अस्ताना (अङ्ग्रेजी: Nur-Sultan /ˌnʊərsʊlˈtɑːn/;[७]) कजाख्स्तानको राजधानी हो । यो शहर इसिम नदिको किनारमा र कजाख्स्तानको उत्तरि भेगमा अवस्थित रहेको छ । यस शहरको सन् २०१७ को जनगणनाको आधारमा जनसङ्ख्या १००६५७४ रहेको छ र यो शहर कजाख्स्तानको अलमाती पछिको ठूलो शहर पनि हो ।

अस्ताना
देश Kazakhstan
स्थापनासन् १८३० मा अक्मोलीको रूपमा [१]
नाम परिवर्तनसन् १८३२ मा अक्मोलिन्सक राखिएको [१]
नाम परिवर्तनसन् १९६१ मा स्लिनोग्राड राखिएको [१]
नाम परिवर्तनसन् १९९२ मा अक्मोला राखिएको [१]
नाम परिवर्तनसन् १९९८ मा अस्ताना राखिएको[२]
सरकार
 • प्रकारमेयर परिषद
 • अङ्गशहर परिषद
 • मेयरअसेत इसेकेसेभ
क्षेत्रफल
 • जम्मा७१०.२ किमी (२७४.२ वर्ग माइल)
उन्नतांश
३४७ मिटर (११३८ फिट)
जनसङ्ख्या
 (१ जुन २०१७)[३]
 • जम्मा१,००६,५७४
 • घनत्व१,०८१.५/किमी (२८०१/वर्ग माइल)
समय क्षेत्रयुटिसी+6 (ALMT)
पोस्टल कोड
010000–010015[४]
क्षेत्रीय सङ्केत+7 7172[५]
ISO 3166-2AST[६]
License plate01, Z
वेबसाइटwww.gov.kz/memleket/entities/astana?lang=kk Edit this at Wikidata

यो शहरको स्थापना सन् १८३० मा अक्मोलीको बसोबासको रूपमा भएको थियो । सन् १८३२ मा उक्त बसोबासलाई शहरको रूपमा मान्न थालियो र यसको नाम अक्मोलिन्सक राखिएको थियो । सन् १९६१ मार्च २० मा विकासक्रम लाई संस्कृतीको रूपमा चिन्हित गर्न यस शहरको स्लिनोग्राड राखिएको थियो । भने फेरी सन् १९९२ मा यसको नाम परिवर्तन गरी अक्मोला जुन यसको पहिलो नामको परिवर्तित स्वरूप थियो र यसको अर्थ सेतो चिहान रहेको छ । सन् १९९७ डिसेम्बर १० मा अलमातीलाई परिवर्तन गरी यस शहरलाई देशको राजधानी बनाइएको थियो । सन् १९९८ मे ६ मा यसको नाम परिवर्तन गरी अस्ताना राखिएको थियो, जसको अर्थ कजाख भाषामा देशको राजधानी हुन्छ । सन् २०१९ मार्च २३ मा यसको नाम परिवर्तन गरी अस्ताना राखिएको थियो ।

आधुनिक अस्ताना योजना अनुसार विस्तार गरिएको शहर हो । अस्ताना कजाख्स्तानको राजधानी भए पश्चात यस शहरको स्वरूपमा परिवर्तन भएको छ । यस शहरको गुरूयोजना जापानका आर्किटेक्ट किसो कुरोकावाले तयार गरेका थिए । यस शहरमा धेरै भविष्यमुखि भवनहरू, होटेल तथा अग्ला भवनाहरू[८][९][१०] रहेका छन् । यस शहरको स्वास्थ्य, खेलकुद तथा शिक्षा प्रणाली सुदृढ रहेको छ ।

अर्थतन्त्र सम्पादन गर्नुहोस्

अस्तानाको अर्थतन्त्र व्यापार औद्योगिक उत्पादन, यातायता, सञ्चार तथा निर्माणमा आधारित रहेको छ । यस शहरको औद्योगित उत्पादन मुख्यतया निर्माण सामग्री, खानेकुरा तथा मेकानिकल इन्जिनियरिङ्गमा केन्द्रित रहेको छ । यो शहरमा सरकारको स्वामित्व रहेको संस्थानको केन्द्रीय कार्यालय रहेको छ ।

यस शहरमा राजधानी सार्नुले यसको अर्थतन्त्रमा फड्को मार्न सहयोग गरेको छ । यस शहरको उच्च विकास दरले गर्दा लगानीकर्ताहरूलाई लगानीको लागि प्रमुख केन्द्र बनेको छ । यो शहर राजधानी बनेको १६ वर्ष भित्रमा नै लगानीको रकम ३० गुणाले बढेको छ भने क्षेत्रिय उत्पादन ९० गुणाले[११] बढेको छ र औद्योगित उत्पादन ११ गुणाले बढेको छ । यस शहरको कुल क्षेत्रिय उत्पादन देशको कुल ग्राह्स्त उत्पादनको करिब ८.५ प्रतिशत रहेको छ । [१२]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. १.० १.१ १.२ १.३ Pospelov 1993, पृष्ठ. 24–25.
  2. "The history of Astana", Akimat of Astana, १९ जनवरी २०१३, अन्तिम पहुँच ६ अक्टोबर २०१४ 
  3. , १ जुन २०१७ http://www.stat.gov.kz/getImg?id=ESTAT223629, अन्तिम पहुँच १५ अगस्ट २०१७  |title= रितो (सहायता) वेब्याक मेसिन अभिलेखिकरण १५ जुलाई २०१७ मिति
  4. "Postal Code for Astana, Kazakhstan", Postal Codes Database, अन्तिम पहुँच १० मार्च २०१५ 
  5. "Kazakhstan Country Codes", CountryCallingCodes.com, अन्तिम पहुँच ९ मार्च २०१५ 
  6. "ISO Subentity Codes for Kazakhstan", GeoNames.org, अन्तिम पहुँच १० मार्च २०१५ 
  7. "Nursultan", Merriam-Webster Dictionary, अन्तिम पहुँच १३ मे २०१९ 
  8. Steven Lee Myers (१३ अक्टोबर २००६), "Kazakhstan’s Futuristic Capital, Complete With Pyramid", The New York Times, अन्तिम पहुँच ६ अक्टोबर २०१४ 
  9. "Astana, the futuristic frontier of architecture", The Guardian, ८ अगस्ट २०१०, अन्तिम पहुँच ६ अक्टोबर २०१४ 
  10. Daisy Carrington (१३ जुलाई २०१२), "Astana: The world's weirdest capital city", CNN, अन्तिम पहुँच ६ अक्टोबर २०१४ 
  11. "Astana celebrates 16th anniversary as Kazakhstan's capital", Tengrinews.kz, ९ जुलाई २०१४, अन्तिम पहुँच १९ फेब्रुअरी २०१५ 
  12. "Poverty in Kazakhstan: Causes and Cures" (PDF), UNDP Kazakhstan, मूलबाट ३ मार्च २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच १९ फेब्रुअरी २०१५  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता)

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्