनमा यसको क्रम ५० रहेको छ।[३०]

अन्तर्राष्ट्रिय उपस्थिति सम्पादन गर्नुहोस्

हङकङ सम्पादन गर्नुहोस्

सन् २०१६ मा, आइछिईले आधिकारिक रूपमा हङकङमा भुक्तान टेलिभिजन, इन्टरनेट टेलिभिजन र नि: शुल्क टेलिभिजन बजारमा प्रवेश गरेको थियो। हङकङले आइछिईको उपयोग गरेबापत बायदुलाई भुक्तानी गर्दछ र केही प्रकारका भिडियोहरूका लागि भने कुनै शुल्क लाग्दैन।[३१]

ताइवान सम्पादन गर्नुहोस्

सन् २०१६ मा आइछिईले ताइवानको एक मनोरञ्जन उद्योगसँग सहकार्य गरी ताइवानमा आधिकारिक रूपमा प्रवेश गरेको थियो। [३२] २९ मार्च २०१६ मा, आइछिईको कला क्षेत्रले औपचारिक रूपमा ताइवानमा पनि शाखाको स्थापना गरेको थियो। सोही वर्षको जुलाईमा, यसले पहिलो पटक चिनियाँ व्यावसायिक बेसबल खेल प्रतियोगिताको प्रत्यक्ष प्रसारण गर्ने काम गरेको थियो।[३३] २४ मार्च २०१८ मा, आइछिई ताइवानले आधिकारिक रूपमा ४ वटा चिनियाँ व्यावसायिक बेसबल टोलीको २४० भन्दा बढी खेलहरूको प्रत्यक्ष प्रसारण गरेको थियो।[३४]

ताइवान सरकारको विरुद्धमा विभिन्न झुठा तथा अफवाह फैलाएको अभियोग लगाउँदै ताइवानी सरकारले आइछिई र थङ्सिन भिडियोलाई तत्काल बन्द गर्ने योजना अगाडि बढाएको थियो। किउले ताइवानको आर्थिक मामिला मन्त्रालयले आइछिईको उक्त घटना बारे अनुसन्धान गरिरहेको बताएका थिए। ताइवान र चीनको सम्बन्धकोको नियम उल्लङ्घन भएको खण्डमा आइछिईलाई तत्काल बन्द गरिने पनि बताइएको थियो।[३५][३६][३७]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. 艺। "爱奇艺和腾讯视频如何下载mp4或flv版本?"। सङ्ग्रह मिति नोभेम्बर २०१९ 
  2. 李淑蘭、許政俊 (२०१७-०८-०५), "「重現太陽花學運 愛奇藝停播"爆炸2"影片」", 公視新聞 
  3. cpbl (२०१६-०७-१२), "中職與愛奇藝合作 明星賽首次大陸開播", 中華職棒大聯盟全球資訊網 
  4. रूसेल, जन, "Baidu’s iQiyi video service raises $1.53 billion", टेकक्रञ्च (अङ्ग्रेजीमा)। 
  5. नङ्, यि सु, "Netflix takes its first steps into China, the world's hungriest streaming market", म्यासएबल (अङ्ग्रेजीमा)। 
  6. जेफ स्नाइडर (जुलाई ८, २०१५), "Paramount Signs Licensing Deal With China’s Largest Online Video Platform iQIYI", द र्‍याप, अन्तिम पहुँच जुलाई १४, २०१५ 
  7. केभिन क्यासडि, "Lionsgate Pacts With Chinese Online Giant IQIYI", द हिउड रिपोर्टर 
  8. "Baidu's iQiyi Drops in Debut After IPO Raising $2.3 Billion", ब्लुमबर्ग (अङ्ग्रेजीमा), २०१८-०३-२९, अन्तिम पहुँच २०१८-०४-०३ 
  9. वाङ यि-हङ र विलियम हेथरिङटन, लियु लि-जेन, "Bilibili found to be renting server space in Taiwan", टाइपेई टाइम्स, अन्तिम पहुँच ४ सेप्टेम्बर २०१९ 
  10. १०.० १०.१ "百度组建独立网络视频公司龚宇任CEO" (चिनियाँमा), 百度, २०१०-०१-०७, अन्तिम पहुँच २०१८-०४-१० 
  11. "奇艺网宣布测试版上线" (चिनियाँमा), 愛奇藝, २०१०-०३-२९, अन्तिम पहुँच २०१८-०४-१० 
  12. १२.० १२.१ "百度旗下视频网站奇艺网正式开站" (चिनियाँमा), 愛奇藝, २०१०-०४-२२, अन्तिम पहुँच २०१८-०४-१० 
  13. "视频网站奇艺网突然更名", 北京晨报, मूलबाट २०१३-०३-२३-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१२-११-०३  वेब्याक मेसिन अभिलेखिकरण २०१३-०३-२३ मिति
  14. "奇艺更换域名为解决视频牌照问题", २०११-११-२८, अन्तिम पहुँच २०१२-११-०३ 
  15. "爱奇艺与深圳卫视达成战略合作:10部大剧将在深圳卫视播出", 搜狐网, २०१७-११-२९। 
  16. 姜莹 (२०१३-०५-०७), "百度宣布3.7亿美金收购PPS 将与爱奇艺合并", 中国新闻网  वेब्याक मेसिन अभिलेखिकरण २०१४-०१-१२ मिति
  17. "小米与顺为资本18亿元投资爱奇艺", xinhuanet.com, मूलबाट २०१५-०३-२५-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१५-०१-२६ 
  18. "年度重磅综艺《造梦者》 1月9日独家登陆爱奇艺", 新华网, मूलबाट २०१५-०१-०५-मा सङ्ग्रहित। 
  19. "年度重磅综艺《造梦者》 1月9日独家登陆爱奇艺", 新华网, मूलबाट २०१५-०१-०५-मा सङ्ग्रहित। 
  20. "林更新出任爱奇艺自制动画首席催更官 工号23333", टेकवेब (चिनियाँमा), २०१७-०८-१८, अन्तिम पहुँच २०१८-०५-२७ 
  21. 深击|爱奇艺会员破亿了,视频网站的下一步呢?.新浪科技२०१९-०७-०२ [२०१९-०७-०३]
  22. 慧娟, 廖 (२०१८-०९-०४), "《延禧攻略》播放量破150億 刷新華人市場紀錄" (चिनियाँमा), 中國時報, मूलबाट २०१८-०९-२४-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१८-०९-२४ 
  23. "爱奇艺《延禧攻略》超150亿收官 刷新网剧播放纪录再造现象级爆款" (चिनियाँमा), 爱奇艺, २०१८-०८-३०। 
  24. 深击|爱奇艺会员破亿了,视频网站的下一步呢?.新浪科技.2019-07-02.[2019-07-03].
  25. "延禧攻略熱潮未退!影音平台數位資產購買詢問度高" (चिनियाँमा), Yahoo奇摩新聞, २०१८-०९-०३, मूलबाट २०१८-०९-२४-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१८-०९-२४ 
  26. "百度独立视频公司公布网站名称 三月上线" (चिनियाँमा), 百度, २०१०-०२-२५, अन्तिम पहुँच २०१८-०४-१० 
  27. "视频网站奇艺网突然更名", 北京晨报, मूलबाट २०१३-०३-२३-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१२-११-०३  वेब्याक मेसिन अभिलेखिकरण २०१३-०३-२३ मिति
  28. "奇艺更换域名为解决视频牌照问题", DoNews, २०११-११-२८, अन्तिम पहुँच २०१२-११-०३ 
  29. "आइछिईको विश्लेषण", सिमिलर वेब, अन्तिम पहुँच नोभेम्बर २०१९ 
  30. "आइछिईको आँकडा तथा तथ्याङ्क", अलेक्सा इन्टरनेट, अन्तिम पहुँच नोभेम्बर २०१९  वेब्याक मेसिन अभिलेखिकरण २०२२-०१-३१ मिति
  31. 5大陸商OTT 全面登台搶客 中時電子報
  32. cpbl (२०१६-०७-१२), "中職與愛奇藝合作 明星賽首次大陸開播", 中華職棒大聯盟全球資訊網 
  33. 李淑蘭、許政俊 (२०१७-०८-०५), "「重現太陽花學運 愛奇藝停播"爆炸2"影片」", 公視新聞 
  34. 奇 (२०१७-०८-०८), "「《他們在畢業前一天爆炸2》被下架,愛奇藝:給觀眾更多選擇」", 關鍵評論 
  35. 叶宣 (२०१९-०४-०१), "担心政治渗透 台湾拟禁“爱奇艺”", 德国之声中文网, अन्तिम पहुँच २०१९-०४-०२ 
  36. 王枫 (२०१९-०४-०२), "曝台湾拟禁爱奇艺 英媒:对大陆渗透草木皆兵", 多维新闻网, अन्तिम पहुँच २०१९-०४-०२ 
  37. "晚報:據報台灣加強打擊「假新聞」,另擬禁百度「愛奇藝」和騰訊視頻", 端传媒, २०१९-०४-०२, अन्तिम पहुँच २०१९-०४-०२ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्

आधिकारिक वेबसाइट